सोमबार, वैशाख २४, २०८१

रूसद्वारा संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा ईजरायल प्यालेस्टाइनबिच युद्धविरामको प्रस्ताव

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असोज २७ गते १३:१०

संयुक्त राष्ट्र संघका लागि रुसका राजदूतले शुक्रबार गाजा पट्टी र इजरायलमा “मानवीय युद्धविराम” को लागी आह्वान गर्दै प्रस्ताव दर्ता गराएका छन् । उनले ईजरायल प्यालेस्टाइनबिचको द्वन्द्वमा संयुक्त राज्य अमेरिकालाई दोषसमेत दिएका छन् ।

सुरक्षा परिषदमा पेश गरिएको रुसी मस्यौदा प्रस्तावमा “तत्काल” युद्धविराम र सबै बन्धकहरूको सुरक्षित रिहाइको लागि आह्वान गरिएको छ। “नागरिकहरूलाई सुरक्षित गर्न आव्हान गरिएको छ ।

“आतंकवादका सबै कार्यहरू विरुद्ध निर्देशित सबै हिंसा र शत्रुताको कडा निन्दा गर्दछ” भनिएको छ ।

रुसले दर्ता गराएको प्रस्तावमा गाजामा शासन गर्ने लडाकु समूह हमासको नाम नदिएको एएफपीले जनाएको छ । हमास लडाकुहरू गत शनिबार भारी सैन्यसहित सीमा पार गरेर इजरायलमा प्रवेश गरेका थिए । उक्त आक्रमणमा तेह्स सय मानिसहरू मारिए, जसमा अधिकांश नागरिकहरू थिए।

तपाइँको प्रतिक्रिया

फेसबुक