शुक्रबार, वैशाख २१, २०८१

विवादै विवादका बिच एनआरएनए निर्वाचनको कार्यतालिका प्रस्तुत

नेपालप्लस संवाददाता२०७८ मंसिर १४ गते १४:४९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका बारेमा विवाद चलिरहेका बेला एनआरएनएको निर्वाचन समितिले आफ्नो कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनमा अगाडि बढेको छ ।

एनआरएनएको निर्वाचन समितिको सुचनाका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले सुचनामा उल्लेख गरेको छ ।

गत अक्टोवर महिनामा एनआरएनए केन्द्रिय कार्यालयले निर्वाचन मिति घोषणा गरेको थियो । तर त्यस निर्वाचन घोषणालाई परराष्ट्र मन्त्रालयले रोकिदिएपछि निर्वाचन अन्योलमा परेको थियो । मन्त्रालयले निर्वाचनका बिरुद्द बिभिन्न उजुरि परेको भन्दै ति उजुरिमाथि छानबिन र न्याय गर्नुपर्ने लगायतका तर्क राखेको थियो ।

एनआरएनएले दोस्रो पटक घोषणा गरेको निर्वाचन पनि मन्त्रालयले संरक्षक परिषद मार्फत् गराउनुपर्ने भन्दै आदेशसहितको पत्र दिएपछि एनआरएनएका अध्यक्ष कुमार पन्तले अदालतमा पररष्ट्रको पत्र अवैधानिक, गैरकानुनी भन्दै त्यसको खारेज गर्न माग गरी अदालतमा मुद्दा दायर गरेका थिए ।

गत आइतवार पाटन उच्च अदालतले मन्त्रालयको पत्र तत्कालकालागि कार्यान्वयन नगर्नु भन्दै आदेश दिएपछि चुनावको बाटो खुलेको अध्यक्ष कुमार पन्तले बताएका छन् । अदालतको सोहि निर्देशनपछि एनआरएनए केन्द्रिय कार्यालयले निर्वाचन समितिलाई आफ्नो निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

तर परराष्ट्रमा उजुरि हाल्न गएकाहरु, प्रतिनिधी छनौटमा आपत्ती प्रकट गर्दै बसेका कुल आचार्य पक्ष भने यो समितिले निर्वाचन गराउन नपाउने भन्दै बिरोधमै छन् ।

अदालतको आदेश र यो विवादकाबिच निर्वाचनको प्रक्रिया अगाडि बढेका बेला निर्वाचन के कसरि हुन्छ, कुन कुन पक्ष कता लाग्छन्, सहभागि हुन्छन् कि हुँदैनन् भन्ने निकै शंकाहरु उत्पन्न भएका छन् ।

निर्वाचन समितिले केन्द्रिय, क्षेत्रिय स्तरका सबै पदमा शुल्क सहितको उमेदवारका पदहरु तोकेको छ ।

मतदाताकै विषयमा विवाद भैरहेका बेला निर्वाचन समितिले मतदाता नामावली प्रकाशन डिसेम्वर ६ मा गर्ने उल्लेख गरेको छ ।

त्यस्तै मतदाता नामावलीमाथि दाबिबिरोध डिसेम्वर ७, दाबि बिरोध माथि छानबिन गरि निर्णय गर्ने डिसेम्वर ९, अन्तिम मतदाता नामावली प्रशन गर्ने डिसेम्वर १० मा तोकिएको छ ।

उमेदवारको मनोनयन दर्ता डिसेम्वर ११ र १२, उमेदवारको पहिलो अनमावली प्रकाशन डिसेम्वर १२, उमेदवारको उमेदवारीमाथि दाबि बिरोध डिसेम्वर १३, उमेदवारको मनोनयन पत्रको जाँच र उजुरिमाथि निर्णय डिसेम्वर १४ लाई तोकिएको छ ।

त्यसैगरि, उमेदवारको दोस्रो नामावली प्रकाशन डिसेम्वर १५, उमेदवारले आफ्नो मनोनयन पत्र फिर्ता लिने डिसेम्वर १७, उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने डिसेम्वर १८ कालागि छ । निर्वाचन डिसेम्वर २६ र २७ मा विहान ८ बजेदेखि बेलुका ७ ५९ सम्म हुने छ ।

मतदाताको पहिचान ईमेल र अनुहार मार्फत् गरिने भएकोले आफ्नो ईमेल र सेल्फी फोटो प्रणालीमा पठाउनु वा दर्ता गराउनसमेत निर्वाचन समितिले सूचनामा उल्लेख गरेको छ ।

संघको नेतृत्वको लागि अध्यक्षमा डा बद्री केसी, रविना थापा र कुल आचार्यले आफ्नो उमेदवारी सार्वजनिक गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक