आइतबार, वैशाख १६, २०८१

गाँजा भाङलाई वैधानिक गराउन फ्रान्सेली नेताहरु कसरतमा

नेपाल प्लस२०७७ माघ ६ गते ६:३६

लामो समयदेखि प्रतिबन्धित गाँजा र भाङलाई खुला गर्ने प्रयासमा फ्रान्न्सेली नेताहरु देखिएका छन् । यूरोपमा सबैभन्दा ठूलो उपभोक्ता फ्रान्समा रहेपनि यसको प्रयोग लुकिचोरी अवैधानिक रुपमा हुँदै आएको छ ।

लामो असफलता र प्रशासनको कडा प्रतिरोधको सामना गर्दै केही प्रतिनिधिहरू यसलाई कानुनी रुपमै खुला गर्ने कानुन अघि सार्न चाहन्छन् । उनीहरुले राजनीतिक नेताहरूलाई फ्रान्सेली जनताको दृष्टिको परीक्षणमा ल्याउने प्रयास शुरु गरेका छन् । उनीहरुले यसलाई युरोपका धेरै देशहरूसँगै चरणबद्ध रूपमा अगाडि बढाउन मागपनि गरेका छन् । हालसालै नागरिक तहबाट परामर्श शुरू गरिएको छ ।

फ्रान्समा गाँजा भाङ खुला गर्ने कि नगर्ने भनेर राय मागिएको ४८ घण्टामै एक लाख ७५ हजार भन्दा बढी नागरिक राय दिन सहभागी भएका छन् । राष्ट्रिय सभाले बुधवार जनवरी १३ मा शुरू गरेको यो नागरिक परामर्श कार्यक्रम नाटकिय रुपमा अगाढि बढेको देखिएको छ । जबकि संसदले गरेको अनलाइन परामर्शमा औसत ३० हजारले प्रतिक्रिया दिएका छन् । यसको शुरुवातकर्ताका अनुसार राजनीतिक वर्गले लामो समयदेखि बेवास्ता गरेको सामाजिक विषयको बारेमा बहस गर्न नगरिक तहबाट देखिएको ब्यापक चासो हो । भाङ र गाँजा वास्तवमा फ्रान्सेलीहरूको दैनिक जीवनमा उपस्थित छ भन्ने देखाएको बताइएको छ ।

फेब्रुअरी २८ सम्म खुला यो परामर्शका दुई उद्देश्यहरू छन्: फ्रान्सेलीहरुमा भाङको बारेमा धारण बुझ्नु । सार्वजनिक नीतिहरूको भविष्यको बारेमा यस विषयमाथि नितिनिर्माणकर्ताको दृष्टिकोण जान्नु । के वर्तमान प्रणालीले यो बेचबिखनको बिरूद्ध प्रभावकारी रूपमा लड्न सम्भव बनाएको छ ? “मदिरा सेवनको तुलनामा भाङको सेवनसँग सम्बन्धित जोखिम समान छन् ? बढी गम्भिर छन् वा कम गम्भिर ? यि तर्क मध्ये सबैभन्दा सत्यता कुनमा छ ? यि प्रश्नले नागरिकहरूलाई उनीहरूको दृष्टिकोण विकास गर्ने अवसर दिएको छ ।

यस्ता प्रश्नावली राखेर गरिएको सर्वेक्षण संकलनबाट प्राप्त कच्चा तथ्यांकले नागरिक धारणा बुझ्न चाहेको छ । राष्ट्रपती एमानुयल माख्रोंको पार्टी ला रेपुब्लिक अँ माश कि लोइरेट क्यारोलिन जँभियरले यो अभियान थालेकि छन् । यसले नितिनिर्माण तह र नेताहरुलाई यस तथ्यको अन्तर्ज्ञानलाई पुष्टि गर्न पनि मद्दत पुर्‍याउने भनाई उनको छ । नागरिकको तुलनामा यस विषयमा राजनीतिक वर्गको धारणा धेरै ढिला भएको बुझाइपनि छ उनको ।

भाङ भन्नासाथ केहि रजनितिज्ञहरुले यसलाई बिभेदका रुपमा हेर्दै आएका छन् । थोरैले मात्रै यसको वैधानिकताको पक्षमा बोल्दै आएका छन् । धेरै जसो राजनीतिज्ञहरूले युरोपको सबैभन्दा दमनकारी कानूनका पक्षमा आफूलाई उभ्यौँदै आएका छन् ।

दुई भर्खरका उदाहरणहरूले फ्रान्सेली सरकारमा तनावलाई पूर्ण अवस्थाको चित्रण गर्छन् । जून २०१९ मा फ्रान्समा भाङको निषेधको असफलता र भाङको वैधानिकरणको प्रस्तावको बारेमा एक रिपोर्ट प्रकाशित भएपछि आर्थिक विश्लेषण परिषद (सीएई) ले एक रिपोर्ट प्रकाशित गर्‍यो । त्यसपछि सरकारले तुरुन्त प्रतिक्रिया देखायो । “म भाङको वैधानिकरणको विरोधमा छु” तत्कालीन स्वास्थ्य मन्त्री आन्यियँ बुजिले भने “म धूम्रपानको बिरूद्ध कडा लडाई लड्दै छु, अचानक भाङलाई कानुनी बनाउने होइन, जसले चुरोटले जस्तै प्रभाव पार्छ ।”

सेप्टेम्वर २०२० मा यस्तै विषयमा नयाँ गृहमन्त्री जेरार्ड डर्मिनिनलाई प्रश्न गरेपछि उनले आफ्नो रिस पोखे “ड्रग्स बेकम्मा छ । हामी यसलाई वैधानिक बनाउँदैनौं ।”

तर ग्रिहमन्त्रीले त्यसरि प्रतिवाद गर्दैमा के गर्नु ? फ्रान्स उपभोक्ता देशहरूमध्ये युरोपमा पहिलो स्थानमा छ गाँजा र भाङकोलागि । सबैभन्दा धेरै भाङ र गाँजा परिक्षण गर्ने देशमापनि युरोपमा फ्रान्सनै पहिलो हो । सन् २०१६ मा १५ देखि ६४ वर्षका नागरिक मध्ये ४१ दशमलव ४ प्रतिशतले आफ्नो जिवनमा कम्तिमा एक पटक गाँजा भाङ सेवन गरिसकेका थिए । तर युरोप भरिमा भने जम्मा १८ दशमलव नौ प्रतिशतले मात्रै गाँजा भाङ सेवन गरेको तथ्यांक छ ।

गाँजा भाङको तस्करीविरुद्धको लडाईमा फ्रान्सेलीहरु असफल भएका छन् । त्यसको बारेमा सचेत भएर मुठीभर प्रतिनिधिहरूले हाल मन परिवर्तन गर्ने कोसिस गरिरहेका छन् । उनीहरुले मनोरञ्जनका रुपमा भाङ र गाँजा प्रयोग बारे नागरिक परामर्शलाई शान्तपूर्वक अगाडि बढाउनुपर्ने र त्यसबाट तथ्य पत्ता लगाउने अभियान शुरु गर्नुपर्ने बताउन थालेका छन् । जनवरी २०२० मा गाँजा भाङ प्रयोगका बारे अध्ययन गर्न राजनितिज्ञ रोबिन रेडाको अध्यक्षतामा संसदीय मिसन अन्तर्गत शुरु भयो । यसले फ्रान्समा भाङका विभिन्न प्रयोगहरूको नियमन र प्रभावका बारे एक वर्षदेखि काम गरिरहेको छ । यो समितिले चिकित्किय भाङ, कल्याणकारि भाङ, मनोरन्जनका लागि प्रयोग गरिने भाङ के हो भन्ने अध्ययन गर्ने छ ।

राजनीतिज्ञहरू भाङ भन्दा पनि छलफलका अन्य जरुरी विषयहरू हुन्छन् भन्ने विश्वास गर्दछन् । त्यसैले यस्ता महत्वहिन वा प्राथमिकताहिन ठानिएका समाजका विषयलाई समाजमा महत्व दिलाउन चाहँदैनन् । र राजनीतिक तहमा त्यसको समाधान गर्न पनि उनीहरुको प्राथमिकतामा राख्दैनन् । उनीहरुको सोचाईमा यो एक समस्या हो जुन सीमान्तकृतलाई लागु हुन्छ । लागूऔषधको दुर्व्यसनीलाई समस्या पार्छ । त्यस्ता सिमान्तक्रित ब्यक्ति बाहेक कोही पनि गाँजा भाङलाई वैधानिकता दिएर वर्तमान स्थितिबाट सन्तुष्ट हुन नसक्ने बुझाई तिनको हुन्छ । तर राज्यको दमनकारी नीतिले गाँजा भाङले काम गरिरहेको हुन्छ भन्ने बुझ्दैनन् ।

“हाम्रो पहिलो उद्देश्य बहसका सर्तहरू परिवर्तन गर्नु हो” सांसद क्यारोलिन जँभिय भन्छिन् । भाङको मुद्दालाई गम्भिरतासाथ नलिएको भनाई उनको छ । फ्रान्समा गाँजा भाङ बेचबिखन बिरुद्द लड्न लाग्ने खर्च प्रति वर्ष ५६ करोड ८० लाख यूरो छ ।

भाङ वास्तवमा एक गम्भिर विषय हो जसले स्वास्थ्य, सुरक्षा र आर्थिक मुद्दाहरूलाई एकसाथ समेट्छ । अक्सर मनोरञ्जनका रुपमा खपत हुनाले बहस कम गरिदिन्छ । तर यसले स्वास्थ्यको क्षेत्रमा समाधान प्रदान गर्दछ भन्ने भुलिन्छ । विश्वका तीस भन्दा बढी देशहरूले यहि कारणले गर्दा चिकित्सकिय प्रयोगको लागि अधिकार दिएका छन् ।

फ्रान्समा सन् २०१९ को अन्त्यमा ओलिभिय भेरँले पुरानो कानुनलाई संशोधन गरेर अनुसन्धानकालागि प्रयोग गर्न अनुमति दिएका थिए । त्योबेला उनी सहायक मन्त्री मात्रै थिए ।

गाँजा भाङ प्रयोगको कार्यान्वयनमा ढिलाईले केहि रोगका बिरामीहरूलाई अत्यन्तै निराश पारेको छ । भाङ र गाँजा उत्पादकहरूले पनि भविष्यमा कानून परिवर्तनको शर्त बनाएका छन् । यसले तत्कालका लागि भाङका बोटको खेती गर्न अनुमति दिन्छ । यसमा शुन्य दशमलव २ प्रतिशत भन्दा बढी टेट्राहाइड्रोकानाबिनोल (टि एच सी) हुँदैन जुन भाङको साइकोएक्टिभ अणु हो । फाइबर (रेसा) र बीउ निकाल्न मात्र अनुमति छ । अर्कोतर्फ भाङको फूलको खेती गर्न र यसको रूपान्तरण गर्न निषेध गरिएको छ जसमा क्यानाबिडिओल (सीबीडी) हुन्छ । अन्य भाङको अणुमा लागू पदार्थको प्रभाव छैन । तर एक खाले आनन्दलाग्ने प्रभाव छ ।

रोबिन रेडाका अनुसार हाल फ्रान्सेली उत्पादन श्रृंखलाको सृजनात्मक भाङबारे सिफारिस गर्न खोजिएको छ । यसले फ्रान्सले विदेशी उत्पादकहरूमा निर्भर नहुने, उत्पादको गुणस्तर प्रमाणित गर्ने र किसानहरूलाई थप आयस्रोत प्राप्त गर्न अनुमति दिनेछ । तर फ्रान्सेली दृष्टिकोण हालसम्म धेरै प्रतिबन्धित छन् ।

फ्रान्समा भाङको खेती गर्ने केहिले २० देखि ३० जनाको रोजगारी स्रिजना गरेका छन् । ४० हजार युरो लगानी गर्नेले ३० लाख युरोसम्म आय गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने भाङ खेतीलेपनि वर्तमानमा समस्या सामना गरिरहेको छ फ्रान्समा । युरोपियन युनियनको न्याय अदालतले फ्रान्सलाई नोभेम्बर १९, २०२० मा सीबीडी उत्पादनहरूको बजारलाई आधिकारिक बनाउन फैसाला दिएको थियो । तर फ्रान्सेली क्षेत्रमा उत्पादन अझै निषेध गरिएको छ । यस प्रकारका उत्पादनको पसलहरुको विदेशमा आपूर्ति प्राप्त गर्न बाहेक अर्को कुनै समाधान छैन ।

“भाङलाई वैधानिक बनाउने निर्णयमा हामी जति धेरै पछाडि जान्छौं, त्यति नै भाङलाई बैधानिक गर्न कदम चालेका अन्य देशहरूको तुलनामा हामी आफूलाई बढी परनिर्भर राख्नेछौं” क्यारोलिन जँभियले भनेकि छन् “यो भाङबाट हुने हितको लागि हो ।” तर चिकित्सीय रुपमा भाङ प्रयोगको लागि भनेर फ्रान्सेली खेलाडीहरूले प्रयोग गर्न सक्ने हुँदा आयात भैरहने छ ।

यद्यपि भाङलाइ वैधानिक गराउँदा सम्भावित आर्थिक अवसरहरुबाट मात्र निर्देशित हुनुहुँदैन । स्वास्थ्य जोखिम, रोकथामको महत्व, अवैध बेचबिखन र सुरक्षा मुद्दाहरुमा पनि ध्यान दिनु उत्तिकै जरुरि छ ।

यसैसित संवन्धित अघिल्लो रिपोर्टपनि पढ्नुस्

तपाइँको प्रतिक्रिया