बिहीबार, वैशाख २०, २०८१

एनआरएनए फ्रान्सको सदस्यता प्रमाणीकरणमा धाँधली !

नेपाल प्लस२०७८ असार २२ गते १३:२१

गैर आवासीय नेपाली संघ फ्रान्स (एनआरएनए फ्रान्स) को आगामी कार्यसमिति (२०२१ -२०२३) चयनका लागि पंजीकृत सदस्यता प्रमाणीकरणमा चरम धाँधली भएको आरोप लागेको छ । सदस्यता प्रमाणीकरण समिति बनाउँदा सर्वपक्षिय समिति बनाउन वरिष्ठ उपाध्यक्ष अमर भण्डारीलगायत कार्य समितिकै केहि सदस्यले गरेको आग्रहलाई बेवास्ता गरि कार्य समितिले आफूखुशि गरेको आरोप समितिका वरिष्ठ उपाध्यक्ष लगायत केहि सदस्यको छ ।

सदस्यता प्रमाणिकरणको विश्वसनीयता, निस्पक्षता र पारदर्शितालाइ ध्यानमा राख्दै आम नागरिक समाजमा राम्रो संदेश जाने हुँदा, सर्बपक्षीय समिति बनाउन भनि कार्यसमिति पदाधिकारीबाटै पटक पटक वर्तमान अध्यक्ष नरेन्द्र शाही ठकुरीलाइ मौखिक तथा लिखित अनुरोध गर्दापनि नसुने झैँ गर्ने र कुनै प्रतिक्रिया नदिने गरेको आरोप असन्तुस्ट पक्षहरुको छ ।

वर्तमान कार्य समितिकै कार्यशैली चित्त नबुझेर समितिकै केहि पदाधिकारीहरुले धेरै पटक बैठकका लागी अनुरोध गर्दा समेत बेवास्ता गरेको वरिष्ठ उपाध्यक्ष अमर भण्डारीले नेपालप्लसलाई बताए ।

समितिमा फरक मत राख्नेहरुलाइ सुरुका दिन देखिनै एक्ल्याउने, उनीहरुले ल्याएको प्रस्ताबमा छलफल नै नगरिदिने प्रवृतिले गर्दा दिक्क भएका कार्य समितिका केहि पदाधिकारीहरु आजित भएका थिए ।

‘संस्थापन पक्ष अघिल्ला वर्षझैँ जसरीपनि जालझेल गरि चुनाब जित्ने रणनीतिका साथ अगाडी बढेको प्रष्ट देखिन्छ’ कार्य समितिकै एक सदस्यले नेपालप्लससित भने ।

आफूलाई समर्थन गर्नेहरुको बैधानिक कागजात नै नभए पनि सदस्यता दिने, तर आफ्नो पक्षलाई समर्थन नगर्ने ठानिएकालाइ विभिन्न बहानामा झुलाउने, अनावश्यक कागजात खोज्ने, प्रमाणीकरण नै नगरिदिने प्रवृतिले गैर आवाशीय नेपाली संघ फ्रान्सप्रति चरम नैराश्यता देखिएको छ ।

एनआरएनए फ्रान्सको आगामी निर्वाचनका सम्बन्धमा नेपालप्लसले जनसंपर्क समिति (जसस) फ्रान्सका सभापति सुधिर रानालाइ सम्पर्क गरि ‘किन सदस्यता प्रमाणीकरणमा धाँदली भाएको भन्ने अभिब्यक्ति सामाजिक सन्जालबाट दिनुभएको ? कसरि धाँधली भएको दाबी गर्नुहुन्छ ?’ भनि प्रश्न गरेको थियो । रानाको जवाफ थियो “हो धाँधली भएकै छ । होइन भने सबै प्रक्रिया पुगेको व्यक्तिहरुलाइ किन सदस्यता बन्नबाट बन्चित गरियो ?”

“सन् २०१९-२०२१ का लागि पंजीकृत सदस्य बनेकाहरुले यसपाली किन पाएनन ? यदि दिन मिल्दैन थियो भने कुन बिधानमा टेकेर पहिला दिए ? र यस पटक कुन बिधानले उहाँहरुलाई सदस्यता बन्नबाट रोक्यो ? त्यसैले जसरिपनि निर्वाचन जित्ने यो नियोजित योजना हो” उनको थप भनाई थियो ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अमर भण्डारीका अनुसार केन्द्रिय परिपत्र अनुसार आइतवार जुलाई ४ का दिन फ्रान्सको ४ बजे (नेपालको ८ बजे) सम्म सदस्यता नविकरण गर्न मिल्ने समयसिमा रहेको कुरा कार्यसमितिकै महासचिव मिन श्रेष्ठलेनै बताएका थिए । ‘यो कुरो किन नबताएको त ?’ भनेर आफूले महसचिव मिन श्रेष्ठलाई सोध्दा उचित जवाफ नदिएको अमर भण्डारीले बताए ।

