शुक्रबार, वैशाख २१, २०८१

नेपाली नारीसमाज र महिला समाज पोर्चुगलको अधिवेशनबाट २५ जनाको कार्यसमिति निर्बिरोध चयन

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ ११ गते ११:४५

नेपाली नारीसमाज र महिला समाज पोर्चुगलको आइतवार सम्पन्न संयुक्त अधिवेशनबाट अध्यक्षमा शान्ति अर्याल अधिकारीसहित २५ जनाको कार्य समिति निर्बिरोध चयन गरिएको छ ।

नेपाली नारी समाज पोर्चुगल र नेपाली महिला समाज पोर्चुगलबिच आइतवार संयुक्त रुपमा एकता अधिवेशन भएको हो । सोहि एकताको अधिवेशनले अध्यक्ष सहितको कार्य समिति चयन गरेको थियो ।

दुई संस्थाको एकता अधिवेशनले शान्ति अर्याल अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा दिपा लिम्बु, गिता रेउले, रेनु परियार र बिन्दु गौतम छन् । क्षेत्रीय उपाध्यक्ष, इन्दीरा पाण्डे, महासचिव मोनिका भूषाल, सचिवमा शोभा गिरी, दिप्ती काफ्ले र सचिव- सारा बर्तौला चुनिएका छन् ।

त्यस्तै, कोषाध्यक्ष देवी घिमिरे र सह कोषाध्यक्ष प्रिया श्रेष्ठ छन् । सदस्यहरूमा शारदा पौडेल, मन्जिता भूसाल, मिरा कार्की, सविना शाही, सरस्वती खड्का, कल्पना कार्की, सुजाता खत्री, बिना आचार्य, अमृता बोहोरा, उमा अर्याल, रीता श्रेष्ठ, चेतना उपाध्याय र राधा रानाभाट छन् ।

त्यसैगरि शिवानी श्रेष्ठ, माया खरेल, सरिता शर्मा र स्नेहा परियारलाई सल्लाहकारमा चुनिएको छ ।

प्रमुख संरक्षकमा पोर्चुगलको राजधानी लिस्बनका अवैतानिक महावाणिज्यदूत मकरवहादुर हमाललाई चुनिएको छ भने संरक्षकमा सिता बराल र निर्मला ढकाल छन् ।

सन् २०१४ मा सीता बरालको अध्यक्षतामा नेपाली नारी समाज पोर्तुगल र सन् २०१९ मा निर्मला ढकालको अध्यक्षतामा नेपाली महिला समाज पोर्तुगल गठन भएको थियो । दुबै संगठनको उद्देश्य समान भएपनि छुट्टाछुट्टै रुपमा आफ्नो कार्यक्रम र गतिविधिहरु संचालन गर्दै आइरहेका थिए । आइतवार दुबै संस्था एकताको अधिवेशन गर्न सहमत भएका थिए ।

अध्यक्षमा निर्वाचित शान्ति अर्याल अधिकारी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटीको प्रचार बिभाग सदस्यपनि हुन् । प्रवासी नेपाली मञ्च नेकपा एमालेको भगिनी संस्था हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, संघका आइसीसी सदस्य राजकुमार थापा, एनआरएनए युरोप उपसंयोजक तिलक गैरे, युवा उपसंयोजक रोवट लिम्बु, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली महिला समाज पोर्चुगलकी संस्थापक अध्यक्ष निर्मला ढकाल, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष राजाराम लामिछानेले मन्तब्य राखेका थिए ।

त्यसैगरि जनसम्पर्क समिति पोर्तुगलका उपसभापति रामप्रसाद सापकोटा तथा नेता युवराज पन्थी, नेपाली जनप्रगतीशील मंचकी संयोजक सिता ढकाल, जनप्रगतीशील मोर्चाका महासचिव प्रदीप अधिकारी, गुल्मी समाज पोर्चुगलका अध्यक्ष अमृत रिजाल, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल, नेपाल पत्रकार महासंघ युरोपका सचिव कलश खरेल लगायत झन्डै दुई दर्जन अतिथिले शुभकामना दिएका थिए ।

करिब दुई वर्षको अबधिमा नेपाली महिला समाज पोर्चुगलको नेतृत्व तहमा रहेर काम गर्दैगर्दा आफूलाई सहयोग, साथ र हौसला प्रदान गरेकोमा आफ्नो परिवार, पोर्तुगल स्थित विभिन्न संघसंस्था, गैरआवासीय नेपाली संघ, विभिन्न सामाजिक क्षेत्रमा आबद्ध ब्यक्तित्व, पत्रकार, कार्यसमितिमा रहेर अहोरात्र खट्नुहुने कार्यसमितिका ब्यक्तित्व लगायत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा निवर्तमान अध्यक्ष माया खरेलले आभार प्रकट गरेकि छन् ।

(फोटो स्रोत : माया खरेलको फेसबुक)

तपाइँको प्रतिक्रिया

फेसबुक