शुक्रबार, वैशाख २१, २०८१

नाहेल दंगाका बेला एक व्यक्तिको मृत्युको आरोपमा तीन फ्रान्सेली प्रहरी हिरासतमा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० साउन २४ गते १९:२३

देशव्यापी दंगाको क्रममा जुलाईको शुरुमा दक्षिणी सहर मार्सेईमा २७ वर्षीय पुरुषको मृत्यु भएको आरोपमा तीन फ्रान्सेली प्रहरी अधिकारीहरूलाई मंगलबार पक्राउ गरि हिरासतमा राखिएको अभियोजकहरूले बताएका छन् ।

जुन २७ मा पेरिसको काँठमा ट्राफिक जाँच गर्दा एक प्रहरीद्वारा एक जना किशोरको हत्यालाई लिएर भएको हिंसात्मक दंगाले फ्रान्सलाई जुनको अन्त्य र जुलाईको सुरुमा आक्रान्त पारेको थियो ।

सडकमा उत्रिएका आक्रामक प्रतिरोधकर्ताहरुले सयौं गाडी र सरकारी भवनमा आगजनी, सवारी साधनमा तोडफोड गरेका थिए । दंगा दबाउन ब्यापकरुपमा सुरक्षाकर्मी परिचालित गरिएको थियो । केहि ठाउँमा कर्युसमेत लगाइ एको थियो ।

दंगा, तोडफोड र हिंसात्मक भड्काउका क्रममा सयौं व्यक्ति पक्राउ परेका थिए भने सयौं प्रहरी अधिकारी घाइते भएका थिए ।

तर यसअघि घटनाक्रममा सुरक्षा बलका सदस्य वा प्रदर्शनकारीले ज्यान गुमाएको पुष्टि भएको थिएन।

रेड युनिट (ठाउँको ठाउँ बिना सूचना छापा मार्न सक्ने सुरक्षाकर्मी) का पाँच प्रहरी अधिकारीहरूलाई मंगलबार बिहान मार्सेईमा मोहम्मद बेन्ड्रिसको मृत्युको अनुसन्धानमा सोधपुछको लागि हिरासतमा लिइएको अभियोजकहरूले बताएका हुन् ।

पाँचमध्ये दुई जनालाई साँझ रिहा गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

“अन्य तीन प्रहरी अधिकारीहरू हिरासतमा छन्” मार्सेईका सरकारी वकिल डोमिनिक लरेन्सले पुष्टि गरेका छन् । धेरै नागरिक र प्रहरीले पनि साक्षीको रूपमा प्रमाण दिइरहेको भनाई अभियोजकहरूको छ।

यो घटना जुलाई १-२ को रातमा मार्सेईको केन्द्रमा हिंसात्मक विरोध प्रदर्शनको क्रममा भएको थियो ।

जुन २७ मा ट्राफिक जाँचको क्रममा एक पुलिसकर्मीले गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्यु भएको थियो । यहि घटनाबाट देशभर हिसात्मक प्रदर्शनहरु भएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक