शुक्रबार, वैशाख २१, २०८१

बेलायती प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपतीसित अकस्मात भेट, थप हतियारको बाचा

नेपालप्लस संवाददाता / बेलायत२०७९ मंसिर ३ गते २१:०९

Image Credit-ctvnews.ca

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिवार अकस्मात युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्दै थप सहयोगको बचन दिएका छन् ।

युक्रेनको हिउँले ढाकिएको युद्धकालीन राजधानी किभमा शनिबार अघोषित भ्रमण गर्दै सुनाकले १२५ एन्टि-एयरक्राफ्ट गन र अन्य वायु-रक्षा प्रविधिको वाचा गरेका हुन् ।

बेलायतले युक्रेनलाई सहयोग गर्ने भनेको वायु-रक्षा प्याकेजको मूल्य बेलायतले पाँच करोड पाउण्ड (४ करोड ७० लाख युरो) बराबर हो ।

रुसले युक्रेनको पावर ग्रिड र अन्य मुख्य पूर्वाधारलाई आक्रमण गरिदिएपछि लाखौं युक्रेनीहरू ठण्डीमा परेका छन् । जाडो झन झन बढ्दै जाँदा युक्रेनका धेरै भागमा व्यापक ब्ल्याकआउट निम्त्याएको छ।

बेलायतले उपलब्ध गराउने प्याकेजमा रूसले युक्रेनी लक्ष्यहरू विरुद्ध प्रयोग गरेको इरानद्वारा उपलब्ध विस्फोटक ड्रोनहरूको प्रतिरोध गर्न रडार र अन्य प्रविधिहरू समावेश छन् । यो १,००० भन्दा बढी एन्टी-एयर मिसाइलहरूको डेलिभरीको भाग हो जुन बेलायतले यस महिनाको सुरुमा घोषणा गरेको थियो ।

बेलायत रुसबाट युक्रेनमाथि भएको आक्रमणमा युक्रेनलाई प्रतिरोधको लागि सहयोग पुर्‍याउने कट्टर पश्चिमी समर्थकहरू मध्ये एक भएको छ । युक्रेनलाई बेलायतले दुई अर्ब ३० करोड पाउण्ड सैन्य सहायता दिएको छ ।

शनिवार सुनाकसित भेटघाटपछि युक्रेनी राष्ट्रपती जेलेन्स्कीले दुई देशलाई “सबैभन्दा बलियो सहयोगी” भनेर वर्णन गरेका छन् ।

“हाम्रो छेउमा तपाईं जस्ता साथीहरू भएकाले हामी हाम्रो जीतमा विश्वस्त छौं। हाम्रा दुबै राष्ट्रहरूलाई स्वतन्त्रताको लागि खडा हुनुको अर्थ के हो भन्ने थाहा छ” उनले ट्विटरमा भने।

“युक्रेनी जनताको साहस संसारको लागि प्रेरणा हो,” सुनकले राष्ट्रपति भवनमा जेलेन्स्कीसँगको भेटमा भने “आगामी वर्षहरूमा हामी हाम्रा नातिनातिनाहरूलाई तपाईंको कथा सुनाउने छौं ।”

सुनाकले बाचा गरे “युक्रेनलाई चाहिने बेलासम्म र शान्ति र सुरक्षाको नजितासम्म बेलायत तपाईंसँग उभिनेछ र त्यसपछि तपाईंको महान देशको पुनर्निर्माण गर्दा हामी तपाईंसँग उभिने छौं ।”

बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले जुलाईमा बिभिन्न घोटालाको कारण नैतिकता देखाउँदै राजीनामा दिएका थिए । जोनसनले गरेको समर्थनको लागि युक्रेनमा व्यापक प्रशंसा भएको थियो ।

सुनक युक्रेनका नेताहरूलाई त्यहि सहयोग निरन्तर रहने भनेर आश्वस्त पार्न उत्सुक छन् । उनको नेतृत्वमा जोनसनको त्यो बेलाको अडानमा कुनै परिवर्तन हुनेछैन भनेर देखाउन चाहन्छन् । यद्यपि उनी जोनसनको नेतृत्वमा अर्थमन्त्री (युके ट्रेजरी प्रमुख) भएका बेला भने उच्च रक्षा खर्चको मागप्रति बिरोधी मानिन्थ्यो।

तपाइँको प्रतिक्रिया

फेसबुक