बिहीबार, वैशाख २०, २०८१

फ्रान्समा मनाईयो धुमधामले होली

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ फागुन २२ गते ६:०३

फ्रान्सको राजधानी पेरिसमा रंगहरुको पर्व फागू पूर्णीमा उल्लासपूर्वक मनाइएको छ ।

नेपाली सांस्कृतिक गृहद्वारा आइतवार आयोजित फागु मनाउने यो कार्यक्रममा नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु सहभागि थिए ।

फ्रान्समा यो संस्थाले बिधिवत रुपमा सन् २००३ देखि फागु पुर्णीमा मनाउने कार्यक्रमको शुरुवात गरेको हो ।

गर्मी मौसम नआइसकेकोले फ्रान्समा सभाहल भित्र यो उत्सब मनाउने चलन छ ।

कार्यक्रमको शुरुवात गर्दै सँस्थाका उपाध्यक्ष हेमन्त उपाध्यलेफागु पूर्णीमा बारेको धार्मिक किम्बन्ती बारे बताएका थिए ।

नेपाल प्लस अनलाइनसँग कुरा गर्दै नेपाली सांस्कृतिक गृहका उपाध्यक्ष हेमन्त उपाध्ययले भने “नेपाली धर्म, संस्कृति र पर्वहरुलाई पुस्तौ सम्म जोगाईराख्न, नेपाल र फ्रान्सविच नागरिक स्तरमा सम्बन्ध कायम गर्न र नेपालका दोस्रो तथा तेस्रो पुस्ताका लागि नेपाली पर्वहरु प्रति आकर्षित गर्न यो पर्व मनाउन थालिएको हो ।”

कार्यक्रममा पेरिस स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख सीता बस्नेतले नेपालमा फागु पुर्णिमा धुमधामसँग मनाइने बताईन्।

फागु पूर्णीमा पछि सांगेतिक कार्यक्रम थियो जहाँ यस पर्वका बिभिन्न गितहरुमा सहभागिहरु नाचेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक