शुक्रबार, जेठ ४, २०८१

दक्षिण कोरियामा हलोवीन उत्सवको भीडले कुचल्दा करिब ५० व्यक्तिको हृदयघात, धेरैको मृत्यु भएको आशंका

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक १२ गते १९:१८

दक्षिण कोरियाली अधिकारीहरूले राजधानी सियोलमा शनिवार आयोजित हलोवीन उत्सवको क्रममा ठूलो भीडले कुल्चँदा करिब ५० व्यक्तिलाई हृदयघात भएको र धेरैको मृत्यु भएको आशंका गरिएको बताएका छन् ।

नेशनल फायर एजेन्सीका एक अधिकारी चोई चेओन-सिकले शनिबार राति इटावोनले ईजर दिस्ट्रिक्टमा भीडमा करिब १०० जना घाइते भएको र आइतवार सबेरै (कोरियामा आइतवार भैसकेको छ) सम्म करिब ५० जनाको हृदयघातको उपचार भइरहेको बताएका छन् ।

चोईले सियोलको प्रमुख पार्टी स्थल ह्यामिल्टन होटल नजिकैको एउटा साँघुरो गल्लीमा ठूलो भीड अगाडि बढ्न थालेपछि मानिसहरूलाई कुचेर मारिएको विश्वास गरिएको बताएका छन् ।

उनले सियोलमा व्यावहारिक रूपमा उपलब्ध सबै कर्मचारी र देशभरका ४०० भन्दा बढी आपतकालीन स्वास्थ्यकर्मीहरु घाइतेहरूको उपचार गर्न सडकमा खटिएको बताएका छन् । अधिकारीहरूले मृत्युको संख्या यकिन गर्न सकेका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक