बुधबार, जेठ ९, २०८१

स्विजरल्याण्डमा थानेश्वर गौतमको सांगीतिक साँझ

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०८० साउन २३ गते १०:१२

नेपाली गजल गाउँदै युरोपका विभिन्न देशमा छरिएका नेपालीहरु बीच पुगिरहेका गायक थानेश्वर गौतमको एकल गजल साँझ जेनेभामा सम्पन्न भएको छ ।

नेपाली दूतावासका कार्यवाहक राजदूत उत्तम शाही र गैर आवासीय नेपाली संघ स्वीजरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटीले कलाकार गौतमलाई स्विसवासी नेपालीको तर्फबाट स्वागत गर्नुभएको थियो ।

गजलका साथसाथै गौतमले लोक भाकाका गीतहरु पनि दर्शकको अनुरोधमा गाउनु भएको थियो। स्कटल्याण्ड र लन्डनमा कार्यक्रम सकेर जेनेभा आउनु भएका गौतमको अबको सांगीतिक साँझ माल्टा,पोर्चुगल, स्पेन र बेल्जियममा हुँदैछ।

कार्यक्रमको ब्यबस्थापन स्थानीय कलाकार राजेन्द्र भण्डारी र विक्रम केसीले गर्नुभएको थियो। स्थानीय कलाकार नीता कपूर, गौरी गूभाजू, दीपेन्द्र रावत लगायतको नृत्यले कार्यक्रम रमाइलो भएको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक