नेपालमै पाईलट तालिमको अवशर खुला, तालिमकालागि ४ विमान किन्ने संझौता
सन् २०२२ बाट नेपालीहरुले आफ्नै देशमा पाईलोट तालिम लिन पाउने भएका छन् । नेपालमै पाईलोट तालिम दिनकालागि गिता एभियसन्सले बेल्जियमको सोना एयरक्राफ्टसित चार वटा विमानहरु किन्ने संझौतानै गरिसकेको छ ।
गीता एयरका प्रमुख कार्यकारि निर्देशक तथा क्याप्टेन जनक अधिकारीले उक्त संझौता गरेका हुन् । त्यसकालागि उनी बेल्जियमनै आएका थिए ।
गीता एयियसन्स र सोना एयरक्राफ्टबिच संझौता हुनु अघि सोना कम्पनीको विमान परिक्षण उडान गरिएको थियो । अधिकारीले सोना २०० मोडेलको विमान जर्मनीको वर्लिनस्थित डोमेस्टिक विमानस्थलमा परिक्षण उडानसमेत गरेका थिए ।
सोना एयरक्राफ्टका बजार व्यवस्थापन निर्देशक पियर भान वेटेरले भौगोलिक बनावटले गर्दापनि नेपाल पाईलोट तालिमकालागि विश्वमै उपयुक्त स्थल भएको बताउँदै भने ‘हिमाल पहाड तराई र त्यस अनुसारको मौसम भएकाले नेपाल पाईलोट तालिमकालागि राम्रो ठाउँ हो । यहाँ पाईलोट तालिम लिएकाले विश्वको जुनसुकै मुलुकमापनि विमान उडाउन सक्छन् ।’
उक्त परिक्षण उडानकालागि जर्मनीस्थित नेपाली चिकित्शक सरोज चुडालसमेत पुगेका थिए । परिक्षण उडान सक्किएपछि उनले भने ‘गज्जब हुने रैछ । पहिले नेपाली विध्यार्थी यतातिर पाईलोट तालिम लिन भनेर आउँथे । नेपालमै हुने भएपछि त गज्जबै भयो नी ।’
दुई सिटरका चार वटा विमानहरु आगामी सन् २०२२ को जुलाईसम्म नेपाल पठाईने सोना एयरक्राफ्टका बजार व्यवस्थापन निर्देशक पियर भान वेटेरले फोनमा बताए ।
गीता एयरक्राफ्टले किन्न लागेका ति विमानको मूल्य प्रतिविमान दुई लाख ३७ हजार अमेरिकी डलर पर्ने उल्लेख छ ।
![](https://nepalplus.com/wp-content/uploads/2021/09/gita-aviations-nepal.jpg)
परिक्षण उडान गरिएको विमान अगाडि सोना एयरक्राफ्टका बजार निर्देशक पियर भान वेटेर र गिता एभियन्सका प्रमुख कार्यकारि निर्देशक जनक अधिकारी
अहिले पर्यटन मन्त्री नतोकिएकाले मन्त्रीमण्डल गठन सँगै पर्यटनमन्त्रीको टुंगो लाग्नासाथ अन्य प्रक्रिया अगाडि बढाईने क्याप्टेन जनक अधिकारीले बताए ।
गीता एभियसन्सलाई तालिमकालागि नयाँ पर्यटन मन्त्री तोकिनासाथ विमानस्थल तोकिने र त्यसलगत्तै तालिमका अन्य प्रक्रिया पुरा गरिने अधिकारीले जानकारि दिए ।
गीता एभियन्सले यस अघिपनि हरेक ६ महिनामा पाईलोट, विमान परिचारिकाहरुलाई बिभिन्न तालिम दिँदै आएको छ । एभियसन्सले तालिमकालागि हरेक वर्ष सय देखि १३० ब्यक्ति बिभिन्न तालिमकालागि पठाउने गरेको बताउँदै जनक अधिकारीले भने “अब यहाँबाट विमान लगेर पाईलोट तालिम शुरु गर्नासाथ अन्य तालिमपनि नेपालमै दिन्छौं ।’
उनक अनुसार हाल नेपालबाट करिब एक सय ब्यक्ति हरेक वर्ष पाईलोट तालिमकालागि बिदेश जाने गरेका छन् । नेपालमै तालिम हुनेभएपछि तिनले नेपालमै युरोपेली मापदण्ड र स्तरको तालिम लिन पाउने छन् । ‘नेपालमै तालिम हुने भएपछि स्तरिय र कम खर्चिलोपनि हुन्छ । देशको ठूलो रकम बिदेश जानबाट रोकिन्छ’ अधिकारीले भने ।