बिहीबार, वैशाख २०, २०८१

सामाजिक सन्जालमा चर्चित काजलकलीको निधन

नेपाल प्लस२०७९ असार १२ गते १७:२७

नेपाल र भारतमा दुई पटक बिक्रि भएर फेरि नेपाल फर्काइएपछि गम्भिर बिरामी परेकि काजलकली नामकी हात्तीको आज आइतवार निधन भएको छ ।

काजलकली गम्भिर बिरामी परेर केही दिनदेखि चितवनको सौराहामा ढलेकी थिई । उसको पशु चिकित्शा प्राविधिक किरण रिजालले उपचार गर्दै आएको बताएका थिए ।

तस्बिर : शिरलाल परियारको फेसबूक

काजलकलीमाथि अत्याचार भएको, उसको मालिकले बेवास्ता गरेको, हात्ती सरोकारवाला, सरकार र संरक्षणवादीहौर्ले समेत बेवास्ता गरेको भन्दै मेडियामा काजलकली बारे ब्यापक चर्चा भएको थियो । संरक्षणबादीहरुले काजलकलीमाथि बेवास्ता गरेको भन्दै चर्को आवाज उठाएका थिए ।

आइतवार दिउँदो साँढे तीन बजेतिर प्राण त्यागेकि उसलाई पोष्टमार्टम गरेर ऊ ढलेको ठाउँ नजिकै गाडिएको छ ।

संवन्धित : नेपाल र भारतमा दुई पटक बेचिएकी काजलकलीको यस्तो बिजोग

तपाइँको प्रतिक्रिया

फेसबुक