बिहीबार, वैशाख २०, २०८१

‘बिदेशीले गोल हानेनन्’ भन्दै उफ्रिनेबिरुद्द बेलायती राजकुमार र प्रधानमन्त्रीको भर्त्सना, रंगभेदीमाथि छानबिन गरिने

नेपालप्लस संवाददाता / बेलायत२०७८ असार २९ गते १०:५७

ईटाली र बेलायतबिचको युरो पेनाल्टीमा बिदेशीहरुले गोल नहानेको भन्दै बेलायती खेलाडीमाथि रंगभेद गरिएपछि प्रधानमन्त्री बोरिस जोनसन र बेलायती राजकुमार विलियमले त्यसको भर्त्सना गरेका छन् ।

बेलायती फुटबल टीमका खेलाडीहरुलाई युरो २०२१ को फाइनलमा पराजित गरेपछि सोशल मीडियामा आप्रवाशीहरुले जानी जानी गोल नहानेको भन्दै जातीय दुर्व्यवहार गरिएको थियो ।

प्रहरीले काला वर्णका बेलायती खेलाडी मार्कस राशफोर्ड, जाडोन सान्चो र बुकायो सकामाथि जातिय भेदभाव गरिएको टिप्पणीको बारेमा पनि अनुसन्धान गर्ने बताएको छ । उनीहरुले ईटाली बिरुद्दको पेनाल्टी प्रहारमा आफ्नो गोल गुमाएका थिए ।

“यो बेलायती टोली नायकको रूपमा प्रशंसा गर्न योग्य छ । तिनमाथि सामाजिक मिडियामा जातीय दुरुपयोग गर्न पाइन्न” जोनसनले ट्विटरमा भनेका छन् “यो भयानक दुरूपयोग र दूर्ब्यवहारका लागि जिम्मेवारहरू आफैंलाई लाज लाग्नुपर्छ ।”

बेलायतका राजकुमार विलियमलेपनि सोमबार अनलाइन मार्फत् खेलाडीमाथि गरिएको जातीय दुर्व्यवहारको निन्दा गरेका छन् ।

बेलायती फुटबल संघका अध्यक्ष र रानी एलिजाबेथका नाति विलियमले ट्वीटरमा भनेका छन् “म पछिल्लो रातको खेलपछि बेलायतका खेलाडीहरूलाई जनाउने जातीय दुर्व्यवहारबाट आजित भएको छु ।”

“यो पूर्ण रूपमा अस्वीकार्य छ जुन खेलाडीहरूले यो घृणित व्यवहार सहनु परेको छ । यो अब रोकिनु पर्छ र यसमा संलग्न सबैलाई जवाफदेही बनाउनु पर्छ” राजकुमार विलियमले थपे ।

बेलायती टीमले टूर्नामेन्टमा जातिय भेदभावको मुद्दालाई उजागर गर्दै आएको छ । यद्यपि, केही प्रशंसकहरूले यस मुद्दा उचालेका छन् । आलोचकहरूले यसलाई खेलको अनावश्यक राजनीतिकरण र बिरोधी, प्रतिपक्षी राजनीतिमा सहानुभूति बटुल्ने अभिव्यक्तिको रूपमा हेरेका छन् ।

तर सामाजिक सन्जालमा धेरैले यस खेलका खेलाडीहरुको समर्थनपनि जितेका छन् । बेलायतलाई फाईनलमा पुर्‍याउनुमा यि खेलाडीको अहं भूमिका रहेको भन्दै भारि प्रशंसा गर्नेपनि निकै छन् ।

“हामी निराश छौं किनभने हाम्रा टोलीका सबै खेलाडीले यस गर्मीमा आफ्नो जर्सीको मान र इज्जत जोगाउन सबै चिज दिँदापनि आज रातको खेल पछि अनलाइन भेदभावपूर्ण दुरुपयोगको सिकार भएका छन्” बेलायती फूटबल टीमले ट्वीट गरेको छ ।

बेलायती फुटबल संघले भनेको छ “घृणित व्यवहार प्रशंसकबाट स्वागत गरिएको छैन ।”

लन्डन प्रहरीले आपत्तिजनक र जातिवादी टिप्पणीहरूको बारेमा सचेत रहेको र तिमाथि कारबाही गर्ने बताउँदै ट्विटरमा भनेको छ “यो विषयमा मौन बसिने छैन, यसको अनुसन्धान हुनेछ” ।

“यहाँ फुटबल वा अरू कतै पनि जातिय भेदभावको लागि कुनै ठाउँ छैन। हामीले हेरेको घृणित अनलाइन दुरुपयोग गर्नेहरु जिम्मेवार हुनुपर्छ । र सोशल मिडिया कम्पनीहरूले यस घृणालाई हटाउन र रोक्नको लागि तुरून्त कार्य गर्नुपर्छ” लण्डन प्रहरीले थप भनेको छ ।

खेलाडीहरूलाई दुरुपयोग गर्न छुट दिने अनलाईन सामाजिक मेडियाहरुलाई बेलायती फुटबल अधिकारीहरूले बहिष्कार गर्ने बताएका छन् । यो निर्णय अन्य खेलकुद संस्थासित मिलेर गरेका हुन् । सोसल मेडिया नियन्त्रण र प्रशारक टेक फर्महरूमा बारम्बार समस्या देखिएपनि त्यसलाई समाधान गर्न असफल भएको आरोप खेलाडीहरुले लगाएका छन् ।

गत मे महिनामा, बेलायती सरकारले नयाँ कानूनको योजना घोषणा गरेको थियो । जसमा यदि उनीहरूले अनलाईनमार्फत अ औने जातीय घृणा जस्ता अपराधका दुरुपयोगहरू रोक्न सकेनन् भने सोशल मिडिया कम्पनीहरूले कारोबारको १० प्रतिशत वा एक करोड ८० लाख पाउण्ड जरिवाना जरिवाना तिर्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक