शनिबार, वैशाख १५, २०८१

वामपन्थीका उमेदवार शेखर र गगन

तिर्थनाथ कँडेल२०७८ मंसिर २० गते १८:११

वामपन्थिहरुको चासो कांग्रेसको महाधिवेशनमा ? सुन्दा अचम्म लाग्न सक्छ । कांग्रेस पार्टीसित नेपालका वामपन्थिहरुको के साईनो ? के मतलव ? के बिचार मिल्छ ? किन वास्ता गर्ने कांग्रेस महाधिवेशनमा वामपन्थिहरुले ? तर गहिरिएर बुझ्ने हो भने कांग्रेस महाधिवेशनलाई नेपाली वामपन्थिहरुले, वामपन्थि इतरका दलहरुलेपनि देश बनाउने महत्वपूर्ण पर्व, अभियानका रुपमा हेर्नै पर्छ ।

त्यसका केहि कारण छन् । नेपाली कांग्रेस देशको जेठो पार्टी । अर्थात्, नेपाली समाजको जेठोबाठो पात्र । बाउ आमा बुढाबुढी भएपनि जेठोले हो घर धान्ने । असक्त भएपनि जेठोलेनै हो घरको नेत्रित्व गर्ने । आमा बाका छोराछोरीको जिम्मेवारी बोक्नेपनि जेठोकै काँधमा आउँछ । जेठोले सहि बाटो दिन सके घर गतिलो हुन्छ । हराभरा पालुवा पलाउँछन् ।

तर नेपालमा यो जेठो राजनितिक पात्रले सहि बिचार दिन सकेन । नेपालको राजनितिक इत्तिहाँस, अझ आर्थिक उन्नती, राजनितिक चरित्रमा नेपाली कांग्रेस जेठोबाठो, जिम्मेवार जेठोछोरो बन्न सकेन । जेठो बिग्रिंदा परिवार ध्वस्त भयो ।

कांग्रेस सत्ता र समाजमा बाक्लिँदै जाँदा उसले देशको सहि नेत्रित्व गर्नै सकेन । अर्थात् जेठो, घरमुलीनै बिग्रियो ।

यो जेठो पार्टीले देशमा सबल, सक्षम, सहि राजनितिक चरित्र देखाउन नसक्दा कांग्रेसमा अनेक गुट उपगुट भए । पटक पटक सरकारमा जाँदापनि कांग्रेसले देशको आर्थिक मुहार बदल्न सकेन । त्यो एजेन्डा लिएरै गएन ।

पाका, खारिएका नेता डा. शेखर कोइराला पार्टी सभापति र युवा नेता गगन थापाको नेत्रित्व कांग्रेसमा भएमा कांग्रेस पक्कै सुध्रिन्छ । कांग्रेस सुध्रियो भने नेपालका वामपन्थि दल, नेतापनि सुध्रिन बाध्य हुन्छन् । त्यसको सकारात्मक पाटोले देशभरिकै दललाई सुधारोन्मुख बनाउँछ । त्यसैले गगन थापा र शेखरलाई यो महाधिवेशनमा सघाउने एजेण्डा वामपन्थिहरुकोपनि हुनुपर्छ ।

मौका पर्दा बिपीको समाजवाद कोखिलामा च्याप्ने र अरुबेला त्यसैमा गोबर लत्पत्याएर राखिराख्यो । फेरि चुनावी मैदान र महाधिवेशनका बेला त्यहि गोबर टक्टकाएर बिपीको समाजवाद देखाउने गर्‍यो । कांग्रेसले एक पटक गरेन । दशकौं त्यहि गरिरकह्यो । यहि बिराएको बाटो, निहित स्वार्थ र चुनावमुखि खेतीले कांग्रेसले देश गतिलो बनाउन सकेन ।

जेठोबाठो कांग्रेसले पार्टीको सभापति र देशको सर्बोच्च पदपनि एकै ब्यक्तिले लिने थिति बसाल्यो । चौतर्फि भागबण्डा र सेटिङमै देश र पार्टी चलाईराख्यो । यो जेठोबाठोले न देशको सिमाना जोगाउन सक्यो । न बिदेशिने हजारौं युवालाई आफ्नै देशमा गरिखाने मेलो मिलाउने चेस्टा गर्‍यो । न यसले आर्थिक उन्नतिको ढोका खोल्ने लेखो गर्‍यो न यो जेठो पात्रले जनताका एजेण्डालाइ संवोधन गर्न सक्यो । कांग्रेस देशको भरोसा, आशा, अनुशासन, उन्नत पार्टी केहि रहेन ।

देशकै जेठो बाठो यो पात्र कहिले राप्रपाका एजेण्डाको टोपी लगाएर हिंड्यो । न निति र आदर्शमा कहिं मेल खाने माओवादीका एजेन्डा बोकेर बिपीको फोटो च्याप्दै हिंड्यो । कहिले आफैंले जुठेल्नामा मिल्काएको राजावादीको टपरी थाप्दै बस्यो । कहिले तराई टुक्रा पार्न खोज्ने दलको फेरो समात्यो त कहिले एमालेका दस्तावेजलाई सिरोपर गर्‍यो । कांग्रेस पार्टी घर न घाटको, आदर्श न बिचारको धोद्रो बन्यो ।

यो सबै किन भयो ? नेत्रित्वमा देश बनाउने क्षमता देखिएन । देश बनाउने ब्यवहारिक एजेण्डा कांग्रेस नेत्रित्वले भेटेन । नेत्रित्वले पार्टी र सरकारमा सेटिङ मिलाइमिलाई आजन्म पद, कुर्सीमै टाँस्सिन खोज्यो । पार्टीमा योगदान गर्नेहरुलाई लत्याएरै राख्यो । कमिशन खाने, भ्रस्टाचार गर्ने, नातावाद र क्रिपावादलेनै कांग्रेस चल्यो । जुरो समतल्ल बनेर लर्खराईरहेका बुढा साँढेहरुको क्लब बन्यो कांग्रेस । यस्तो क्लब जोश, जाँघर, प्रतिभा, एजेण्डा र जनताले रुचाएका युवाहरुलाई जरो उखेल्ने जाँघरिलो, सक्रिय क्लब ।

शेखर कोईराला पछिको नेत्रित्व कसले गर्ने ? पार्टीहरुले भविष्यको नेत्रित्वको विकासपनि गर्दै लैजानुपर्छ । त्यसकालागि युवाहरुको ढुकढुकि र कांग्रेसलाई हरेक मोड, प्रत्येक कोड र आन्दोलनमा स्वास भर्ने गरेका नेता हुन् गगन थापा । उनले महामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन् । उनलाई कांग्रेस जनले निर्बिकल्प महामन्त्रीका रुपमा छनौट गर्नैपर्छ ।

कांग्रेस बिग्रिंदा कांग्रेस आफू मात्रै बिग्रिएन । यो पार्टीले देशका तमाम पार्टीहरुलाईपनि बिग्रिने अवशर दियो । कांग्रेसले गतिहिनता सिकायो । भ्रस्टाचार गर्नै बल पुर्‍यायो । कांग्रेस आदर्शवान पार्टी भैदिएको भए नेपालका वामपन्थि दलहरुपनि सुध्रिन बाध्य हुन्थे । कम्युनिस्टहरुपनि गतिला बन्थे । जनताप्रति जिम्मेवार रहन पाठ दिन्थ्यो । ति जनता, देश, नागरिक, समाजप्रति जिम्मेवार रहनतिर लाग्थे । तर देशको जेठो पार्टी दिशाहिन, नितिहिन, आदर्शहिन र आफ्नै विधिविधान बिरोधि हुँदा कांग्रेससँगै हरेक पार्टी नितिहिन बने ।

त्यसैले, कांग्रेस सप्रिनु भनेको कांग्रेस पार्टी मात्रै सप्रिनु होइन । कांग्रेस सुध्रिनु भनेको देशको जेठोबाठो पार्टी मात्रै सुध्रिनु होइन । कांग्रेस सुध्रिनु, सप्रिनु र कांग्रेसले सहि बाटो लिनु देशका वामपन्थि, अन्य पार्टीपनि सुध्रिन बाध्य हुनु हो । यदि कांग्रेसलाई सुधार्ने हो भने आगामी कांग्रेस महाधिवेशनमा सहि नेत्रित्व आउनु जरुरि छ । यस्तो नेत्रित्व जसले देशका आर्थिक, सामाजिक र राजनितिक मुद्दा पहिचान गर्न सकोस् । देश जगाउने माध्यम बन्न सकोस् । युवाहरुमा देश बनाउँछु भन्ने राँको झोस्न सकोस् । देश र जनताले अपनत्व महसुस गर्न सकुन् । बिदेशिएका युवाहरु ‘हाम्रो देश छ, त्यहिं गरिखाने मेलो छ’ भन्ने आशा लिएर फर्किन सकुन् । कम्तिमापनि दश धारा आँसु बगाउँदै नेताहरुलाई सत्तोसराप गरेर बाहिरिनु नपरोस् ।

यस्तो आशा कांग्रेसको आगामी नेत्रित्वले गरिहाल्ला, बनाइहाल्ला भन्ने विश्वास, भरोसा र सुनिस्चितता त देखिन्न । तर कांग्रेस सुध्रिनसक्ने केहि झिनामसिना त्यान्द्राहरु छन् ।

