बिहीबार, वैशाख २७, २०८१

चितवनको सौरहामा १७ औं हात्ती तथा पर्यटन महोत्सव

नेपालप्लस संवाददाता / सौराहा, चितवन२०८० पुष १० गते १८:२४

 

चितवनको सौराहामा मंगलवार १७ औं हात्ती महोत्सव तथा पर्यटन उत्सव बिभिन्न जनजातीका झाँकी र हात्ती र्‍यालीसहित आयोजना गरियो ।

झाँकीमा चितवनका बिभिन्न क्षेत्रबाट आएका विविध जनजातीले आफ्नो मौलिक नृत्य प्रस्तुत गर्नुका साथै कोरिबाटी, रङरोगन गरेर चिटिक्क पारेका दर्जनौं हात्तीको र्‍याली निकालिएको थियो ।

तीनदिन सम्म चल्ने उक्त महोत्सवमा बुधवार र बिहिवार हात्तीको सुन्दरी प्रतियोगिता (एलाफेन्ट ब्युटी कन्टेस्ट) र हात्तीहरुलाई सामूहिक भोज खुवाउने कार्यक्रम छ ।

मंगलवार अर्थ मन्त्रीले उद्घाटन गरेको कार्यक्रममा चितवनका विभिन्न संघसंस्थाका प्रतिनिधीले पर्यटन क्षेत्रको विकासकालागि सुझाव र गुनासा राखेका थिए । तिनले पर्यटनको विकासका लागि खड्किएका समस्याबारे हल गरिदिन प्रमुख अतिथी अर्थमन्त्री प्रकाश शरण महतसमक्ष आफ्ना माग राखेका थिए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षक (वार्डेन) टिकाराम रेग्मी, ऋशीराम सुबेदी र पशुस्वास्थ्य बिज्ञ किरण रिजाललाई सम्मानित गरियो ।

सम्मान पत्र समाउँदै बिचमा किरण रिजाल

लामो समयदेखि निकुञ्ज र त्यस आसपासका जंगली जिवजन्तुको उपचारमा उदाहरणिय काम गरेको भन्दै रिजालको प्रशंसा गरियो ।

तपाइँको प्रतिक्रिया