शुक्रबार, वैशाख २१, २०८१

खाद्यान्न अभाव समाधान गर्न भुसलाई मासुमा परिणत

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ ३१ गते २२:२१

युरोपमा बढ्दो खाद्यान्न अभाव समाधान गर्न ईस्टोनियाले अध्योगिक कारखानाबाट उत्पन्न हुने भुसलाई मासु र तेलमा परिणत गर्ने बिकल्प अघि सारेको छ ।

बोसो खानेकुरा सोच्दापनि दिमाखलाई झट्का दिन सक्छ । तर यो एक एस्टोनियाई स्टार्ट-अपको लागि खाध्य क्षेत्रमा गज्जबको परिवर्तन ल्याउने माध्यम बन्नसक्ने देखिएको छ ।

सन् २०२२ मा स्थापित ए आईओले औद्योगिक फोहोरबाट बोसो र तेल उत्पादन गर्ने तरिका सिर्जना गरेको छ।

“हामीले के विकास गरेका छौं भने यो बियर बनाउने तरिका जस्तै हो, जहाँ गलाईएको जौबाट चिनीलाई रक्सीमा रूपान्तरण गर्न प्रयोग गरिन्छ, र स्वादको लागि हप (लागु पदार्थ बनाउन प्रयोग गरिने एक खाले फल) हरू थपिन्छन्,” सह-संस्थापक पेट्री-जान लाह्वीले बताएका छन् ।

उनीहरुले बिभिन्न प्रकारको खमीर (कुहाईएको खाध्य पदार्थ, अंग्रेजीमा येस्ट) प्रयोग गर्दछन् जसले औद्योगिक मेशिनबाट चिनीलाई इथानोलमा रूपान्तरण गर्दछ र रक्सीको सट्टा बोसो र तेलमा बदल्छ।

यो मूलत कुनै वस्तुलाई पगालेर, गलाएर, कुहाएर अर्को खाध्य वा तरलतामा बदल्नु जस्तै हो । एक प्राकृतिक प्रक्रिया हो।

काठ, पराल जस्ता कृषि उत्पादनहरू र खानाबाट निस्किएको फोहोर, खाना वा कस्मेटिक उद्योगहरूको लागि सामग्रीमा परिणत गर्न सकिने उनीहरुले बताएका छन् ।

यो प्रक्रियालाई अन्य छुट्टै रसायन वा तत्वहरु आवश्यक पर्दैन । नाइट्रोजनको थोरै बचत गरे पुग्छ । र विश्वभरका अन्य स्थानहरूमा सजिलै मापनयोग्य भएको भनाई लाह्वीको छ।

एआईओको अनुसन्धान प्रक्रियाद्वारा उत्पादित गुलाबी रातो तेल मासुको विकल्प बनाउनको लागि उपयुक्त छ जसलाई पशुबाट बनेको वा उत्पादित-प्रतिद्वन्द्वीहरूबाट टाढाका उपभोक्ताहरूलाई आकर्षित गर्न रङको मिश्रण, चम्काई चाहिन्छ।

कम्पनीले उत्पादन गरेको ठूला क्याप्सुल जस्ता भाँडाको तेलहरू बेकरी उत्पादन गर्न बिरुवाबाट निकालिने तेलको लागि उत्तम बिकल्प भएको दाबी गरेको छ ।

बजारमा रहेका अन्यको तुलनामा स्वादिष्ट र स्वस्थ हुनुको साथै यो आविष्कारको मुख्य फाइदा के भने यसले जनावरको बोसो र बोटबिरुवामा आधारित तेलहरूको ठूलो वातावरणीय प्रभावलाई न्युन गरिदिने दाबी लाह्वीको छ ।

विश्व वन्यजन्तु कोषका अनुसार पाम तेलको उत्पादन जुन बिभिन्न प्रयोगका लागि छर्कने, घस्ने, बासना फैलाउने र स्याम्पू जस्ता दैनिक उत्पादनहरूमा प्रयोग गरिन्छ । यसले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा वन विनाश उच्चरुपमा निम्त्याएको छ।

कोविड-१९ महामारी र युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलाहरूलाई कसरी बाधा पुर्‍यायो भनेर उद्धृत गर्दै उत्पादक संस्थाले स्थानीय अतिरिक्त साधन, तत्वहरु प्रयोग गर्दा तिनीहरूको प्रक्रियाले खाद्य सुरक्षा सुधार गर्न सक्ने दाबी गरेको छ ।

भविष्यलाई हेर्दै, एस्टोनियाई वैज्ञानिक तथा उद्यमी भन्छन् “एआइओ केरा र सुन्तलाको बोक्रा जस्ता घरेलु खाद्य फोहोरलाई पुनर्प्रयोगमा ल्याउन केहि प्रविधिहरूमा काम गरिरहेको छ ।”

तैपनि, उनीहरूले धेरै अवरोधहरू सामना गरेका छन् ।

एआइओले उपभोक्ताहरूबाट पूर्वाग्रहको सामना गर्नु परेको छ जो औद्योगिक उत्पादनहरू खान अनिच्छुक हुन सक्छन् । दही जस्ता अन्य रुपान्तरित (फेर्मेन्टेड) खानेकुराहरू बनाउने जस्तै हो यो प्रविधि जुन मानिसहरूले दुई पटक सोची खानसक्छन् ।

बजारमा प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न अहिलेको उत्पादनहरूले विकल्पहरू दिनसक्नुपर्छ । सस्तो हुनुपर्छ, विशेष गरी पाम तेलहरु भन्दा ।

उद्योग विशेषज्ञहरूले के तर्क गर्छन् भने यदि पशु र बनस्पतिमा आधारित उत्पादनहरूको वातावरणीय लागतलाई ध्यानमा राख्ने र सरकारी अनुदानहरू हटाइयो भने हालको नयाँ प्रतिस्थापनहरू धेरै प्रतिस्पर्धी हुनेछन्।

एआइओले खाद्य उद्योगमा क्रान्तिकारी परिवर्तन गर्ने आफ्नो कामलाई समर्थन गर्न २०२३ को सुरुमा लगानीकर्ताहरूबाट १० लाख युरो उठायो।

ईयु सँग विश्वमा खाद्य उत्पादनको बारेमा केही कडा नियमहरू छन्। यसले खाद्य उत्पादनहरू उपभोक्ता वा वातावरणको लागि हानिकारक छैन भनेर सुनिश्चित गर्न मद्दत गर्दछ।

तपाइँको प्रतिक्रिया

फेसबुक