बुधबार, कार्तिक २१, २०८१

‘एनआरएनए अभियानलाई निरन्तरता दिनु सबैको दायित्व’ रबीना थापा

रविना थापा२०७९ असोज २६ गते २२:०२

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, अतिथि समाननीय डा सूर्य पाठक ज्यू, अतिथि एनआरएनएका अध्यक्षहरु डा बद्री केसीज्यू, कुल आचार्यज्यू, एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोज्यू, एनआरएनएका पूर्व अध्यक्षज्यूहरु,
संस्थापक भीम उदास दाई, एनआरएनए तथा अन्य क्षेत्रबाट पाल्नुभएका अग्रजज्यूहरु, उपस्थित सम्पूर्ण एनआरएनए साथीहरु तथा पत्रकार साथीहरु

“नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले अक्टोवर ११ तारिखलाई गैरआवासीय नेपाली दिवसको रुपमा मनाउँदै आएको दिवश यसपटक पनि हामीले धूमधामले मनायौँ । विगत १८ वर्षमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीचको सहकार्यले मात्र यो अभियान सफल हुँदै आएको हो । विदेशमा बस्ने नेपाली समुदायका समस्याहरुलाई नेपाल सरकार समक्ष ल्याउन संघले पुलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

गैरआवासीय नेपाली संघ बिशुद्ध सामाजिक संस्था भएको यहाँहरुलाई सर्वविधितनै छ । यसर्थ हामी सबै मिलेर यो सामाजिक उत्तरदायित्व र मातृभूमिप्रति कर्तव्य पूरा गर्नु आवश्यक छ । त्यसका लागि हामी सबैले आपसी विश्वाुस, समझदारी एकता र सद्भाव सहित अघि बढ्नु जरुरी छ । एनआरएनए एक अभियान हो जसलाई निरन्तरता दिनु हामी सबैको दायित्व हो । मलाई विश्वास छ, यस दायित्व सबैले पूरा गर्नेछन् ।

उपस्थित महानुभाव, यस सभाबाट प्राप्त सुझावहरु हामीले नेपाल सरकार र समबन्धित सरोकारवाला समक्ष प्रस्तुत गर्नेछौँ । ती सुझाव सम्बोधनका लागि नेपाल सरकार सकारात्मक रहनेमा हामी विश्वस्त छौं । साथै, यस गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नुभएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,माननीय गृहमन्त्री बालकृष्ण खाँड लगायत विभिन्न रााजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरु लगायत भौतिक र भर्चुअल माध्यमबाट सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

साथै, आगामी मंसिर ४ गते संघिय तथा प्रदेशको निर्वाचनको पूर्ण सफलताको कामना गर्दछु । साथै समस्त गैरआवासीय नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न नेपाल सरकार निर्वाचन आयोग र सम्बद्ध सबैलाई अनुरोध गर्दछु ।

अत्यमा, विश्वभर रहेका समस्त गैरआवासीय नेपालीहरुबीच आपसी विश्वास, समझदारी एकता र सद्भाव कायम राख्दै हातेमालो गर्न र आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गर्दै यो कार्यक्रम यहिं सकिएको घोषणा गर्दछु ।

(कुल आचार्यको छ महिने कार्यकाल सक्किएपछि अक्टोबर २ बाट कार्यकारी एनआरएनए अध्यक्ष बनेकि रविना थापाले गैरआवासीय नेपाली संघको बुधवार, १२ अक्टोवर, २०२२ मा एनआरएनए कार्यक्रम समापनका अवशरमा दिएको मन्तब्य)

तपाइँको प्रतिक्रिया