प्रमुख सल्लाहकार एकेन्द्र मल्ल र आइसिसी सदस्य पार्वती मल्ल ठकुरीसहित कार्यकारी समितिलाई सदस्यता र अधिवेशनकाबारेमा बैठक बस्न दुई महिनासम्म आग्रह गर्दापनि बैठक नबसेकोसमेत भण्डारीले जानकारि दिए । सदस्यता नविकरणको मिति आइतवार ४ बजेसम्म भएको कुरा समितिले कार्यकारी समितिलाई जानकारि दिएन । केन्द्रद्वारा समितिलाई पठाएका परिपत्रपनि अध्यक्ष र महासचिवले समितिमा छलफलकालागि रकह्ने गरेका थिएनन् । उनीहरुले गोप्य किसिमले रकह्ने गरेका थिए । जुलाई ४ आ इतवारका दिन ४ बजे केन्द्रद्वारा सदस्यताको एप्स बन्द गर्ने समयसिमा आएपछि बल्ल बैठक राखेको समेत भण्डारीले बताए ।

सन् २०१७-२०१९ मा एनआरएनए फ्रान्सको सदस्यता प्रमाणिकरण समितिमा एनआरएनए फ्रान्सका वर्तमान अध्यक्ष नरेन्द्र शाही, तत्कालिन अध्यक्ष एकेन्द्र मल्ल, महासचिव मिन श्रेष्ठ थिए । हाल सन् २०२१ -२०२३ कालागि पनि सदस्यता प्रमाणिकरणमा पुन यिनै ब्यक्ति छन् । अघिल्लो कार्यकालमा सदस्यता प्रमाणिकरणमा रहेका ब्यक्ति सन् २०२१-२०२३ को कार्यसमितिकालागि समेत सदस्यता प्रमाणिकरण समितिमा हुँदा अघिल्लो कार्यकालमा सदस्यता पाएका केहि ब्यक्तिहरुको सदस्यता सदर गरेनन् ।

‘सन् २०१९-२०२१ कालागिपनि सदस्यता प्रमाणिकरणमा तपाईहरुनै हुनुहुन्थ्यो । सन् २०१९ मा सदस्यता दिने तर अहिलेपनि सदस्यता प्रमाणिकरणमा तपाईहरुनै हुँदा पहिले पाएकालाई अहिले किन सदस्यता दिनुभएन । तपाईहरुलेनै एनआरएनए कार्ड दिएका ब्यक्तिलाई अहिले सदस्यताबाट बन्चित गर्न मिल्छ? भनि वरिष्ठ उपाध्यक्ष अमर भण्डारीले प्रश्न गर्दा ‘पहिलेका कागजपत्र कता गयो कता गयो छैन नी’ भन्ने जवाफ अमर भण्डारीलाई महसाचिव मिन श्रेष्ठले दिएको भण्डारीले बताए । ‘त्यसपछि कागजपत्र सुरक्षित गर्न नसक्ने कार्यसमितिले जिम्मेवारी लिनुपर्दैन ? भन्ने प्रश्न सोधेको उनले उल्लेख गरे ।

संस्थापन पक्षले आगामी निर्बाचनमा जसरी पनि जित्ने मनसायका साथ मनोमानि तवरले निर्बाचन समिति चयन गरेको आरोप सदस्यहरुको छ । कार्यसमितिकै केहि सदस्यहरुको व्यापक बिरोध हुँदाहुँदै नेपाली प्रवासी एकता मंचका बर्तमान अध्यक्ष भक्तबहादुर वाग्लेलाइ समेत निर्वाचन समितिमा राखिएको छ ।

गैरआवासीय नेपाली संघको विधान अनुसार कुनै राजनैतिक पार्टीको भात्री संगठनका अध्यक्षलाइ निर्बाचन समितिमा राख्न पाइन्न । तर एनआरएनए फ्रान्सले भने एमालेको भात्रि संगठन नेपाली प्रवाशी एकता मञ्चकै अध्यक्षलाई निर्वाचन समितिमा राखेको हो । त्यसैले सो संस्थाको बिधि, विधानपद्दतीलाइ ठाडै खिल्ली उडाएको सुधिर रानाले बताए ।

विधि विधानलाई लत्याएर चुनाब जित्ने मनसायले गरिएको कुनै पनि यस्ता कुप्रवृतिलाई रोक्न केन्द्रले उचित कदम नचाल्ने हो भने भविष्यमा संस्थाको गरिमालाइ आँच पुर्याउने मात्र नभै आम गैर आवाशीय नेपालीहरुमा यस संस्था प्रतिको विश्वासमा ह्रास आउने भनाई असन्तुस्टहरुको छ ।

त्यसैले असन्तुष्ट पक्षले एनसीसी फ्रान्सको अहिलेको सदस्यता प्रमाणीकरण समितिले गरेको प्रक्रियामा घोर असहमति र आपत्ति जनाउँदै गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय पर्यबेक्षकको उपस्थितिमा दुवै पक्षका प्रतिनिधि राखी एक स्वतन्त्र छानबिन समिति बनाउन माग गरेका छन् । यसरि गठन गरिएको स्वतन्त्र समितिलेनै पंजीकृत सदस्यताका कागजात पुनरावलोकन गरी केन्द्रद्वारा पुन छानबिन हुनुपर्ने माग गरेका छन् ।

स्रोतका अनुसार संस्थापन पक्षको यो कदमका बिरुद्द एनआरएनए युरोपका क्षेत्रिय संयोजक नारायण आचार्य, एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्मासमक्ष उजुरि गरिसकेका छन् ।

यि आरोपबारे प्रष्ट हुन नेपालप्लसले एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही ठकुरीसित सम्पर्क प्रयास गरेको थियो । तर उनीसित फोनमा सम्पर्क हुन सकेन ।

तपाइँको प्रतिक्रिया

फेसबुक