आइतबार, वैशाख १६, २०८१

बेलारुसमा राष्ट्रपतीको राजिनामा माग गर्दै लाखौंको प्रदर्शन, ३०० गिरफ्तार

नेपाल प्लस२०७७ मंसिर २१ गते २२:०३

बेलारुसका राष्ट्रपती अलेक्जेन्डर लुकाचेन्कोको राजिनामा माग गर्दै आइतवार मिन्सकमा लाखौंले प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा सहभागि मध्ये लगभग ३०० जनालाई पक्राउ गरिएको छ ।

गत अगस्टमा पुन निर्वाचन हुँदा आलेक्जेन्डर पुन निर्वाचित भएका थिए ।

प्रदर्शनकारीहरुले राजधानी मिन्क्सको मध्य भागमा प्रदर्शनी गरेका हुन् । अलेक्जेन्डरको राजिनामाको माग गर्दै त्यहाँ यस अघिपनि प्रदर्शनी हुँदै आएको छ ।

बेलारुसका स्थानिय मेडियाका अनुसार राजधानी शहरका छुट्टाछुट्टै ठाउँमा प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रदर्शनीको समन्वय गरिरहेको भनिएको नेक्स्ता टिभीले भने आज आइतवार देशभरिनै प्रदर्शनी गरिएको रिपोर्ट प्रशारण गरेको छ ।

एएफपी समाचार एजेन्सीका स्थानिय एक संवाददाताले त्यहाँका प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पारिरहेको र तिन जना पक्राउ गर्दाको द्रिष्य देखेको एएफपीले उल्लेख गरेको छ ।

प्रदर्शनकारीहरुलाई पक्राउ गर्न भवनका छेउकुनामा समेत प्रहरीहरु लुकेर बसेको रिपोर्टमा उल्लेख छ ।

“जब मानिसहरूले दुःख र विपत्ति भोग्नु परेको छ भने कसरी बिरोधलाई रोक्न सकिन्छ भन्ने कुरा मैले बुझिन । हामी आफ्नो आँखा बन्द गर्न सक्दैनौं” ३१ वर्षका वकिल स्वेतलाना ओनोफ्रिएन्कोले एएफपीलाई भने ।

विहान मिन्स्कको मध्य भागमा पानीको तोपहरू खडा गरिएको थियो । प्रदर्शनकारीहरूले समन्वय गर्न प्रयोग गर्ने टेलिग्राम मेसेजिंग जस्ता नेटवर्कहरू देशभरिनै बिच्छेद गरिएको थियो । मुख्य चोक, मिन्स्कको केन्द्रिय मेट्रो स्टेशन र सरकारी भवनहरूमा पस्न मानिसहरुलाई निशेष गरिएको थियो ।

बेलारूसवासीहरूको ८० प्रतिशत भोट पाएर आधिकारिक रूपमा अगस्ट ९ मा जितेका ६६ वर्षीय अलेक्जेण्डर लुकाचेन्कोको पुनः निर्वाचनको विरोध गरिरहेका छन् । बेलारुसका प्रतिपक्ष र बिरोधीहरुले उनलाई रसियाका समर्थक भनिरहेका छन् । केहिले रसियाका राष्ट्रपती पुटिनले स्थापित गरेको आरोपसमेत लगाएका छन् । मस्कोले समर्थन गरेको आरोप लागेका उनले सत्ता छोड्न इन्कार गर्दै आएका छन् । बरु आफू बिरुद्दको असन्तुस्टिलाई शान्त पार्नको लागि अस्पष्ट भएपनि संवैधानिक सुधारहरूको घोषणा गएका छन् ।

अलेक्जेन्डरको राजिनामा माग गर्दै आन्दोलनको सुरू भएदेखि यता कम्तिमा ३ जना मारिएका छन् । वा उनीहरूको म्रित्यु पक्राउ पछि भएको छ । तर अन्य धेरै ब्यक्ति मारिएको हुनसक्ने संकेतहरु देखाइएको छ । पक्राउ परेका धेरै प्रदर्शनकारीहरूले नजरबन्दको क्रममा यातना पाएको बताउँदै आएका छन् । धेरै विपक्षीहरू या त जेलमा छन् वा निर्वासनमा गएका छन् छन् ।

प्रजातान्त्रिक आन्दोलनको प्रदर्शनमा हिंसात्मक तरिकाले दबाउने, पक्राउ र जेल हाल्ने जस्ता अमानविय गतिबिधी गरेको आरोप लगाउँदै युरोपेली युनियनले राष्ट्रपती र उनका केहि सहयोगीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

(फोटो-Linfore.com)

तपाइँको प्रतिक्रिया