शुक्रबार, वैशाख २१, २०८१

पेरिसलाई ‘साईकल सिटी’ बनाइने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक ९ गते १५:२८

 

Image Credit-wikimedia.org

आगामी राष्ट्रपतीय निर्वाचनकालागि समाजवादी पार्टीकि आधिकारिक उमेदवार आन हिदाल्गोले राजधानी शहर पेरिसलाई १०० प्रतिशत साईकल शहर बनाउने एजेन्डा अगाडि सारेकि छन् ।

आइतवार फ्रान्सको अर्को शहर लिलमा चुनावी अभियानका क्रममा उनले पेरिस शहरलाई १०० प्रतिशत साईकल चलाउने शहर बनाउने घोषणा गरेकि हुन् । राष्ट्रपतिय निर्वाचन ग्रिन पार्टीकि यानिक जादोतलेपनि वातावरणिय मुद्दालाई अघि सारेपछि हिदाल्गोले साईकल शहरको अवधारणलाई जोडले उठाएकि हुन् । यो मुद्दाले वातावरणवादीहरुको समर्थन आफ्नो पक्षमा तान्न सकिने विश्वास समाजवादी पार्टीको छ ।

आगामी अप्रिलको चुनावमा ग्रीन पार्टीका उम्मेद्वार यानिक जडोटको वातावरणिय मुद्दा विरुद्ध सामना गर्नु अघि आफ्नो वातावरणीय प्रमाणहरू स्थापित गराउन खोजेको भनाइपनि धेरैको छ ।

आन हिदाल्गो गत महानगरपालिकाको निर्वाचनमा ग्रिन पार्टीकै समर्थनमा मेयरमा निर्वाचित भएकि थिईन् । वातावरणिय मुद्दा झन झन प्राथमिकतामा पर्दै गएपछि साईकल शहरको मुद्दालाई हिदाल्गोले अझै स्थापित गराउन खोजेकि छन् ।

उनका नीतिहरूले छोटो समयमै राजधानीका शहरी अभिजात वर्गहरू बीच व्यापक समर्थन पाएका छन् । तर उनले देशको बाँकी भागहरूमा धेरै कडा मेहनत गर्नुपर्ने टिप्पणीहरु गरिएको छ ।

“हाम्रो लक्ष्य हाम्रो सहरलाई शतप्रतिशत बाइकयोग्य बनाउने हो” शहरी रूपान्तरणका प्रभावकारि उपमेयर र ग्रीन पार्टीका सदस्य डेभिड बेलियार्डले एएफपीलाई भने ।

लगभग १८ करोड युरो पूर्वाधारका लागि छुट्याइएको छ जसमा शहर र वरपरका उपनगरहरूमा प्रमुख साईकल मार्गहरूको योजनाहरू बनाउने छ । त्यस्तै, साइकल चालकहरूका लागि पेरिसका भित्री क्रसिङहरू र मुख्य प्रवेश बिन्दुहरू सुरक्षित बनाउन थप उपायहरू समावेश गरिएको बेलियर्डले बताएका छन् ।

सडकहरुमा केहि ‘फ्ल्यासपोइन्ट’हरू बनाइने छ जसले गर्दा साइकल यात्रीहरू र पैदल यात्रीहरूका लागि फरक मार्ग बनाइने छ । कारहरुकालागि अलग मार्ग हुने छ । पेरिसमा यस अघिनै १५ करोड युरो साईकलको प्रारम्भिक योजनाकालागि खर्च गरिसकिएको छ । यसलाई उनीहरुले ‘राजधानीको लागि क्रान्तिको शुरुवात’ भनेका छन् ।

कोरोना भाईरस महामारीले गर्दा साईकल शहर बनाउन थप जरुरी भएको भन्ने भावनालाई बढाइदिएको छ । शहरको साइकल मार्गको द्रुत विस्तारलाई फैलाएको छ । किनभने यात्रुहरूले संक्रमणको डरले सार्वजनिक यातायात कम गरेका थिए । नयाँ योजनाको एक भागका रूपमा साईकल लेनहरू बनाइएको थियो । कोरोना महामारीका बेला माग पुरा गर्न साईकल लेन अचानकरुपले हतारमा निर्माण गरिएको थियो । अब ति लेनहरुलाई स्थायी र सुरक्षित बनाइनेछ ।

सन् २०२६ सम्म सुरक्षित साइकल मार्गहरूको पेरिस नेटवर्क कुल १८० किलोमिटर हुनेछ । साइकल यात्रीहरूलाई अर्को ३९० किलोमिटर सडकमा एकतर्फी लेन प्रयोग गर्न अनुमति दिइने छ । यसमा एक तर्फी कार गुडेपनि अर्को तर्फ साईकलको लेन बनाइने छ ।

तर मेयरको बाइक-मैत्री नीतिहरूले सेन नदीको किनारमा रहेको सहरी मोटर सडकलाई बाइक र पैदल यात्रुहरूमा परिणत गर्ने जस्ता निर्णयहरूले मोटर चालकहरू रिसाएका छन् । पेरिसमा अहिलेनै सडक जाम हुने समस्या ठूलो छ । गाडी गुड्ने सडकलाई कम गरेर साईकल लेन बनाउँदा झन धेरै गाडी जाममा पर्ने भनाई गाडी चालकहरुको छ ।

पेरिस शहरलाई विश्वको सबैभन्दा साईकल-अनुकूल शहरहरूको शीर्ष स्थानमा पुर्‍याउन खोजिएको छ । यद्यपि युरोपेली साइकल मोडेल शहरमा कोपेनहेगन र एम्स्टर्डम शिर्ष स्थानमा छन् । तिनका तुलनामा पेरिस निकै पछि छ ।

पेरिस शहरले बाइक चोरी रोक्न मद्दत गर्ने योजना पनि बनाएको छ । साईकल चोरी ब्यापक रुपमा हुनुले पनि साईकल प्रयोगमा बाधा पारेको पेरिस महानगरपालिकाको भनाई छ ।

सन् २०२६ सम्म पेरिसमा बाइकहरूको लागि एक लाख नयाँ पार्किङ स्थलहरू बनाइने छ जसमध्ये ४० हजार रेल र मेट्रो स्टेशनहरू नजिकै बनाइने छ ।

पेरिसले क्रस-सिटी कार ट्रान्जिटलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य बनाएको छ । कार ट्राफिकलाई आधा घटाउने लक्ष्य पनि राखेको छ ।

प्राथमिक तहको पढाई सक्दा सबै युवायुवतीले साईकल चलाउन जानुन् भनेर साईकल प्रशिक्षणलाई बढावा दिने निति ल्याइनेपनि महानगरपालिकाले उल्लेख गरेको छ ।

(नेपालप्लसका साथमा फ्रंस २४ न्युज र एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक