शनिबार, वैशाख १५, २०८१

रानीले गद्दी त्यागेपछि डेनमार्कमा फ्रेडरिक एक्स नयाँ राजा घोषित

नेपालप्लस संवाददाता / फ्रान्स२०८० माघ १ गते ७:५०

Photo source-dnyuz.com

डेनमार्ककी रानी मार्गेथेले राजगद्दी त्याग गरेपछि उनैका छोरा फ्रेडरिक एक्स आइतवारबाटै नयाँ राजा बनेका छन् ।

रानी मार्गथेले औपचारिक रूपमा त्याग गरेपछि उनको छोरा राजा फ्रेडरिक एक्स राजा बन्दा डेनमार्कको राजधानी कोपनहेगनमा ठूलो भीड जम्मा भएको थियो ।

रानी मार्गरेट द्वितीय, ८३, कोपेनहेगनको अमालीनबोर्ग दरबारमा रहेको उनको निवास १:३० बजे (युरोपको समय) पछि छोडेकि थिईन् । त्यस अघिनै सरकार र संसदको विशेष कार्यक्रमका लागि ब्यवस्था गरिएको क्रिस्चियनबोर्ग प्यालेसमा उनी गाडीहरुको छोटो सवारी सहित पुगेकि थिईन् ।

त्यहाँ, दिउँसो २ बजे राज्य काउन्सिलमा, उनले आफ्नो ५२ वर्षको शासन समाप्त गर्ने परित्यागको घोषणामा हस्ताक्षर गरिन् । यसरि कुनै राजा वा रानीले गद्दी त्याग गरेको डेनमार्कमा यो दोस्रो घटना हो । यस अघि एरिक तेस्रोले लगभग नौ शताब्दी पहिले ११४६ मा गद्दि त्यागको घोषणा गरेका थिए ।

उनको ५५ वर्षीय छोरा फ्रेडरिकले आफ्नो अष्ट्रेलियामा जन्मेकी श्रीमती मेरी र आफ्नो जेठो बच्चा, १८ वर्षीय प्रिन्स क्रिश्चियनसँग राज्य काउन्सिलमा भाग लिएका थिए । मार्गरेटले त्याग गरेपछि फ्रेडेरिक स्वत राजा र राज्यको प्रमुख बनेका हुन् ।

त्यसपछि प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले क्रिस्चियनबोर्ग दरबारको बालकनीमा लगेर फ्रेडरिक एक्सलाई राजा घोषणा गरे।

“अन्तिम पटक, १९७२ मा मार्ग्रेट आफ्नो बुबाको मृत्यु पछि रानी बनेकि थिईन् । राजा बनेको हेर्न करिब १० हजार मानिसको भिड लागेको डेनिस मेडियाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया