सोमबार, वैशाख २४, २०८१

एनआरएनए केन्द्रको विवाद एनसिसीतिर, एनआरएनए अष्ट्रेलियाद्वारा केन्द्रमा सदस्यता दस्तुर नबुझाएको स्विकारोक्ति

नेपालप्लस संवाददाता२०७८ मंसिर १६ गते १६:१६

 

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन घोषणा भएपछि एनआरएनएको गुटगत राजनिति अब बिस्तारै राष्ट्रिय समन्वय परिषदहरुमा देखा पर्न थालेको छ । यहि गुटगत प्रभावले गर्दा सदस्यहरुले केन्द्रमा पठाउनकालागि तिरेको सदस्यताबापतको दस्तुर (लेबी) समेत नतिरेको स्विकारोक्ति एनआरएनए अष्ट्रेलियाको छ ।

एनआरएन अष्ट्रेलियाले करिब १५ हजार सदस्यबाट उठाइएको लेबी नतिरेपछि लेबी नतिर्नेमा अष्ट्रेलियाको नामपनि सार्वजनिक भएको थियो । उक्त लेबी तत्कालै पठाउनुपर्नेमा केन्द्रलाई नपठाएको, गूटगत तरिकाले लागेको भन्दै अष्ट्रेलियाका एनआरएनए सदस्यहरुले नेत्रित्वको आलोचना गरेका छन् ।

केन्द्रिय महाधिवेशन र निर्वाचनको मिति दोश्रो पटक तोकिंदापनि लेबी नतिरेकाले निर्वाचनमा भाग लिन नपाइने हो कि, केन्द्रको मितिलाई समेत गुजार्ने नियत यसमा लुकेको हो कि भन्ने आशंका सदस्यहरुले गरेका छन् । केन्द्रसितको आवद्दता कायम राख्न, महाधिवेशन र निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिस्चित गर्नपनि आफ्ना सदस्यहरुको सदस्यता दस्तुर केन्द्रलाई बुझाउनुपर्ने भनाई सदस्यहरुको छ ।

सन् २०२१-२०२३ का लागि निर्वाचित अध्यक्ष नन्द गुरुङले सदस्यहरुको दस्तुर केन्द्रमा नबुझाएको स्विकार गरेका छन् । सदस्यहरुबाट केन्द्रमा आफ्नो दस्तुरहरु नबुझाएको गुनासो आएपछि बुधवार उनले एनआरएनए अष्ट्रेलियाको तर्फबाट प्रेस बिज्ञप्ति जारि गर्दै स्पष्टीकरण दिएका हुन् । प्रेस बिज्ञप्तिमार्फत् आएको स्पष्ठिकरणमा भनिएको छ ‘हाम्रो नियत आईसीसीको लेबी रोक्ने होइन । तर, अहिले केन्द्रमा देखिएको जुन विवाद छ त्यसको निराकरण छिटोभन्दा छिटो होस् भन्ने हामी चाहन्छौं । विवाद सकिने बित्तिकै हामी आफ्नो कर्तव्य निर्वाह गर्न पछि पर्ने छैनौं ।”

प्रतिनिधी छनौटमा केन्द्रसित बार्गेनिङ गर्न सदस्यताको लेबी नतिरेको आरोप सदस्यहरुले लागएपछि प्रेस बिज्ञप्ती मार्फत् त्यसलाई अस्विकार गर्दै अध्यक्ष नद घलेले भनेका छन् “हामीले प्रतिनिधी छनौटकालागि लेभीलाई बार्गेनिङको माध्यम बनाउने कुनैपनि मनशाय राखेका छैनौं । प्रतिनिधि छनौट केन्द्रिय समितिको विधान अनुसार सामान्य प्रक्रियाबाट चल्छ ।”

एनआरएनए अष्ट्रेलियामा नवनियुक्त अध्यक्ष नन्द घले पक्षले निवर्तमान कार्य समितिलाई असहयोग गर्दै आएको आरोप लगाइने गरेको छ । त्यसैगरि नन्द गुरुङ पक्षले पनि निवर्तमान समितिमाथि असहयोग गरेको आरोप लगाउने गरेको छ ।

नन्द गुरुङ पछिल्लो समयमा विश्व भेलाका नाममा आयोजना गरिएको कार्यक्रममा उपस्थित र समर्थन गर्दै आएको भन्दै केहि सदस्यले उनको आलोचना गर्दै आएका छन् ।

बुधवार एनसिसी विश्व भेलाका नाममा आयोजित कार्यक्रममापनि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नद गुरुङले संवोधन गर्दै भनेका थिए ‘एनआरएनए अष्ट्रेलियापनि भावनाले केन्द्रसित आबद्द भएको हो । केन्द्रसित कुनै संझौता छैन । हामी अष्ट्रेलियामा आबद्द भएकाले कसरि केन्द्रले हाम्रो आबद्दता रद्द गर्न सक्छ ?”

उनको यो भनाईलेपनि उनले एनआरएनए केन्द्रमा लेवी नपठाउन खोजेको, गूटको भेलामा लागेको भनेर त्यहाँका असन्तुस्ट सदस्यहरुले अर्थ्याएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक