आइतबार, वैशाख १६, २०८१

फ्रान्समा तीन दिनदेखि दंगा : सयौं भवनमा आगजनी, लुटपाट र दर्जनौं प्रहरी घाईते

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असार १५ गते २१:००

पेरिसको काँठ क्षेत्र नँतेयरमा मंगलवार प्रहरीद्वारा ज्यान लिईएका एक १७ वर्षिय किशोरको हत्या बिरुद्द भएको प्रदर्शनीले उग्ररुप लिँदा सयौं भवन, गाडी र सार्वजनिक सम्पत्ती नष्ट भएको छ ।

प्रहरीद्वारा मंगलवार नँतेयरमा हत्या गरिएका किशोर नाहेल एमको हत्याबिरुद्द फ्रान्सभरि हिंसात्मक दंग भड्किएपछि त्यसलाई नियन्त्रण गर्न फ्रान्सेली प्रहरीले सशस्त्र सवारी साधनहरू प्रयोग गर्ने प्रधानमन्त्री एलिजाबेथ बर्नले शुक्रबार पेरिस उपनगर नँतेयरमा बताएकि छन् ।

नाहेल एम भनेर चिनिने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नँतेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए।

प्रहरीले सुरुमा नाहेलले प्रहरीलाई कार चलाएर गोली हानेको आरोप लगाएको थियो । तर यो एक भिडियो द्वारा असत्य साबित भयो जुन सोशल मिडियामा द्रुत रूपमा भाइरल भयो ।

प्रहरी देखेपछि गाडी रोक्न आदेश पाए अनुसार नाहेलले कार सुस्त बनाएको र प्रहरी नजिक पुगेपछि एक्कासि गति बढाएको बेला प्रहरीले गोली हानेको बताइएको छ । फुटेजमा दुई प्रहरीहरू स्थिर कारको छेउमा उभिएको देखाइएको छ र त्यसमध्ये एकले चालकलाई हतियार देखाएको छ ।

त्यसपछि ‘तिमीलाई टाउकोमा गोली लागेको छ’ भन्ने आवाज सुनिन्छ । बिस्तारै बिस्तारै रोकिनु अघि कार अचानक चलाउँदा प्रहरी अफिसरले नाहेलमाथि फायर गरेको देखिन्छ।

यस घटनाले फ्रान्सका राजधानी र शहरहरूमा तीन रातसम्म हिंसात्मक अशान्ति फैलाएको छ जसमा प्रदर्शनकारीहरू र प्रहरीबिच झडप भएका छन्। प्रहरी तर्फ २४० भन्दा बढी घाईते भएका छन् ।

जम्मा ८७५ जनालाई रातारात पक्राउ गरिएको आन्तरिक मन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान बताएका छन् । हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिन ४० हजार राष्ट्रिय प्रहरी, केहि पारामिलिटरी, केहि नगर प्रहरी र केहि आतंककारी नियन्त्रणमा दख्खल राख्ने प्रहरीसमेत परिचालित गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों शुक्रवार विहानसम्म ब्रसेल्समा भैरहेको युरोपेली युनियनको बैठकमा थिए । बिहिवार अत्यन्तै हिसात्मक तरिकाले दंग भड्किएपछि उनी बिहानै बैठक छोडेर देश फर्किएका थिए । उनले मन्त्री परिषदको आपतकालिन बैठक राखेका थिए । ब्रसेल्सबाट उनी सिधै उक्त बैठकमा सरिक भएका थिए ।

शुक्रबार अभिभावकहरूलाई बाल दंगा गर्ने आफ्ना बालबालिकाहरूलाई सडकबाट टाढा राख्न आह्वान गर्दै राष्ट्रपतीले भनेका छन् “केही युवाहरूले हिंसात्मक भिडियो गेमहरू नक्कल गरिरहेको देखिन्छ जसले उनीहरूलाई “नशा” लगाएको छ । ”

मन्त्रीहरूको आकस्मिक बैठकलाई सम्बोधन गर्दै उनले “किशोरको मृत्युलाई अस्वीकार्य” भने । त्यसको न्यायोचित निराकरण गरिने र हिंसात्मक प्रदर्शनलाई सामना गर्न आन्तरिक मन्त्रालयले अतिरिक्त उपायहरु परिचालन गरिने बताए।

दंगा विरुद्ध सशस्त्र सवारी साधन प्रयोग गर्ने

फ्रान्सेली प्रहरीले दंगा दमन गर्न सशस्त्र सवारी साधनहरू प्रयोग गर्ने प्रधानमन्त्री एलिजाबेथ बर्नले शुक्रबार बताएकि छन् । तीन रातको हिंसा पछि नाहेलको गाउँमा रहेको ट्राफिक प्रहरी कार्यालय पुगेका बेला बर्नले यस्तो बताएकि हुन् ।

