मंगलबार, कार्तिक ६, २०८१

लौरो चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज २ गते १४:३२

उजुरिकर्ताद्वय विजय कँडेल र सुनिल रिजाल

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ।

काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेद्वार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले आइतबार निर्वाचन आयोगमा पुगेर हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोविरुद्ध उजुरी दिएका हुन ।

बालेन्द्र शाह लौरो चुनाव चिन्हबाट काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै अनन्तराज घिमिरेले आफ्नो अध्यक्षतामा हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीलाई २०७९ असार २९ मा घिमिरेलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो । आयोगको सुचीमा उक्त पार्टीको दार्ता नम्बर १८८ उल्लेख छ ।

सर्बोच्च अदालतमा दिईएको उजुरी

पछिल्लो समय सुमन सायमीलगायतले हाम्रो नेपाल पार्टीले लौरो चुनाव चिन्ह लिएर आफूहरु स्वतन्त्र भएको दाबी गर्दै जनताहरुलाइ झुक्काएको उम्मेदवारद्वयको दाबी छ ।

दलको रुपमा दर्ता भई सके पछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाल पार्टीले आफूलाई स्वतन्त्र भनेर दावी गर्नु कानुन विपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर- ५ का स्वतन्त्र उमेदवार विजय कँडेल बताउँछन्।

‘पार्टीको नाममा दर्ता भई सकेको चिन्ह कसरी स्वतन्त्र रह्यो ?’ कँडेलले भने- ‘निर्वाचन आयोगले लौरो चुनाव चिन्ह पार्टीलाई दिएपछि कसरी स्वतन्त्र भयो? लौरो चुनाव चिन्ह नै विवादित भएपछी हाम्रो नेपाल पार्टीलाई अर्को चिन्ह दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिन्ह भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो चुनाव चिन्ह खारेज गर्नुपर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया