बिहीबार, वैशाख २०, २०८१

ब्रेक्जिटको असर तिब्र देखिँदै : पेट्रोलकालागि बेलायतमा घण्टौं लाईन

नेपालप्लस संवाददाता२०७८ असोज ११ गते २३:११

युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) बेलायतको निर्णय कति घातक थियो भन्ने बल्ल तिब्रताकासाथ देखिँदै छ । चालकहरुको अभावकै कारण केहि दिनदेखि बेलायतमा इन्धनको आपूर्ति ब्यापक अभाव भएको छ । खाध्यान्नको ओसारपसार हुन नसक्दा सुपरमार्केटका तखताहरु खालि भएका छन् । सब्जी पसल रित्तिन लागेका छन् । उपलब्ध वस्तुको मूल्य बढेर मानिसहरु आक्रोशित हुन थालेका छन् ।

लरी चालकको अभावका कारण पम्पहरुमा ईन्धन सक्किएको छ । केहि सिमित मात्रामा खोलिएका पेट्रोल पम्पहरुमा सोमवार लामो लाइन लागेकोले हजारौं बेलायती पेट्रोल स्टेशनहरुमा इन्धनको अभाव भएको थियो ।

विश्लेषकहरुका अनुसार कोभिड-१९ बाहेक ब्रेक्जिट प्रक्रियाको असर कति छ भन्ने संकटको गती बल्ल तिब्रताकासाथ देखिँदै छ । यो ब्रेक्जिटका कारणले निम्तिएको हो । यसको अर्को असर ईयूबाट बेलायतको सम्बन्ध विच्छेदको संकेत हो । त्यो तीव्रताले सरकारको अर्थव्यवस्था पूनर्जिवित गर्ने योजनालाई असफल पार्ने स्पष्ठ संकेत देखिएका छन् ।

आज सेप्टेम्बर २७ मा बेलायतको लरी चालकको अभाव एक महत्वपूर्ण बिन्दुमा पुगेको त्यहाँका मेडियाहरुले उल्लेख गरेका छन् । हजारौं पेट्रोल स्टेशनहरु सुक्खा भएको साईनबोर्ड राखिएको थियो । बेलायत भित्र्याइेको इन्धन आपूर्ति यातायात चलाउने चालकको अभावले टर्मिनल र रिफाइनरीहरुमा अड्किएको छ । सरकारले आपतकालिन प्रयासस्वरुप आपूर्ती सहज पार्न भन्दै तेल कम्पनीहरुमा प्रतिस्पर्धालाई कानूनत निलम्बन गरिदिएको छ ।

बेलायत सरकारले कोरोनाभाइरस यो संकट निम्तिनुको सबैभन्दा ठूलो कारक भएको बताएको छ । यातायात सचिव ग्रान्ट श्याप्सले शुक्रवार स्काई न्यूजलाई भनेका छन् ‘कोविडको कारण सामाजिक दूरीका उपायहरु अवलम्बन गर्नुपर्ने भएकाले लरी चालक प्रशिक्षणलाई बाधा पुर्‍यायो । त्यसले गर्दा प्रशिक्षमा कमीको मुख्य कारणले चालकहरुको अभाव हुनगयो । यो ब्रेक्जिटले गर्दा होइन ।”

श्याप्सले जर्मनी र पोल्याण्डमा समेत महामारीको कारणले लरी चालकहरुको कमी हुन गएको बताएका छन् ।

सडक ढुवानी संघको तथ्या्कका अनुसार सन् २०२० र २०२१ मा ४०,००० लरी चालक प्रशिक्षण दिने योजना थियो । कोरोना भाइरस महामारीका कारण प्रशिक्षणकालागि परीक्षण गर्ने योजनानै रद्द गर्नुपर्‍यो ।

आपतकालीन भिसा

जर्मनी वा पोल्याण्डको तुलनामा ब्रिटेनमा समस्या धेरै तीव्र देखिएको छ । धेरै पर्यवेक्षकहरुले यो संकटको एक महत्वपूर्ण कारण ब्रेक्जिटलाई औंल्याएका छन् । उनीहरुको मुद्दालाई बलियो बनाउँदै रोड हौलेज एसोसिएसनले २०,००० युरोपेली लरी चालकहरुले ब्रेक्जिटको कारण बेलायतमा आफ्नो जागिर छोड्न बाध्य भएको बताएको छ ।

ब्रेक्जिट नयाँ वर्ष २०२१ मा लागू हुनुभन्दा पहिले आवागमनको स्वतन्त्रता थियो । त्यसको अर्थ ईयूबाट लरी चालकहरु बेलायत आउन र जागिर गर्न पाउने प्रावधान थियो । तर ब्रेक्जिटसँगै युकेले एकल बजार छोड्यो । नयाँ आप्रवासन नियमहरूले कम तलब पाइने चालक लगायतका क्षेत्रहरुमा ईयू कामदारहरुलाई काम गर्न आउन गाह्रो बनायो । थोरै तलबमा गाडी चलाउनैकालागि मात्रै चालकहरु बेलायत आउने प्रवाधान झन्झटिलो, कम आकर्षक बनिदियो ।

“ब्रेक्जिट समस्याको एक हिस्सा हो । यो संकटका अन्य कारणहरु जस्तै कोरोनाभाइरस पनि हो” पूर्व ब्रिटिश व्यापार वार्ताकार तथा ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय राजनीतिक अर्थव्यवस्थाको यूरोपीयन केन्द्रकालागि यूके निर्देशक डेविड हेनिगले भनेका छन् ।
युरोपबाट बेलायतकालागि लरी चलाउनेहरुलेपनि ब्रेक्जिटपछि बेलायत छोडेका छन् । कोहि त्यो पेशाबाटै पलायन भएका छन् । कोहि कोरोना भाईरस संकटले गर्दा घर फर्किएका, काम छोडेका छन् ।

लरी चालकको संकट बढ्दै जाँदा बोरिस जोन्सनको कन्जरभेटिभ सरकार ब्रेक्जिटपछिको आप्रवासन नीतिबाट आंशिक रुपमा पछाडि हटेको छ । क्रिशमसको बेला कुनैपनि सामाग्रिको संकट नहोस् भनेर अक्टोबर महिनाबाटै ५,००० विदेशी लरी ड्राइभरलाई तीन महिनाको भिसा जारी गर्ने योजना घोषणा गरेको छ ।

पहिले बेलायती सरकारले बिदेशबाट सस्तो ज्यालामा कामदार ल्याउनुभन्दा आफ्नै देशकालाई तालिम दिने रणनिति बनाएर आप्रवाशी कामदार नभित्र्याउने रणनिति अँगालेको थियो । तर हाल निकै समस्या परेपछि उक्त रणनितिमा यु टर्न गर्न बाध्य भएको हो ।

यातायात सचिव श्याप्सले वर्तमान संकटको कारण ब्रेक्जिट मात्रै भएको ईन्कार गरेका छन् । उनले लामो समयको कारकलाई औंल्याउँदै भने “यूकेमा लरी चालकहरुलाई कम भुक्तान गरिन्छ । तलब आकर्षक मानिन्न । त्यसैले चालकहरुको तलब र सुविधा बढाएर आकर्षक बनाउनु जरुरि छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक