शनिबार, वैशाख १५, २०८१

अफ्रिका कप हेर्ने दर्शकहरूलाई खोपको प्रमाण र कोविड परीक्षण अनिवार्य

नेपालप्लस संवाददाता२०७८ पुष १ गते २३:०२

Image Credit-Guy Everard Mbarga via Twitter

क्यामरुनमा अर्को महिना हुने अफ्रिका कप अफ नेसन्सका खेलहरूमा भाग लिने खेलाडी र दर्शकहरूले खोपको प्रमाण देखाउन र नकारात्मक कोभिड-१९ परीक्षण प्रमाण प्रस्तुत गर्न अनिवार्य गर्ने अधिकारीहरूले बिहीवार घोषणा गरेका छन् ।

यो घोषणा खेलकुद र स्वास्थ्यका लागि क्यामरूनका मन्त्रीहरू र अफ्रिकी फुटबलको कन्फेडेरेसन (सि ए एफ) महासचिवले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा गरिएको थियो । केहि समय अघिसम्म यो टूर्नामेंट रद्द वा स्थगित हुनसक्ने भन्दै अनुमान गरिएको थियो ।

“पूर्ण रूपमा खोप लगाइएको छैन र ७२ घण्टा भन्दा कमको नेगेटिभ पीसीआर परीक्षण वा २४ घण्टा भन्दा कमको नेगेटिभ एन्टिजेन परीक्षणको प्रमाण पेश नगरेसम्म “फ्यानहरू स्टेडियमहरूमा प्रवेश गर्न पाउने छैनन्” बिज्ञप्तीमा भनिएको छ ।

“यस महामारीले खडा गरेको यो थप चुनौतीको हो । तरपनि हाम्रो कप अफ नेसन्स अब हुनै पर्छ” बिज्ञप्तीमा थप भनिएको छ ।

२४ टोली रहेको यो प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्यामरुन र बुर्किना फासो बीचको पहिलो खेलबाट हुने छ । जनवरी ९ मा याउन्डेको ओलेम्बे स्टेडियममा यो खेल शुरु हुँदै छ ।

फाइनल खेल फर्वरी ६ मा सोही स्टेडियममा हुने उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया