शनिबार, वैशाख १५, २०८१

डेनमार्कमा आयोजित च्याम्पियन कप फेवाको पोल्टामा, धौलागिरि भेट्रान्स प्रिमियर लिगमा प्रथम

शशी ढकाल, तस्विर : अभिषेक परियार / कोपनहेगन, डेनमार्क२०८० भदौ २१ गते ०:५४

डेनमार्कमा चलिरहेको बिभिन्न चरणको लिगखेल पश्चात भएको भेट्रान्स च्याम्पियन कपको उपाधि जितेर फेवा एघार डेनमार्कमा यस वर्षको सिजन च्याम्पियन भएको छ। डेनमार्कको राजधानी कोपनहेगनमा आइतबार भएको खेलमा फेवाका भेट्रान्स खेलाडी बिजुसेन ठकुरीले ह्याट्रिक गरे ।

६ गोलको विरुद्ध ४ गोल भएको यस च्याम्पियन कपमा रारा भेट्रान्स सिजन भरिनै फर्ममा रहेपनि उपाधि हासिल गर्न पछि पर्यो । यसै वर्ष फेवाको लागि डेब्यु गरेका फरवार्ड खेलाडी बिजुसेन ठकुरीको तीन गोल सहित दुइ गोल अमृत परियारले गरेका थिए भने एक गोलमा अभिषेक परियारको योगदान रह्यो ।

त्यस्तै राराको क्याप्टेन राम श्रेष्ठले दुई गोल गरेका थिए भने चर्चित स्टाइकर सागर कोइरालाले एक पेनाल्टी गोल सहित दुई गोल गरेका थिए । मिड फरवार्ड खेलेका फेवाका क्याप्टेन ओमप्रकाश बजिमयले आपनो टिमलाइ उत्क्रिस्ट सन्तुलनमा राखेका थिए ।

अन्त्यन्तै प्रतिस्पर्धापूर्ण रहेको ११ ए साइड खेलिएको उक्त प्रतियोगितामा खेलाडीहरुले धेरै रफ खेलेपछि एम्पायर बिकाश तिमल्सिनाले पटक पटक चेतावनी दिनुपरेको थियो । त्यसै सिलसिलामा एकै खेलमा दुइ एलो कार्ड पाएर फेवा तर्फका स्टाइकर अमृत परियारले मैदान छोड्नु परेको थियो । मैदान छोडेपछि आक्रोशित हुँदै आफू यस सिजन भरिनै फर्ममा रहेको र आफूलाई फाइनल खेलमा ह्याट्रिक गर्नबाट बन्चित गराइएको प्रतिक्रिया उनले दिए ।

त्यस्तै कोपनहेगनमा गतहप्ता सम्पन्न भएको दोश्रो भेट्रान्स प्रिमियर लिगको उपाधि धौलागिरि टिमले जितेको छ । पुरै लिगमा धौलागिरिले १२ अंक आफ्नो खातामा हालेको थियो भने उसलाई पछ्याउँदै बागमती आफ्नो खातामा १० अंक जोड्न सफल भयो ।

डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच दुई महिना लामो ‘भेट्रान्स प्रिमियर लिग’ फुटबल प्रतियोगिताको भएको थियो । पुरा प्रतियोगिता भर धौलागिरि फर्म रहेपनि यसका क्याप्टेन मात्र एक गोलको फरकमा टप स्कोरर हुन्बाट चुके । धौलागिरीका क्याप्टेन राम श्रेष्ठको खातामा पुरा लिग अवधिभर ८ गोल रह्यो भने मात्र एक गोल बढी गरेर बागमतीका अभिषेक परियारले यस लिगको टप स्कोररको उपाधि हात पारि गोल्डेन बल बुट सहितको मेडल जिते ।

गत आइतवार डेनमार्कका लागि नेपालका महामहिम राजदूत प्रा। डा। राम स्वार्थ रायले दुवै प्रतियोगिताका बिजयी खेलाडीहरुलाई कप, मेडल तथा पुरस्कार बितरण गर्दै आपसी भाइचाराको लागि नेपाली नेपालीबिच यस्ता जमघट र खेलकुद भैरहनुपर्ने बिचार ब्यक्त गरेका थिए । पुरस्कार बितरण समारोह पछि आयोजक नेप्लिज भेट्रान्स डेनमार्कले खेलाडी र खेलाडीका परिवारहरुलाई रि-ट्रिटको व्यवस्था गरेको थियो ।

तपाइँको प्रतिक्रिया