शुक्रबार, वैशाख २१, २०८१

फ्रान्समापनि पूजापाठ सहित तीज पञ्चमी

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असोज ३ गते १६:४४

फ्रान्सको राजधानी पेरिसमापनि नेपाली महिलाहरुले नेपालमा जस्तै गरेर धार्मिक बिधि अनुसार मंगलवार हरितालिका (तीज) को पञ्चमी मनाएका छन् ।

नेपालबाट बाहिर रहेपनि आफ्नो संस्कृति मनाउनुपर्ने भन्दै नेपाली महिलाहरुको एक समुहले पेरिस नजिकैको लाकुर्नभमा हरितालिका (तीज) को पञ्चमी नेपाली धार्मिक बिधि अनुसार मंगलवार मनाएका हुन् ।

नेपाली महिलाहरुले लाकुर्नभ स्थित एक हलमा सामुहिक रुपमा मनाएका थिए ।

धार्मिक बिधि अनुसार सम्पन्न गर्न नेपाली पण्डित सुवर्ण कुमार कौतुभले पूजापाठ र बिधिपूर्वक सहयोग गरेका हुन् ।

यस अघि फ्रान्समा धार्मिक बिधि अनुसार फत्ते गर्न नेपाली पण्डित नरहेकाले संभव नभएपनि हाल त्यो संभव भएकाले धार्मिक रुपमै चेलीहरुले मनाएको पञ्चमीमा उपस्थित नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले नेपालप्लसलाई बताए ।

पञ्चमी पूजाकालागि गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सकी पूर्व अध्यक्ष गीता खनाल थापा, विष्णु तिमल्सिना र रुकु ढकाल लगायत केहि महिलाको सक्रियता थियो ।

तपाइँको प्रतिक्रिया