शुक्रबार, वैशाख २१, २०८१

कोरोना नियम तोडेको फोटो सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्रीको तिब्र आलोचना

नेपालप्लस संवाददाता / बेलायत२०७८ मंसिर २६ गते १९:४५

Image Credit-wikipedia.org

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बेलायतमा आफ्नै कोरोना भाईरस बिरुद्दका नियमहरू तोडेको भन्दै तिब्र आलोचनामा परेका छन् ।

गत साल क्रिसमस पर्वका बेला आफ्नै सरकारले कोरोना भाईरस नियन्त्रणकालागि लगाएका नियमहरु जोन्सनले तोडेको फोटो बेलायतको पत्रिकाले सार्वजनिक गरिदिएपछि उनको ब्यापक आलोचना भैरहेको छ । उक्त तस्विर द सन्डे मिरर पत्रीकाले सार्वजनिक गरिदिएपछि जोनसन आगो भएका हुन् ।

सन्डे मिररले प्रकाशित गरेको फोटोमा बेलायतका प्रधानमन्त्रीलाई उनका दुई सहकर्मीसँगै क्रिसमस क्विज आयोजना गरेको देखाइएको छ ।

बेलायतमा कोरोना बिरुद्दका स्वास्थ्य नियमहरु लगाइएका बेला प्रधानमन्त्री जोनसनले त्यसलाई तोड्दै सहकर्मीसित मिलेर क्विज आयोजना गरिरहेको बेला तस्विर लिईएको थियो । त्यसबेला विभिन्न घरपरिवारहरू बीचको भेटघाट र भेलालाई नियमले रोकेको थियो ।

त्यसबेला लण्डनमा तियर २ भनिने नियम लागेको थियो । यस अन्तर्गत मानिसहरूलाई आफ्नो घर बाहिर गएर भेटघाट गर्ने अनुमति थिएन । आफ्नो परिवार बाहिरका मानिसहरुलाई घरमा बोलाएर भोज गर्ने, भेटघाट गर्नपनि बन्देज थियो । सामाजिक गतिबिधिमाथि रोक लगाइएका ६ वटा नियमहरु लागू गरिएको थियो ।

सरकारका एक प्रवक्ताले प्रेस ब्रीफिंग गरिरहेका बेला डाउनिंग स्ट्रीटमा क्रिसमस भेला गरेर मजा लिइरहेको भिडियो चुहावट भएपछि त्यसलेनै जोनसनलाई आगो होमिदिए जस्तो भएको थियो । भिडियोपछि उनले राजीनामा दिएकी थिइन् ।

“मैले तालाबन्दीका नियमहरू लगाइएका बेला प्रकाशहरु बालेर नियम तोडे जस्तो देखिएकाले त्यसले तलका मानिस र माथिल्लो स्तरका बिच क्रोध स्रिजना गरेको बुझ्छु र म त्यो साझा गर्दछु,” जोनसनले गत हप्ता सांसदहरूलाई भनेका थिए ।

“त्यो क्लिप देखेर मलाई पनि रिस उठ्यो । यसले देशलाई माथिल्लो र तल्लो भनेर ल्याएको भिन्नतालाई अपराधको रुपमा लिंदै म निस्वार्थ रूपमा माफी चाहन्छु । यसले छोडेको प्रभावको लागिपनि म माफी चाहन्छु” जोनसनले भनेका थिए ।

जोनसनले बेलायतका शीर्ष निजामती कर्मचारी साइमन केसलाई अनुसन्धान गर्न आदेश दिएका थिए । उनले कसैले नियम तोडेको पाइएमा अनुशासन तोडेको मानिने बताएका थिए ।

जोनसनका शिक्षा सचिव नदिम जहावीले नयाँ फोटो लीक भएपछि प्रधानमन्त्रीको बचाउ गर्दै उनले महामारीबाट बाहिर निस्कन हरेक घण्टा काम गरिरहेको बताए ।

“हामीले त्यो तस्विरमा के देख्छौं ? हामी भर्चुअल क्विज गरेको देख्छौं । राती १० देखि १५ मिनेटको लागि प्रधानमन्त्रीलाई देख्छौं, उहाँ कर्मचारीहरूलाई धन्यवाद दिनको लागि आउनुभएको थियो जससँग प्रत्येक दिन आउनुको विकल्प थिएन” जाहावीले स्काई न्यूजलाई थपे “यो लकडाउन नियमहरूको सम्मान थियो।”

तर आलोचकहरुले भने यसले गत वर्षका नियमहरू उच्च स्तरमा पालना नगरेको देखाएको आरोप लगाएका छन् ।

“जनताको कुनै पनि सदस्यले राजनीतिज्ञहरूले अरू मानिसहरूलाई लागू गर्ने नियमहरूको पालना मात्र गर्दैनन् कि तिनले उनीहरूको भावनाको पालना गरेको पनि देखिनुपर्छ । यो अहिले प्रधानमन्त्रीबाट त्यो भएको छैन भन्ने कुरा स्पष्ट छ । यस्तो हुनु धेरै नराम्रो स्थिति हो” कन्जरभेटिभ सांसद स्टीव बेकरले स्काई न्यूजलाई भनेका छन् ।

विपक्षी लेबर नेता केयर स्टाररले बाहिरिएको फोटोमा जोनसनले नियमहरू तोडेको जस्तो देखिएकोले कथित घटनाको पुष्टि गर्न आवश्यक रहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक