मंगलबार, वैशाख १८, २०८१

रुसमा युक्रेन आक्रमण विरुद्दको प्रदर्शनमा ४,६०० भन्दा बढी पक्राउ

नेपालप्लस संवाददाता२०७८ फागुन २३ गते १५:१८

मस्कोको पुस्किन स्क्वायरमा युक्रेन बिरुद्द रुसको विशेष सैन्य अपरेशनको विरोधमा मानिसहरू । foTo-Emin Dzhafarov/Kommersant Photo via abcnews.go.com

रुसमा युक्रेन आक्रमणको विरोधमा भएको प्रदर्शनमा ४ हजार ६०० भन्दा बढी पक्राउ परेका छन् ।

युक्रेनमा मस्कोको सैन्य कारवाहीको विरोधमा आइतबार भएको विरोध प्रदर्शनमा रुसका सहरहरूमा ४,६०० भन्दा बढी मानिसहरूलाई हिरासतमा लिइएको एक अनुगमनले जनाएको छ । रुसले उक्रेनमाथि गरेको आक्रमणको ११ औं दिनमा हजारौंले रुसको आक्रमणबिरुद्द प्रदर्शन गरेको ए एफपी न्युज एजेन्सीले उल्लेख गरेको छ ।

एक प्रहरी प्रवक्तालाइ उल्लेख गर्दै मस्कोमा लगभग २,५०० अस्वीकृत प्रदर्शनमा भाग लिएपछि १,७०० जनालाई हिरासतमा लिइएको ए एफपीले जनाएको छ ।

त्यस्तै, ७५० जनालाई दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा जुलुस निकालेका लगभग १,५०० जनालाई हिरासतमा राखिएको रूसी समाचार एजेन्सीहरूले रिपोर्ट गरेको भन्दै फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।
विपक्षी विरोध प्रदर्शनहरूमा नजरबन्द, दमनको निगरानी गर्ने संस्था ओभिडी इन्फोका अनुसार रूसका साना र ठूला गरि ६५ शहरमा ४,६४४ मानिसहरूलाई बन्दी बनाएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि विद्युतीय झड्का (ईलेक्ट्रिकल शकर) प्रयोग गरेको जनाएको छ ।

ओभिडी इन्फोले टेलिग्राम मेसेन्जर सेवामाप्रदर्शनमा सहभागिहरुको तस्बिर र भिडियोहरू पनि पोस्ट गरेको छ जसमा दंगा प्रहरीले प्रदर्शनकारीहरूलाई लाठीले कुटेको देखाएको छ । प्रदर्शनकारीहरूको अनुहारमा रगत बगेको देखाएको छ ।
साइबेरियन सहर नोवोसिबिर्स्क र युराल्सको येकातेरिनबर्ग जस्ता प्रदर्शनमा सयौंलाई हिरासतमा लिएपछि यस्ता विरोधहरू भएका छन् ।

रुसी प्रहरीले शुक्रबार आइतवार अवैध प्रदर्शन गर्ने सबै प्रयासहरू तुरुन्तै दबाइने र आयोजक र सहभागीहरूलाई कानुन उल्लंघन गरेको आरोप लगाउने चेतावनी दिएको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेनालाई विशेष अपरेशन गर्न आदेश दिएपछि फेब्रुअरी २४ देखि हालसम्म प्रदर्शनका क्रममा १० हजार भन्दा बढी गिरफ्तारमा परेको जनाई एको छ ।

प्रदर्शनकारीहरुलाई हिरासतमा रकह्न थालेपछि प्रदर्शनको क्रम झनै बढ्न थालेको बताइ एको छ ।
जेलमा रहेका क्रेमलिन आलोचक अलेक्सी नाभाल्नीले शुक्रबार आफ्ना समर्थकहरूलाई आइतबार रसिया र सम्पूर्ण विश्वका सबै केन्द्रीय भागहरूमा विरोध प्रदर्शन गर्न आग्रह गरेका थिए ।

उनले रूसीहरूलाई दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् । “रुसीहरूले डरलाग्दो कायरहरूको राष्ट्र बन्नु हुँदैन” भनेका छन् ।

राष्ट्रपती भ्लादिमिर पुटिनले शुक्रबार रूसी सेनाको बारेमा नक्कली समाचार प्रकाशित गर्नेलाई १५ वर्षसम्म जेल सजायको व्यवस्था गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।
युराल्सको केमेरोभो क्षेत्रका प्रहरीले एक व्यक्तिलाई युक्रेनलाई निरस्त्रीकरण गर्न विशेष अभियान भन्दै विरुद्ध प्रदर्शन गर्न बोलाएकोमा ६० हजार रुबल (६२४ डलर ) जरिवाना गरेको रुसी राज्यद्वारा सन्चालित समाचार एजेन्सी रिया नोवोस्तीले रिपोर्ट गरेको छ । यसलाई पुटीनले हस्ताक्षर गरेको नयाँ कानूनको पहिलो प्रयोग मानिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक