शनिबार, वैशाख १५, २०८१

फ्रान्समा नेपालीको भलिबल प्रतिस्पर्धा, मोना फ्रान्सले जित्यो पहिलो कप

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असोज ७ गते २३:२५

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सले आयोजना गरेको खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगितामा म्याग्दी समाज फ्रान्सको टिमले पहिलो पुरस्कार हात पारेको छ ।

एनआरएनए फ्रान्सको वार्षिक कार्यक्रम अनुसार “एनआरएन स्पोर्टस डे ” अन्तर्गत आइतवार पेरिस नजिकैको ला कुर्नभ खेलकुद पार्कमा भएको खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगितामा स्याङ्जा समाज दोस्रो भएको छ ।

आयोजनामा नौ टिम सहभागि थिए । प्रथम हुनेलाई पुरस्कार स्वरुप १५०० युरो र ट्रफी,मेडल र प्रमाण प्रत्र थियो । त्यसैगरि द्रोस्रो पुरस्कार ८०० युरो, ट्रफी, मेडल र प्रमाण पत्र थियो ।

उत्कृष्ट खेलाडीलाई १०० युरो, ट्रफी र प्रमाण प्रत्रको ब्यवस्था थियो । उत्कृष्ट टिम, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाइकरलाई ट्रफी र प्रमाण प्रत्र बितरण गरिएको थियो ।

यो मैत्रीपूर्ण खेलकुदका ब्यवस्थापक लप्सन गुरुङ हुन् । खेल अवधिभरको मूल्यांकन अनुसार उत्क्रिष्ठ सेटरमा स्याङ्जा समाजका भुपेन्द्र गुरुङ, उत्क्रिष्ठ रक्षक दल बहादुर बुढा मगर, उत्क्रिष्ठ स्पाईकरमा दिनेश क्षेत्री (योङ युनिटी टिम), बेस्ट ब्लकरमा कुमार थापा (मगर समाज  फ्रान्स) र उत्क्रिष्ठ खेलाडीमा मोना फ्रान्सका सुनिल सुन्दासलाई घोषणा गरियो ।

नेपाली बिभिन्न एसोसिएसन र समुहका तर्फबाट बिभिन्न टिमले भाग लिएकाले तिनले आफ्ना आफ्ना टिमलाई खानपानको ब्यवस्थासमेत गरेका थिए । खेलकुद अवधिभर नेपालीहरुको ठूलो सहभागिता थियो ।

खेल समाप्तिपछि एनआरएनए फ्रान्सले हरेक वर्ष नेपाली नेपालीबिच भात्रित्व, मेलमिलाप, मनोरन्जन र नेपालीहरुको भलिबलमा केकति चासो र कस्ता खेलाडी छन् भन्नाकालागिपनि मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा आयोजना गरेको एनआरएनए फ्रान्सका महासचिव महेन्द्र अधिकारीले नेपालप्लसलाई बताए ।

फ्रान्स खेलकुद र साहसिक खेलमा बिश्वमै अब्बल स्थानमा रहेको, पटक पटक विश्व कप बिजयी भएकाले यस्तो देशमा रहेर खेलकुद आयोजना गर्दा धेरै प्रेरणा हुने र आगामी सन्ततीकालागिपनि खेलकुदका क्षेत्रमा हैशला मिल्ने भनाई अधिकारीको थियो ।

समापन समारोहमा एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर पुन लगायतले बिजयीहरुलाई शुभकामना दिँदै पुरस्कार बितरण गरेका थिए ।

खेलकै बिचमा केहि नेपालीहरुले गीत संगित र नाचमा मोरन्जनसमेत लिएका थिए ।

तपाइँको प्रतिक्रिया