आइतबार, वैशाख १६, २०८१

पेरिस म्याराथन जित्ने केन्याकी एलिशा रोटिच र इथियोपियाका टाइगिस्ट मेमुय

नेपालप्लस संवाददाता२०७८ असोज ३१ गते २२:२५

Photo-ALAIN JOCARD / AFP via globeecho.com

आइतवार फ्रान्सको राजधानी पेरिसमा भएको पेरिस म्याराथनमा केन्याकी एलिशा रोटिच पुरुष दौड र इथियोपियाको टाइगिस्ट मेमुयले महिला दौडमा शीर्ष स्थान हासिल गरेका छन् ।

रोटिचले दुई घण्टा चार मिनेट २१ सेकेण्डमा लाइन पार गरी इथियोपियाको हैलेमार्यम किरोसलाई पछि पार्दै कीर्तिमान बनाए ।

केन्याकी हिलारी किप्सम्बु दौडको अन्तिम चरणमा दुई स्थान तल झर्दै तेस्रो भए ।

महिला दौडमा मेमुएले दुई घण्टा २६ मिनेट १२ सेकेन्डको समय दौडेर आफ्नो करियरको सबैभन्दा ठूलो जित हात पारिन् ।

पेरिस म्याराथनमा १४५ देशहरुबाट ६० हजार धावकहरु सहभागी थिए । यो प्रतिस्पर्धा यस वर्ष अप्रिलमा निर्धारित गरिएको थियो । तर कोरोना भाईरस महामारीको कारण ६ महिना ढिलो हुन गएको हो ।

महामारीको कारण सन् २०२० को दौड रद्द भएको थियो ।

तपाइँको प्रतिक्रिया