अतिरिक्त प्रहरी मोबाइल बलहरू” फ्रान्सको जँदामरी (सशस्त्र) हातहतियारले सुसज्जित सवारी साधनहरुसँग तैनाथ गरिने बर्नले बताएकि छन् । ठूला स्तरका भिडभाडयुक्त कार्यक्रमहरु गर्नपनि रोक्का गरिएको छ । बाध्यकारी कर्मचारीहरु बाहेक अन्यलाई सम्भावित सार्वजनिक व्यवस्थामा जोखिमको घोषणा गर्दै केहि समयकालागि अन्यत्र सारिने वा जगेडामा राखिने छन् ।

गरिब उपनगरहरूमा कम अवसर

गरिबी, रोजगारी, अन्य सुविधा र अवसरहरूको अभाव गरिबहरु बस्ने क्षेत्रका समस्याहरू हुन् जसले दशकौंदेखि पेरिस र अन्य फ्रान्सेली सहरहरू वरपरका धेरै गरीब उपनगरहरूलाई पीडित बनाएको छ । धेरै फ्रान्सेली राष्ट्रपतिहरूले परिस्थिति सुधार गर्ने प्रयासहरूको गरेकापनि हुन् । तर ति सफल हुन सकेका छैनन् । नाहेलको गाउँ नतेयरमापनि धेरै आप्रवाशीहरुको बसोबास छ जहाँका नागरिक अवशरहरुबाट बञ्चित भएको गुनासो गर्छन् । त्यसले गर्दा राज्य र सरकारप्रति उनीहरुमा प्रतिशोध, बिद्रोह र आक्रमकताको भावना पैदा हुने गरेको छ ।

सार्वजनिक यातायात, आतिशबाजी बिक्रीमा प्रतिबन्ध

फ्रान्सको ग्रिह मन्त्रालयले बस र ट्राम सेवाहरू शुक्रबार राति ९ बजे पछि राष्ट्रव्यापी रूपमा रोकिने बताएको छ । हिंसात्मक प्रदर्शनलाई कम गर्ने उद्देश्यले ठूला आतिशबाजीको बिक्रीमा समेत प्रतिबन्ध लगाइएको छ ।

देशभर सुरक्षाको जिम्मेवारीमा रहेका क्षेत्रीय अधिकारी (प्रीफेक्ट) हरूलाई पनि पेट्रोल क्यान, एसिड र अन्य प्रज्ज्वलनशील तरल पदार्थको बिक्री र ढुवानीमा प्रतिबन्ध लगाउन भनिएको छ ।

सामाजिक मिडिया प्लेटफर्म बन्द गरिने

मन्त्री परिषदको आकस्मिक बैठकमै बसिरहेका बेला राष्ट्रपती एमानुयल माख्रोंले सामाजिक सन्जालहरुले दंगा भड्काउन सहयोग गरेको भन्दै आफ्ना बालबालिकालाई सामाजिक सन्जालबाट टाढा राख्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।

“विगत केही दिनका घटनाहरूमा सामाजिक सञ्जाल प्लेटफर्महरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्,” उनले सरकारी आकस्मिक बैठकबाट टेलिभिजन टिप्पणीमा भने।

टिकटक र स्न्यापच्याट लाई उद्धृत गर्दै उनले भने “सोशल मिडियाले दंगा गर्नेहरूलाई आफूलाई व्यवस्थित गर्न मद्दत गर्दछ । तर केही युवाहरूले नक्कल गर्दा दंगालाई व्यवहारमा पनि योगदान पुर्‍यायो । उनीहरूले अनलाइन देखेका कुरा दोहोर्याउँछन् र वास्तविकताको ट्र्याक गुमाउँछन्।”

राष्ट्रपतीले हत्या, हिंसा र दंगालाई प्रेरित गर्ने सामाजिक सन्जालहरु बन्द गरिनेसमेत बताएका छन् ।

बेलायतले फ्रान्स यात्रा गर्ने नागरिकहरूलाई बेलायतद्वारा चेतावनी

बेलायतले शुक्रबार आफ्नो आधिकारिक यात्रा सल्लाह अपडेट गर्दै फ्रान्स भ्रमण गर्ने योजना बनाएका नागरिकहरूलाई एक किशोरको पुलिस अफिसरको हत्याबाट फैलिएको अशान्तिको बारेमा सचेत गराएको छ ।

“जुन २७ देखि फ्रान्सभर दङ्गाहरू भइरहेका छन्। दंगाको स्थान र समय अप्रत्याशित छ। तपाईंले मिडियाको निगरानी गर्नुपर्छ, दंगा भइरहेको क्षेत्रहरूबाट टाढा रहनुहोस्,” विदेश मन्त्रालयले जारी गरेको पछिल्लो सल्लाहमा भनिएको छ।

८७५ जना पक्राउ

फ्रान्समा रातभरि हिंसात्मक दंगाका क्रममा ८७५ जनालाई पक्राउ गरिएको ग्रिह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति एमानुएल म्माख्रोंले शुक्रबारको मन्त्रिपरिषद आकस्मिक बैठकको शुरुवातमा दिएको तथ्याङ्क अनुसार जम्मा ४९२ भवनमा क्षति पुगेको, २ हजार सवारी साधन जलेको र ३ हजार ८ सय ८० आगो लागेको छ ।

मार्सेई शहरमा विरोध प्रदर्शनमा प्रतिबन्ध

फ्रान्समा पछिल्लो हिंसापछि फ्रान्सको दोस्रो ठूलो सहर मार्सेईले शुक्रबार विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । मार्सेईमा सबै सार्वजनिक यातायात पनि शुक्रवार स्थानीय समय साँझ ७ बजे देखि बन्द हुने थानीय अधिकारीहरूले बताएका छन् ।

१२ बस ध्वस्त भएपछि पेरिस यातायात अवरुद्ध

राजधानी पेरिसमा पनि प्रदर्शनकारीहरुको दंगाका कारण रातभरी पेरिसमा सार्वजनिक यातायात अवरुद्ध भएको छ । यातायात प्राधिकरण आरएटीपीले धेरै महत्त्वपूर्ण क्षति भएको बताएको छ ।

तर पेरिसको केन्द्रको उत्तरमा रहेको ओबरभिलियको डिपोमा सिसाका ककटेलहरू हानेपछि बसहरूमा आगजनी भएको तर कसैलाई पनि चोटपटक नलागेको आरएटीपीले जनाएको छ ।

शुक्रबार बिहान सहरमा जम्मा ३५० मध्ये २३ वटा बस लाइनले काम नगरेको, दुईवटा ट्राम लाइन पूर्ण रूपमा बन्द र अरूले आंशिक सेवा प्रस्ताव गरेपनि ठूलो ढिलाइ भएको आरएटीपीले उल्लेख गरेको छ ।

तेस्रो रात व्यवसाय, पसलमा लुटपाट

प्रहरीको गोली लागेर किशोरको मृत्यु भएको भन्दै हिंसात्मक अराजकता फैलिएको तेस्रो रात व्यवसाय र पसलहरुमा लुटपाट समेत मच्चिएको छ ।

दंगा प्रभावित फ्रान्समा फर्कन राष्ट्रपतीद्वारा ईयू शिखर सम्मेलन त्याग

राष्ट्रपति एमानुएल म्माख्रों शुक्रबार ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनबाट फ्रान्स फर्किए। एक किशोरलाई प्रहरीले गोली हानेपछि तीन रात देखि अशान्ति मच्चिएको घटनापछि उनले शिखर सम्मेलन त्यागेर फर्किएका हुन् । उनले दंगा नियन्त्रणका लागि मन्त्री परिषदको आकस्मिक र आपतकालिन बैठक डाकेका थिए ।

राष्ट्रपतीले पेरिस फर्कन शिखर सम्मेलनको दोस्रो र अन्तिम दिनको लागि तय गरिएको मिडिया सम्मेलन रद्द गरेका थिए । ब्रसेल्सबाट सम्मेलन त्यागेर फ्रान्स फर्किँदा उनले पत्रकारहरूसँग कुनै टिप्पणी गरेनन् ।

फ्रान्सले कानून प्रवर्तनमा ‘गहिरो नस्लवाद’ लाई सम्बोधन गर्नुपर्छ : संयुक्त राष्ट्र

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले शुक्रबार फ्रान्समा अशान्ति फैलाउने प्रहरीद्वारा एक किशोरको हत्या गरेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ।

ओएचसीएचआरकी प्रवक्ता विना शामदासानीले भनिन्, “यो देशका लागि कानून प्रवर्तनमा जातीय भेदभाव र जातीय भेदभावको गहिरो मुद्दाहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने क्षण हो ।”

“हामी शान्तिपूर्ण भेलाको महत्त्वलाई पनि जोड दिन्छौं। हामी प्रदर्शनमा हिंसात्मक तत्वहरूलाई सम्बोधन गर्न प्रहरीद्वारा बल प्रयोग सुनिश्चित गर्नका लागि कानुनी प्रावधानको आवश्यकता, समानुपातिकता, गैर-भेदभाव, सावधानी र जवाफदेहीताका सिद्धान्तहरूलाई सधैं सम्मान गर्न अधिकारीहरूलाई आग्रह गर्दछौं” शामदासानीले भनेकि छन् ।

तपाइँको प्रतिक्रिया