शनिबार, साउन १२, २०८१

जर्मनीका नयाँ चान्सलरद्वारा मन्त्रिपरिषद घोषणा, रक्षा र गृहमन्त्री महिला

नेपालप्लस संवाददाता / जर्मनी२०७८ मंसिर २१ गते २:१७

जर्मनीका प्रथम महिला रक्षा र गृहमन्त्री

रक्षा र गृह मन्त्रालय महिलाको हातमा सुम्पिँदै आगामी जर्मन चान्सलर स्कोल्जले नयाँ मन्त्रिपरिषद् सदस्यहरू घोषणा गरेका छन् ।

मनोनित नयाँ जर्मन चान्सलर ओलाफ स्कोल्जले सोमबार नयाँ जर्मन सरकारको लागि आफ्नो सोशल डेमोक्र्याटिक पार्टीका मन्त्रीहरू प्रस्तुत गरेका हुन् । यस हप्ताको अन्तमा लामो समयदेखि चान्सलर एन्जेला मर्केलको उत्तराधिकारी हुने बाटो खोलेका उनले गृह र रक्षा मन्त्रीमा महिलालाई चयन गरेका छन् । परराष्ट्र मन्त्रिमापनि महिलानै छानेका छन् ।

ग्रीन पार्टीले आफ्ना सदस्यहरूकाबिच गत महिना भएको सम्झौतालाई अनुमोदन गरेपछि स्कोल्जको निर्णय आएको हो ।

सबैभन्दा नजिकबाट स्वास्थ्य मन्त्री को होला भनेर हेरिएको थियो । किनकि जर्मनीले कोरोना भाइरस संक्रमणको उच्च दरलाई कम गर्न संघर्ष गरिरहेको छ । स्कोल्जले कार्ल लाउटरबाकलाई रोजेका छन् । उनमा अनुभव नभएपनि महामारीबिज्ञ र मेडियाका स्वतन्त्रताका पक्षधरका रुपमा चिनिन्छन् । उनी कोरोना भाईरस बिरूद्ध सावधानी र कडा कदम चाल्न आग्रह गर्ने जर्मनीमा सबैभन्दा प्रमुख आवाजहरू उठाउने नेता, विशेषज्ञमध्ये एक हुन् ।

गृह र रक्षा विभागका लागि आफ्नो छनोटको घोषणा गर्दै स्कोल्जले भने “जर्मनीको “सुरक्षा बलियो महिलाहरूको हातमा हुनेछ ।”

हेसेको केन्द्रीय राज्यमा पार्टी शाखाको नेतृत्व गर्ने वकिल न्यान्सी फेसर जर्मनीको पहिलो महिला गृह मन्त्री बन्ने भएकि हुन् । जर्मनीमा गृह मन्त्रीले संघीय प्रहरी बल र घरेलु गुप्तचर निकायको निरीक्षण समेत गर्नुपर्छ ।

गृह मन्त्रीमा आफ्नो नाम घोषणा भएलगत्तै फेसरले मुख्य रुपमा ध्यान अति दक्षिणपन्थी चरमपन्थीसँग लड्न केन्द्रित हुने बताएकि छन् । ति देशकालागि सबैभन्दा ठूलो खतरा रहेको भनाई उनको छ ।

निवर्तमान न्यायमन्त्री क्रिस्टिन ल्याम्ब्रेच नयाँ रक्षामन्त्री बन्ने भएकि छन् ।
ग्रीन पार्टी र फ्री डेमोक्र्याट्सले पहिले नै आफ्ना मन्त्रीहरूको नाम घोषणा गरिसकेका थिए । जर्मनीको पहिलो महिला परराष्ट्र मन्त्री अन्नालेना बाएरबक बन्ने भएकि छन् ।

कृषी मन्त्रीमा दोस्रो विश्वयुद्दपछि कामदारका रुपमा जर्मनी भित्रिएका टर्कीस मूलका सेम ओज्देमिरलाई बनाईने भएको छ ।

स्कोल्जले लैङ्गिक सन्तुलित क्याबिनेटको वाचा गरेका थिए र हाल उनले त्यसलाई पुरा गर्ने प्रयास गरेका छन् ।

तपाइँको प्रतिक्रिया