शनिबार, वैशाख १५, २०८१

बेलायती प्रधानमन्त्रीका पिताद्वारा फ्रान्सेली नागरिकता माग

नेपालप्लस समाचारदाता२०७७ पुष १८ गते ०:५८

फोटो- द लोकाल

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सेली नागरिकता माग गरेका छन् । उमेरले ८० पुगेका स्टेन्ली जोन्ससनले फ्रान्सेली नागरिकता मागको प्रक्रियालाई अगाडि बढाएको फ्रान्सको आरटिएल रेडियोले उल्लेख गरेको छ । आफू युरोपेली नागरिकका रुपमा रहनपनि फ्रान्सेली नागरिकता लिन चाहेको उनले फ्रान्सेली रेडियोसितको अन्तर्वार्तामा बताएका हुन् ।

सन् २०२० को डिसेम्वर ३१ मध्यरातदेखि बेलायत युरोपेली युनियनबाट बाहिरिएसँगै बेलायती प्रधानमन्त्रीका पिताले फ्रान्सेली नागरिकता लिएर युरोपेली रहन चाहेका हुन् । फ्रान्सेली नागरिकता लिएपछि युरोपसित संवन्ध रहिरहने उनको भनाई छ ।

फ्रान्सेली नागरिकता पाउने आफ्नो अधिकार रहेको बताउँदै उनले भनेका छन् “यदि मेरो बुझाई सहि हो भने म फ्रान्सेली हुँ । मेरी आमा फ्रान्समा जन्मेकि हुन् । हजुरआमा (आमाकी आमा) पूर्णरुपमा फ्रान्सेली हुन् । उहाँका हजुरबापनि फ्रान्सेलीनै हुन्’ स्टेन्ली जोनसनले आर टि एल रेडियोसित भने ।

“मेरोलागि यो मैले दाबी गर्ने विषय हो । यो अधिकार रहेकामा म खुशि छु । ब्रेक्जिटपछि मेरो यो अधिकार नरहने भन्ने हुन्न” ब्रेक्जिटकै नेत्रित्व सम्हालेका प्रधानमन्त्रीका पिताले स्पष्ठ पारे ।

स्टेन्लीजोनसन ब्रसेल्सका पहिलो बेलायती नागरिक सेवक (सरकारी कर्मचारी) हरू मध्ये एक थिए जो युरोपियन संसद र आयोगका सदस्यसमेत थिए । सन् २०१६ मा पहिलो एन्टी ब्रेक्सिटको अभियानमा उनी सामेल थिए ।

“म सँधै यूरोपीयन रहने छु । यो निश्चित छ । तपाईले अंग्रेजलाई तपाई युरोपियन हुनुहुन्न’ भन्न पाउनुहुन्न । युरोप सधैं साझा बजारभन्दा बढी नै रहन्छ । यो युरोपियन युनियन भन्दापनि बढी हो” उनले जोड दिए ।

युरोपेली युनियनसँग त्यस्तो सम्बन्ध हुनु महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे । उनको संकेतले युरोपेली राहदानीतिर पनि औंल्याएको छ ।

उनकी छोरी रासेल जोनसनले मार्चमा बेलायतले ईयू छोडे पछि उनका पिताले यो प्रक्रिया सुरु गर्ने संकेत गरिसकेकि थिईन् । “यो राम्रो समाचार हो, म पनि फ्रेन्च हुनसक्छु” उनले एक पुस्तकमा भनेको भन्दै आरटिएलले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया