शुक्रबार, वैशाख २१, २०८१

फ्रान्सेलीलाई माछा मार्न अवरोध गरे भन्सार कस्ने, बेलायती व्यापार अवरोध गर्ने फ्रान्सको चेतावनी

नेपालप्लस संवाददाता २०७८ कार्तिक १० गते १८:१०

फोटो- फँस आँफो डट कम

बेलायतको पानीमा माछा मार्न फ्रान्सेली मछुवारहरुलाई अवरोध गरे फ्रान्सले भन्सार जाँच तिब्र पार्ने र बेलायतसितको व्यापारमा बाधा पुर्‍याइदिने निर्णय गरेको छ ।

बेलायतले ब्रेक्जिटपछिको सहमती अनुसार बेलायती क्षेत्रको एटलान्टिक महासागरको पानीमा माछा मार्ने इजाजतपत्र रोकेपछि फ्रान्सले भन्सार जाँच बढाउने र बेलायती व्यापारमा अवरोध स्रिजना गरिदिने बताएको हो ।

यदि बेलायतले बेलायती क्षेत्रमा पर्ने एटलान्टिक महासागरको पानीमा फ्रान्सेली मछुवारहरुलाई थप इज्जाजत नदिए फ्रान्सले नोभेम्वर २ देखि बेलायतको व्यापारमा अवरोध स्रिजना गर्ने मिति समेत तोकेको छ ।

भन्सार जाँच बढाउने भन्नाले ‘फ्रान्समा ल्याइएका उत्पादनहरूमा व्यवस्थित भन्सार र सेनेटरी जाँचहरू गरिने छ । त्यस्तै समुद्री खाना ल्यान्डिङमा प्रतिबन्ध लगाइने’ सरकारका प्रवक्ता गेब्रियल एटलले पत्रकारहरूलाई बताएका छन् ।

फ्रान्सेली भन्सार जाँचहरूले यूके जाने र त्यहाँबाट युरोपेली अन्य मुलुकमा हुने व्यापारलाई गम्भीर रूपमा सुस्त पार्न सक्ने सम्भावना छ ।

फ्रान्स र बेलायतबिचको पछिल्लो विवाद ब्रेक्सिट पछि बेलायत र च्यानल टापुहरू वरपरको पानीमा युरोपेली मछुवारहरुका डुंगाहरूको लागि इजाजतपत्र प्रक्रियाहरूबाट उत्पन्न भएको थियो ।

फ्रान्सले बेक्जित संझौता अनुसार बेलायतले सहमति पालना नगरेको आरोप लगाउँदै आएको छ । बेलायतले बेक्जिट सहमती अनुसार ईजाजत दिएको तर त्यो संझौता भन्दा बढी संख्यामा मछुवारहरुले ईजाजत दाबी गरेको बताउँदै आएको छ । यहि विषयमा दुई देशबिचको विवाद झन चर्किँदै व्यापार र सिमा संवन्धि अन्य विषयमापनि फैलिंदो छ ।

जर्सीमा बिजुली आपूर्ति घटाउने अघिल्लो फ्रान्सेली धम्कीहरूलाईपनि उनले दोहोर्‍याएका छन् ।

ब्रेक्जिट संझौतापछि बेलायत र फ्रान्सबिच पछिल्लो समय माछा मार्ने विषयमा द्वन्द झन झन बढ्दै जाँदा फ्रान्सले बेलायतको जर्सी टापूको बिजुली काटिदिनसक्ने चेतावनी दिएको छ ।

बेलायतको जर्सी टापूमा जाने बिजुली र अन्य सुविधाका केवलहरु फ्रान्सबाट लगिएको छ । माछा मार्ने फ्रान्सको पहुँचलाई अवरुद्द गरेमा फ्रान्सले बेलायतको जर्सी टापूमा लगिएको बिजुलीका तार र अन्य केबल काटिदिने संकेत गरेको छ । फ्रान्सले बिजुली काटिदिएमा जर्सी टापूका करिब एक लाख वासिन्दाको घर अन्धकार बन्नसक्छ ।

माछा मार्ने सम्बन्धमा ब्रेक्सिट पछिको सम्झौता अन्तर्गत बेलायती समुन्द्रमा पहुँच गर्न चाहने युरोपेली मछुवारहरूले नयाँ इजाजतपत्रका लागि आवेदन दिनु पर्थ्यो । त्यसपछि उनीहरूले अघिल्लो वर्षहरूमा बेलायती जलक्षेत्रमा काम गरेको प्रमाणित गरेर ईजाजत दिने ब्यवस्था गरिएको थियो ।

बेलायतले युरोपेली डुङ्गाहरूलाई ‘आफ्नो विशेष आर्थिक क्षेत्रको’ भनेर वर्गीकृत गरिएको पानीमा माछा मार्न लगभग १,७०० इजाजतपत्रहरू प्रदान गरेको छ । यसको अर्थ समुद्रि तटबाट ति इज्जाजत प्राप्त क्षेत्र १२-२०० नौटिकल माइलको दूरीमा छन् ।

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

समुद्रि तटबाट ६-१२ नौटिकल माइलको दूरीमा रहेको बेलायतको एटलान्तिक महासागरको क्षेत्र माछाले भरिपूर्ण छ । यो क्षेत्रीय जलक्षेत्रमा काम गर्ने इजाजतपत्रहरू र जर्सीको नजिकको पानीमा तनाव उत्पन्न भएको छ ।

अक्टोबरको सुरुदेखिको तथ्याङ्क अनुसार बेलायतले आफ्नो क्षेत्रीय पानीको लागि फ्रान्सेली १०० डुङ्गाहरूलाई इज्जाजत पत्र जारि गरेको छ । बेलायतले ७५ मछुवारको लाईसेन्स अस्वीकृत गरेको छ ।

जर्सीका लागि १११ स्थायी लाइसेन्स र ३१ अस्थायी लाइसेन्स जारी भएका छन् भने ७५ वटा डुङ्गालाई अस्वीकृत गरिएको छ ।

बेलायतले दर्जनौं फ्रान्सेली डुङ्गाहरूलाई माछा मार्ने ईजाजतपत्र अस्वीकार गरेपछि फ्रान्स क्रुद्द बनेको छ । विदेशी मामिलाहरूका लागि लन्डनमा निर्भर जर्सी र गुर्नसे बेलायतका स्वशासित च्यानल टापुहरू हुन् जसले आफ्नै नियम बनाउने गर्छन् ।

बेलायतलाई ति स्वशासित टापूका नियम र फ्रान्सेली क्रुद्दताकाबिच समस्या समाधान गर्न वा वैदेशिक मामिला र स्थानिय स्वशासित टापूबिच सामान्जस्य मिलाएर सहमति बनाउन गाह्रो परिरहेको छ ।

बेलायती माछा मार्नेहरू पनि फ्रान्सेली बन्दरगाहहरूमा अत्यधिक निर्भर छन् जहाँ उनीहरूले मारेका धेरैजसो माछा थुपार्ने र प्रशोधनको काम गर्छन् ।

फ्रान्स सरकारका प्रवक्ता गाब्रियल अत्तलले गत वर्ष डिसेम्बरमा बेलायत र युरोपेली संघबीच भएको माछा मार्ने सम्झौता अन्तर्गत फ्रान्सले आफ्ना मछुवारसँग अधिकार भएको लाइसेन्सको झण्डै ५० प्रतिशतले माछा मार्न नपाएको दाबी गरेका छन् ।

फ्रान्सेली सरकारका प्रवक्ता अत्तलले भने “ब्रेक्जिट सम्झौताले बेलायतलाई जुत्ता पुछ्न दिने छैनौं” ।

थप उपाय ?

दुई छिमेकीहरू बीचको असहमतिको शृङ्खला माछा मार्ने विषयले भड्काइदिएको छ । पछिल्लो चरणमा माछा मार्ने घटनाले दुई देशको कूटनीतिक सम्बन्धलाई दशकयताकै न्यून स्तरमा ल्याईदिएको छ ।

यि दुई देशबिच आप्रवाशी समस्यालेपनि तनाव बढाइदिएको छ । सेप्टेम्बरमा बेलायतले अस्ट्रेलियालाई आणविक पनडुब्बीहरू आपूर्ति गर्न गोप्य रूपमा सम्झौता गरेपछि फ्रान्स बेलायतसित झनै आक्रोशित भएको छ । सन् २०१६ मै फ्रान्स र अष्ट्रेलियाबिच पनडुब्बी खरिदमा भएको सहमति अष्ट्रेलियासित मिलेर भंग गर्न बेलायतलेसमेत गोप्यरुपमा संझौता गरेको थियो ।

युरोप मामिलाकालागि फ्रान्सेली मन्त्री क्लेमेन्ट ब्युनले उपायहरू समयसँगै निस्किंदै जान सक्ने बताएका छन् ।

“कि त पहिलो शृङ्खलाका उपायहरूले इजाजतपत्रहरूको बारेमा संवादतर्फ लैजान्छ । त्यसो हुनु राम्रो हो। वा यी उपायहरूले सम्झौता कार्यान्वयन गर्न नेतृत्व गर्दैन र हामी उदाहरणका लागि बिजुलीको आपूर्ति लगायतका अन्य उपायहरू लिनेछौं “उनले संसदको सुनुवाइमा उल्लेख गरेका छन् ।

समुद्रि तटबाट ६-१२ नौटिकल माइलको दूरीमा रहेको बेलायतको एटलान्तिक महासागरको क्षेत्र माछाले भरिपूर्ण छ । यो क्षेत्रीय जलक्षेत्रमा काम गर्ने इजाजतपत्रहरू र जर्सीको नजिकको पानीमा तनाव उत्पन्न भएको छ ।

अक्टोबरको सुरुदेखिको तथ्याङ्क अनुसार बेलायतले आफ्नो क्षेत्रीय पानीको लागि फ्रान्सेली १०० डुङ्गाहरूलाई इज्जाजत पत्र जारि गरेको छ । बेलायतले ७५ मछुवारको लाईसेन्स अस्वीकृत गरेको छ ।

जर्सीका लागि १११ स्थायी लाइसेन्स र ३१ अस्थायी लाइसेन्स जारी भएका छन् भने ७५ वटा डुङ्गालाई अस्वीकृत गरिएको छ ।

यसैसित संवन्धित तलका रिपोर्टपनि हेर्नुस्

फ्रान्सेली मछुवारको लाईसेन्स अस्विकार गरेपछि फ्रान्स र बेलायतबिच फेरि तनाब

फ्रान्स-बेलायत मत्स्य विवाद : एक लाख वासिन्दाको बिजुली काटिदिने फ्रान्सको चेतावनी

बेलायत-फ्रान्स तनाव : माछा मार्ने विवादमा फ्रान्सद्वारा बेलायतलाई चेतावनी

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

फ्रान्स-बेलायत सिमा समस्या : हजारौं ट्रक रोकिए, औषधी र खाद्य संकट पर्नसक्ने चेतावनी

तपाइँको प्रतिक्रिया

फेसबुक