मंगलबार, वैशाख १८, २०८१

एनआरएनए जर्मनी फूटबल कपको तयारी पुरा

दीपक धिताल /ह्यामवर्ग, जर्मनी२०८० साउन ६ गते ०:११

फाईल फोटो

जर्मनीको ह्यामवर्ग शहरमा शनिबार एनआरएनए जर्मनी फूटबल कपको आयोजना हुँदैछ । गैर आवासिय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १२ ओटा नेपाली टोलीबीच प्रतिष्पर्धा हुनेछ । लिग चरणका आधारमा खेलाइने प्रतियोगिताका लागि ८ जना जर्मन रेफ्रिहरु रहनेछन । १२ ओटा टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । जस अन्तर्गत समुह ए मा एनएफसी हानोफर, नेपाल डार्मस्टाड एसी र नेप्लिज स्टार एनआरडब्लू समुह बी मा आइनट्राक्ट नेपाली, एनएफसी स्टुटगार्ट र एनएफसी ह्यामवर्ग रातो रहेका छन् ।

त्यसैगरी समुह सी मा खुकुरी ब्रेमेन एफसी, एफसी बर्लीन नेपाल र एनएफसी बोन छन भने समुह डीमा एनएफसी ह्यामवर्ग नीलो, आखेन चुली एफसी र एनएफटी म्युनिख रहेका छन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गर्नुहुने एलसीसी ह्यामवर्गकी अध्यक्ष कल्पना वाग्लेले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि जर्मनी लगायत युरोपका अन्य देशबाट पनि नेपालीहरु ह्यामबर्ग शहर पुगेका छन् ।

करिब १ हजार जनालाई निमन्त्रणा गरिएको र करिब सबै आउने हुनाले उपस्थिती संख्या बाक्लो रहने एनआरएनए अभियन्ता अर्जुन ओलीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १५ सय यूरो र ट्रफि, दोश्रो हुनेले एक हजार युरो र ट्रफि पाउने छन भने तेस्रो हुने टोलीले ५ सय युरो र ट्रफि पाउने छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक