आइतबार, वैशाख २३, २०८१

खबराको केरा बेनी बजारमा खोसाखोस

राजेन्द्र देवकोटा२०७९ साउन १९ गते १०:४१

म्याग्दी जिल्लाको बेनी नगरपालिका -२ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् ।

यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन ।

खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको छ । गाउँभरी नै केरा नै केरा देख्न सकिन्छ ।

खबराका करिब चारसय घरधुरीले करीब १८ हेक्टर क्षेत्रफलमा व्यवासायिक रुपमा हजारी जातको केराको खेती गर्ने गरेको छन् । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस समेत हुने कृषकहरु बताउँछन ।

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सहितको कार्यक्रम समेत राखेको छ । २० वर्ष अघि खबरका मानबहादुर थापाले मात्र केरा खेती गर्नुहुन्थ्यो । थापाले नै गाउँमा केरा खेतीको सुरुवात गर्नुभएको हो । थापाले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको किसानहरु बताउछन ।

(देवकोटा कृषि विशेषज्ञ हुन् । फोटो ठाकुर प्रसाद आचार्यले खिचेका हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक