बिहीबार, वैशाख २०, २०८१

अनिवार्य खोप निति लागू गर्न ईयु आयोग प्रमुखको आग्रह

नेपालप्लस संवाददाता२०७८ मंसिर १६ गते २२:०७

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेनले कोरोनाको उत्परिवर्तित रुप ओमिक्रोनका कारणपनि युरोपेली देशहरुले अनिवार्य खोप लगाउनुपर्ने समय आएको बताएकि छन् । उनको यो भनाई ओमिक्रोन द्रुत रूपमा फैलिनथालेपछि आएको हो ।

उनले भनेकि छन् “ओमिक्रोन स्वरुपले पूर्वानुमानलाई अन्धकार बनाइदिएको छ र इयु देशहरुले अर्को कठिन जाडोको समाना गर्नुपर्ने छ ।”

बढ्दो संक्रमण दरले गर्दा पहिलेनै युरोपेली सरकारहरूले अनिवार्य मास्क लगाउने, सामाजिक दूरीका उपायहरू अपनाउने, कर्फ्यू वा तालाबन्दी गर्ने, अस्पतालमा गम्भिर प्रक्रितिका बाहेक अन्य भर्नालाई सीमित गर्ने लगायतका उपायहरु अपनाउँदै आएका छन् । धेरैले कोरोना भाईरसको डरलाग्दो स्थितिले क्रिसमस व्यवसायहरू छोडेकापनि छन् ।

ब्रसेल्समा, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले युरोपेली युनियनका देशहरुमा अनिवार्य खोप लगाउन कसरी प्रोत्साहित गर्ने र सम्भावित उपायहरुका बारेमा कसरि सोच्ने भनेर छलफल गर्नुपर्ने बताएकि छन् । यद्यपि प्रत्येक सदस्य राष्ट्रहरूले देशनै पिच्छे आफ्नो तर्फबाट मात्र खोप अनिवार्य गराउन सक्छन् ।

अस्ट्रियाले अर्को फर्वरी १ बाट खोप अनिवार्य गराउने बताइसकेको छ । जर्मनीले त्यसको अनुसरण गर्दैछ र ग्रीसले ६० बर्ष भन्दा माथिका लागि खोपहरू अनिवार्य गर्ने गत मंगलवार बताइसकेको छ । फ्रान्सले ५० वर्ष माथिकालाई तेस्रो खोप खुला गरिसकेको छ ।

कोरोनाका मूल स्वरुपलाई लक्षित गरेर बनेका हालका खोपहरु ओमिक्रोन जस्ता नयाँ स्वरुपका कोरोनाकालागि कत्तिको प्रभावकारि हुन्छन् भन्ने अहिलेसम्म यकिन छैन । हालको खोपहरू ओमिक्रोनकालागि कत्तिको संक्रामक र प्रतिरोधी छ भनेर प्रमाणित गर्न केहि हप्ता लाग्न सक्ने बैइज्ञानिकहरुले बताएका छन् ।

कोरोना संक्रमण बढेपछि धेरै देशहरूले पूर्व योजना गरिएका कार्यक्रमहरूलाई रद्द गरेका छन् । केहिले हतारमा आयोजना फत्ते गरेका छन् ।

बुधवारदेखि इटालीमा प्रत्येक वयस्ककालागि कोभिड बूस्टर शटको लागि खुला गरिएको छ । पहिले मात्र ४० वर्ष भन्दा माथिका मानिसहरूका लागि खुला गरिएको थियो ।

गैर ईयु एुसदस्यहरू बेलायत र नर्वेले क्रमशः जनवरी र इस्टरको अन्त्य अघि सबै वयस्कहरूलाई बूस्टर शट दिने वाचा गरिसकेका छन् ।

हालसम्म अष्ट्रेलिया, ब्राजिल, बेलायत, क्यानडा, इजरायल, इटाली, नाइजेरिया, फ्रान्स, पोर्चुगल र अमेरिका लगायतका दुई दर्जन देश र क्षेत्रहरूले ओमिक्रोनका संक्रमितहरू पत्ता लगाएका छन् ।

ग्लोबल ईकोनोमिक बडी (विश्व आर्थिक निकाय) ले ओमिक्रोनले विश्व अर्थतन्त्र पूनर्प्राप्तिलाई खतरामा पार्ने चेतावनी दिएको छ । र सन् २०२१ को लागि वृद्धि अनुमान ५ दशमलव ७ प्रतिशतबाट ५ दशमलव ६ प्रतिशतमा घटाएको उल्लेख गरेको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक