बिहीबार, वैशाख २०, २०८१

महाविर पुनको आविष्कार केन्द्रलाई सहयोग गर्न ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल’ गठन

नेपाल प्लस२०७७ माघ १० गते २०:४३

नेपालमा सामाजिक अभियन्ता महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई युरोपबाट सघाउन ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल युरोप शाखा’ गठन गरिएको छ ।

पुनको उपस्थिति गत सप्ताहान्तमा बसेको भर्चुएल बैठकमा राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी) युरोप समन्वय समितिका संयोजक इन्जिनियर हरिकृष्ण न्यौपानेले ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल’ नामक मुनाफा नकमाउने संस्था युकेमा दर्ता गरिसकिएको र उक्त संस्थालाई युकेकै च्यारिटी कमिशनमा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

उनले कम्पनीको बैंक खाता खोल्ने प्रक्रिया शुरु गरिएको र खाता खोल्न साथै त्यसको विवरण सार्वजनिक गरिने बताए । उनले छिट्टै काठमाडौँस्थित राष्ट्रिय आविष्कार केन्द्रलाई सघाउन चाहने जो कोहिले युकेमा सिधै जम्मा गरिदिन सक्ने र विश्वभरिबाट बैंक ट्रान्सफर गर्न सकिने पनि जनाए ।

समन्वय समितिको दोश्रो बैठकमा सबै उपसमितिले आफ्नो प्रगति विवरण र आगामी कार्य योजनाबारे जानकारी गराएका थिए ।

यही जनवरी महिनाको शुरुमा विभिन्न नेपाली समुदाय तथा युरोपस्थित पेशागत समूहहरुको प्रतिनिधित्व हुने गरी एनआइसी युरोप समन्वय समितिको गठन गरिएको थियो । समितिको मुख्य उद्देश्य विदेशस्थित नेपालीहरुसंग रहेको सीप र विज्ञता नेपाल स्थानान्तरण गर्ने तथा नेपालमा एनआइसीले कार्यन्वयन गरिरहेका परियोजनाहरुका लागि आर्थिक सहयोग जुटाउने रहेको न्यौपानेले बताए ।

समितिले चार्टर्ड एकाउन्टेन्ट युवराज न्यौपानेको संयोजनमा च्यारिटी तथा आर्थिक समिति, इन्जिनियर घनश्याम पौडेलको संयोजनमा इन्जीनियरिंग तथा प्रविधि समिति, इन्जिनियर बेद भट्टराईको संयोजनमा फन्ड रेजिंग तथा इभेन्ट कमिटि, नेप्लिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा रमेश खोजुको अध्यक्षतामा स्वास्थ्य समिति, भगीरथ योगीको संयोजनमा मिडिया समिति तथा प्रा पदम सिम्खडा तथा प्रा केशव दाहालको संयोजनमा अनुसन्धान, प्रस्ताव तथा फन्डिङ कमिटि गठन गरेको छ ।

त्यसैगरी एनआइसी युरोप समन्वय समितिका सदस्यहरुमा सोसाइटी अफ नेप्लिज इन्जीनियर्स युकेका अध्यक्ष संयुक्त श्रेष्ठ, एनआरएनए बेलायतकी महिला संयोजक प्रसुना कँडेल, एनआरएनए अस्ट्रियाकी महिला संयोजक सम्झना बोहरा तथा पत्रकार अनुराधा पौडेल (फ्रान्स) रहेका छन् ।

भर्चुएल माध्यमबाट बसेको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना संकट भन्दा पहिले नै ३२ किसिमका विभिन्न आइडियाहरु केन्द्रमा आएको बताए । उनले व्यापारीकरण हुने सम्भावना रहेका परियाजनाहरुलाई आफूहरुले अगाडी बढाउन चाहेको जानकारी दिए । उनले युरोपमा रहनु भएका नेपालीहरुलाइ समयको दान, आइडियाको दान र आर्थिक दान दिन आग्रह गरे ।

छिमेकी मुलुकले ठूला ठूला आविष्कार, प्रविधीको विकास गरेको देखेर हामीले सकिन्न, भारत र चीनले त्यस्तो गरिसके हामीले के सक्नु भन्छन् । त्यस्तो होइन । हामीलेपनि सकिन्छ किन नसक्ने ? हामीलेपनि सक्छौं, गर्छौं, गरेरै देखाउँछौं भनेर लागे पो सकिन्छ । कहा सकिन्चह् र भनेर चुपचाप लागेर अब्स्ने हो बह्ने त जह्न कहिल्यैपनि सकिन्न । अहिले शुरु नगरे कहिले गर्ने ? राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले भने “आविष्कार केन्द्र नेपालको लागि कति महत्वपूर्ण छ भन्ने धेरै नेपालीलाई थाहा छैन । त्यसैले यसको प्रचारप्रसार गरेर कुरा बुझाउनुपर्छ ।“

तपाइँको प्रतिक्रिया

फेसबुक