शनिबार, साउन १२, २०८१

डेनमार्कमापनि मनाईयो म्ह: पूजा

नेपालप्लस संवाददाता / डेनमार्क२०७९ कार्तिक ११ गते ११:०७

डेनमार्कको राजधानी कोपनहेगनमा नेवा: समुदायका सदस्यहरु र नेपाली समुदायका बिभिन्न सदस्य तथा एनआरएनका प्रतिनिधीहरूका साथै अन्य पाहुनाहरूको उपस्थितिमा भब्य रुपमा म्ह: पूजा मनाइएको छ।

नेवा: गुथी डेनमार्कद्वारा आयोजित सो अवशरमा नेवा गुठि डेनमार्कले नेपाल सम्बत ११४३ (नयॉं वर्ष) को शुभकामना ब्यक्त गर्नुका साथै सामुहिक पुजा र प्रसाद ग्रहण समेत गरेको छ-ऊ ह्रिं स्वाहा .. काय विशोधने स्वाहा …वाक विशोधने स्वाहा ..चित्त विशोधने स्वाहा .. भन्ने मन्त्र पढ्दै गरिने यस सामुहिक पुजामा नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने गर्दछन ।

नेवारी भाषामा म्हः भनेको शरीर हो । यो नेवार समुदायको विशेष पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गरि यस पर्ब मनाइनछ ।

प्रत्येक वर्ष नेपाल संवत अनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले यो महत्वपूर्ण धार्मिक पर्ब रहिआएको छ।

विदेशमा बसेका नेपालीहरूलेपनि यस म्ह पूजा: लाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेकोले सम्भब भएसम्म सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ ।

शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ ।

म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकएक वटा मण्डल बनाइन्छ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।

तपाइँको प्रतिक्रिया