शनिबार, साउन १२, २०८१

केसीको टोलीले एशिया क्षेत्रका एनआरएनए प्रतिनिधिसँग अन्तरकृया गर्ने

नेपालप्लस संवाददाता / टोकियो २०७८ असोज १० गते १८:३२

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले एशिया क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरकृया गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको सचिव पदका प्रत्यासी ओम गुरुङका अनुसार केसीले आफ्नो अजेण्डसँग सहमत केही उम्मेदवार सहित आगामी मंगलवार (२८ सेप्टेम्बर) ती प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

नेपाली साँझ ५ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ ।

कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा. हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिका गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाडौंमा हुँदैछ । संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो एजेण्डा लिएर प्रतिनिधि समक्ष जानेक्रम जारी छ ।

यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् ।

तपाइँको प्रतिक्रिया