मंगलबार, वैशाख १८, २०८१

फिफा विश्वकप चुम्बन काण्ड : स्पेनिस महिला फुटबल प्रशिक्षकहरुद्वारा राजीनामा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १० गते २१:४०

Photo-FRANCK FIFE / AFP, Screen shot via www.vanguardngr.com

टोलीको विश्वकप जितपछि लुइस रुबियलले स्पेनिस फुटबल खेलाडी जेनिफर हर्मोसोलाई चुम्बन गरेको घटनालाई लिएर स्पेनको राष्ट्रिय महिला फुटबल प्रशिक्षकका कर्मचारीले राजीनामा दिएका छन्।

विश्वकपको फाइनलमा आफ्नो टोलीको जितपछि रोयल स्पेनिस फुटबल फेडेरेसन (आर एफ ई एफ) अध्यक्ष लुइस रुबियालेसले खेलाडी जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेपछि रुबियालेसको चर्को बिरोध शुरु भएको थियो ।

त्यो घटनापछि प्रशिक्षकको राजिनामा मागिएको थियो । तर लुईस रुबियालेसले राजिनामा नदिने अडान लिएका थिए । त्यसपछि आर एफ ई एफ प्रमुख बाहेक स्पेनको राष्ट्रिय महिला फुटबल प्रशिक्षस्खका सबै कर्मचारीले राजीनामा दिएका हुन्।

आइतबार फिफा महिला विश्वकप विजेता स्पेनिस खेलाडीलाई लुइस रुबियालेसले पुरस्कार वितरण समारोहमा बधाई दिँदै चुम्बन गरेका थिए । उक्त चुम्बनको विषयलाई लिएर जेनी हर्मोसोले असन्तुस्टि पोखेकि थिईन् भने लुईसको ब्यापक बिरोध भएको थियो ।

स्पेनिस महिला टोली प्रशिक्षणका ११ सदस्यले शनिबार “जेनी हर्मोसोप्रति लुइस रुबियालेसको व्यवहारको दृढ र स्पष्ट निन्दा” व्यक्त गर्दै राजीनामा दिएका छन् ।

प्रशिक्षक जर्ज विल्डा भने यथास्थानमा छन् । उनले शनिबार साँझ रुबियालेसबाट आफूलाई टाढा राख्दै एक बिज्ञप्ती जारि गरेर भने “मलाई अफसोस छ कि महिला फुटबलको जीतलाई हाम्रो सबैभन्दा वरिष्ठ व्यवस्थापक, लुइस रुबियालेसले देखाइएको अनुपयुक्त व्यवहारले कलंकित भएको छ ।”

एघार कर्मचारी सदस्यहरूले रुबिआलेस को मनोवृत्ति अस्वीकार्य भएको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाले शनिबार रुबियाल्सलाई ९० दिनका लागि सोधपुछ गर्न थाँति (पेण्डिङ) गरेको छ । त्यो समयका लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट निलम्बन गरेको छ । यो निर्णयले स्पेन सरकारको समर्थन प्राप्त गरेको छ।

“हामी फिफाको निर्णयलाई पूर्ण रूपमा सम्मान गर्छौं,” स्पेनका खेलकुद मन्त्री भिक्टर फ्रान्कोसले पत्रकारहरूलाई भने “यस मामिलामा हामीले सुरु गरेको बाटोको सम्बन्धमा हाम्रो सरकारको अडानलाई सुदृढ बनाउँछ। यो अन्तर्राष्ट्रिय फुटबलको उच्चतम क्षेत्रसँग सहमत छ। यसले स्पेन सरकारले रोजेको बाटो सही हो भन्ने बताउँछ।”

रुबियल्सले फिफा र स्पेनिस फुटबल महासंघद्वारा सोधपुछको सामना गर्नु परेपनि उनलाई कानुनी फैसलाले मात्रै पदबाट निकाल्न सकिन्छ।

शुक्रबार, सबै २३ विश्व च्याम्पियनहरू सहित ८१ स्पेनी खेलाडीहरूले रुबियल्सलाई नहटाएसम्म खेल्न अस्वीकार गर्दै हडतालमा जाने वाचा गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक