शनिबार, वैशाख १५, २०८१

युरोप स्तरिय नृत्य र गायन प्रतिपस्पर्धाका लागि छानिए फ्रान्सबाट चार कलाकार

नेपालप्लस संवाददाता / फ्रान्स२०८० चैत ५ गते १८:५०

युरोप स्तरिय नृत्य र गायन प्रतिपस्पर्धाकालागि फ्रान्सबाट दुई जना नृत्य र दुई जना गायनकालागि कलाकार छनौट भएका छन् ।

मे ११ र १२ मा आयोजना गरिने युरोप स्तरिय गायन र नृत्य प्रतिस्पर्धाकालागि फ्रान्सबाट नृत्यतर्फ दिलिसा भट्ट र रोशिना अधिकारी तथा गायनतर्फ कुशल पाख्रिन र सबिना कौशलले अन्यलाई उछिनेर छनौट भएका छन् ।

युरोपका बिभिन्न मुलुकबाट नेपाली कलाकारहरुले आफ्नो सर्बोत्कृष्ठ कला देखाउन अन्तर्राष्ट्रिय स्तरको न्रित्य र् गायन प्रतिस्पर्धा गरिँदै आएको छ ।

यो प्रतिस्पर्धा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले आयोजना गर्दै आएको छ । यो वर्षको मे ११ र १२ का दिन आयोजना गरिने प्रतिपर्धा ईनास फ्रान्सले फ्रान्सको राजधानी पेरिसमा आयोजना गर्ने भएको हो ।

सोहि प्रतिस्पर्धाका लागि फ्रान्सका तर्फबाट गायन र नृत्यका लागि कलाकार छनौट गर्न ईनास फ्रान्सले दर्जनौं शुभचिन्तक, कलाकार र फ्रान्सनिवासी अन्य ब्यक्तिहरुका माझ अैतवार प्रतिपर्धा राखेको थियो ।

गायन र् नृत्य प्रतियोगितामा भाग लिने करिब डेढ दक्जन कलाकारबाट सर्बोत्कृष्ठ चार कलाकार छान्न ईनासले गायन र नृत्यका लागि छुट्टा छुट्टै जजको ब्यवस्था गरेको थियो ।

कलाकारहरुले पहिलो, दोस्रो र तेस्रो चरण गर्दै आफ्नो नृत्य देखाएका र गायन सुनाएका थिए ।

तेस्रो चरणसम्मको क्षमता देखाएपछि जुरीले तिनको क्षमता, सिपको मूल्याकन गर्दै चार सर्बोत्कृष्ठलाई छनौट गरेको हो ।

प्रतिपर्धा कार्यक्रममा फ्रान्सका बिभिन्न क्षेत्रका कलाकार र बिभिन्न संघसंस्थाका अप्रतिनिधि उपस्थिति थिए ।

नेपाली कला र संस्क्रितिको संरक्षणकालागि पुस्तातरण हुनुपर्ने र प्रवाशमा रहेका नेपाली संघसंस्थाले त्यसकालागि महत्वपूर्ण काम गरेको पेरिसस्थित नेपाली राजदूत सुधिर भट्टराईले उल्लेख गरे ।

“आफ्नो कला, संस्क्रिति, सम्पदा र नेपाली पन लामो समयसम्म जोगाउन, प्रचार गर्न पुस्तान्तरण हुनुपर्छ । नत्र त्यो जिवन्त रहँदैन । प्रवाशमै जन्मे हुर्केका पिढीलाई नेपाली कला र संस्कृती हस्तान्तरण गर्न प्रवाशी नेपाली र यहाँ संघसंस्थाले गरेको कामलाई नेपाल सरकार र नेपालीले सह्राहना गरेका छन्” उनले भने ।

नेपाली कला र संस्क्रिति, नेपाली भाषा र नेपालको खास ज्ञान नरहे प्रवाशका नेपालीहरुको आफ्नो पन नरहने हुनालेपनि ईनासले वर्षेनी युरोपका बिभिन्न मुलुकमा रहेका कलाकारहरुबिच गायन र नृत्य प्रतियोगिया आयोजना गर्दै आएको ईनासका बरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारीले नेपालप्लसलाई बताए ।

उनले नेपाली कलाकारहरुको सिप र ज्ञानको पहिचान गरि तिनलाई सम्मान गर्न र तिनको ज्ञान युवा पिँढीबिच बाँड्नसमेत युरोपस्तरिय नृत्य र गायन प्रतिस्पर्धा गर्दै आएको अधिकारीले जानकारि दिए ।

तपाइँको प्रतिक्रिया