कांग्रेसका बौद्दिक ब्यक्तित्व डा शेखर कोइरालाले भनेका छन् ‘म पार्टी सभापती भएँभने सरकार सन्चालनकोलागि बार्गेनिङ, पद ओगट्न जान्न, प्रधानमन्त्री बन्दिन, पार्टी बनाउँछु, सभापतीमै रहन्छु ।” कम्तिमा यसले के देखाउँछ भने देश चलाउने ब्यक्ति र पार्टी चलाउने ब्यक्ति फरक हुनुपर्छ । पार्टी र सरकारको सर्बोच्च दुबै पद लिँदा सेटिङ हुनसक्छ । सरकारले गल्ति गर्दा पार्टीपनि मुकदर्शक भएर बस्न बाध्य हुन्छ । सरकारमा ध्यान दिँदा पार्टी नेत्रित्व पुग्दैन, ध्यान जान्न । सरकारले गल्ति गर्दा पार्टीको बदनाम हुन्छ । सरकार र पार्टीको नेत्रित्व एकै ब्यक्तिले गर्दा दुबै ठाउँमा एकै ब्यक्तिको हालिमुहालि हुन्छ । न सरकार गतिलोसित चलाउने ध्याउन्न हुन्छ न पार्टी चलायमान रहन्छ ।

यो राम्रोसित देखिजाने, बुझिजाने र ब्यहोरेका पाका नेता हुन् डा शेखर कोइराला । त्यसैले उनले पार्टी र सरकारको नेत्रित्व अलग अलग ब्यक्तिबाट हुनुपर्ने एजेण्डा अघि सारेका छन् । कांग्रेसमा बिचारलेपनि पाका, बौद्दिक क्षमतालेपनि भरिएका, लामो संघर्ष र पार्टीमा योगदान दिएका नेता हुन् शेखर कोइराला । नेपाली कांग्रेसका सभापती डा शेखर कोइराला उनको योगदान, कार्य क्षमता र लगनशिलताले आगामी महाधिवेशनबाट सभापति चुनिनुपर्छ । वामपन्थिहरुलेपनि यदि वामपन्थिहरु, वामपन्थि पार्टीहरुलाई जनतामुखि बनाउने हो भने कांग्रेस पार्टीलाई सुधार हुनेगरि सहयोग गर्नुपर्छ । वामपन्थिहरु असल, गतिलो पार्टी बनाउन कांग्रेसमा शेखर कोइरालालाई सहयोग गर्नुपर्छ ।

जुरो समतल्ल बनेर लर्खराईरहेका बुढा साँढेहरुको क्लब बन्यो कांग्रेस । यस्तो क्लब जोश, जाँघर, प्रतिभा, एजेण्डा र जनताले रुचाएका युवाहरुलाई जरो उखेल्ने जाँघरिलो, सक्रिय क्लब ।

यत्तिले मात्रै पुग्दैन, कांग्रेसमा युवा नेत्रित्व पनि चाहिन्छ । शेखर कोईराला पछिको नेत्रित्व कसले गर्ने ? पार्टीहरुले भविष्यको नेत्रित्वको विकासपनि गर्दै लैजानुपर्छ । त्यसकालागि युवाहरुको ढुकढुकि र कांग्रेसलाई हरेक मोड, प्रत्येक कोड र आन्दोलनमा स्वास भर्ने गरेका नेता हुन् गगन थापा । उनले महामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन् । उनलाई कांग्रेस जनले निर्बिकल्प महामन्त्रीका रुपमा छनौट गर्नैपर्छ ।

गणतन्त्र घोषणा पछिकापनि हरेक मोडमा कांग्रेस कतै चलायमान थियो भने गगन थापाको लगाव, बुझाई, मेहनत, खटाईले धेरै हदसम्म योगदान गरेको थियो । कांग्रेसका गलत निर्णयमा गगन थापा प्रतिपक्षी भएर उभिए । तर प्रतिपक्षी, फरक पार्टीका असल पक्षमा उनी पक्षधर भएर उभिए । प्रतिपक्षले सहि एजेण्डा बोक्दा गगन थापाले आफ्नै पार्टीमा प्रतिपक्षी सम्म बन्ने आँट र जोखिम मोले ।

त्यसैले, गगन थापालाई अब कांग्रेस पार्टीको मात्रै भनेर हेर्नुपनि हुन्न । गगन थापा देशको साझा ब्यक्ति, साझा उमेदवार, साझा आशाको केन्द्र र युवाहरुको सामुहिक आशाको केन्द्र बनिसकेका छन् । कांग्रेसमा अब गगन थापाको बलियो उपस्थिति बिना अबको कांग्रेस कल्पनापनि नगरे हुन्छ । पाका, खारिएका नेता डा. शेखर कोइराला पार्टी सभापति र युवा नेता गगन थापाको नेत्रित्व कांग्रेसमा भएमा कांग्रेस पक्कै सुध्रिन्छ । कांग्रेस सुध्रियो भने नेपालका वामपन्थि दल, नेतापनि सुध्रिन बाध्य हुन्छन् । त्यसको सकारात्मक पाटोले देशभरिकै दललाई सुधारोन्मुख बनाउँछ । त्यसैले गगन थापा र शेखरलाई यो महाधिवेशनमा सघाउने एजेण्डा वामपन्थिहरुकोपनि हुनुपर्छ ।

तपाइँको प्रतिक्रिया