शनिबार, वैशाख १५, २०८१

नेदरल्याण्ड्सको मौसमी वगैंचाले किन तान्छ विश्वकै ध्यान !

फोटो-कृष्ण रेग्मी२०८० चैत १० गते १०:०२

नेदरल्याण्ड्सको केउकेनहोफ फूलवारी । विश्वका सबैभन्दा ठूला फूलबारी मध्ये एक हो । नेदरल्याण्डको लिस्से नगरपालिकामा रहेको यो पार्कले ३२ हेक्टर क्षेत्रफल ओगटेको छ । बगैंचामा तुलिप जातीका वार्षिक करिब ७० लाख फूलका गाँठा रोपिन्छन् ।

केउकेनहोफले यसपटक ७५ औं वार्षिकोत्सवको उत्सव मनाएको छ। यो वर्ष राजकुमारी मार्गरेटले मार्च १९ का दिन केउकेनहोफ वगैंचाको लिस्सेमा  उद्घाटन गरेकि हुन् । यसको ७५-वर्षको इतिहासमा, केउकोनहोफ नेदरल्यान्ड्सको प्रतीक मात्र होइन सजावटी फूल र पर्यटन क्षेत्रको एक अगुवा पनि बनेको छ।

राजकुमारी मार्गरेटले ‘सिम्फनी अफ कलर्स कन्सर्ट’ उद्घाटन गरेर केउकेनहोफ वार्षिकोत्सवको आधिकारिक सुरुवात र त्यसको निरीक्षण गरिन् । केउकेनहोफको सिम्फनी अफ कलर्स कन्सर्टले पार्कको रंगीन इतिहासको ७५ वर्ष पूरा भएकोमा विजयीका रूपमा मनाउँदै नयाँ सिजनको घोषणा गरेको हो ।

केउकेनहोफका नयाँ निर्देशक सान्ड्रा बेचथोल्टले भनेका छन् ‘मानिसहरू हाम्रा फूलहरूको प्रशंसा गर्न संसारभरबाट आउँछन्। हामीले गर्वका साथ हाम्रो कथा भन्नु पर्छ किनभने यो वास्तवमै विशेष छ ।’

७५ वर्ष पहिले सुरुवात भएदेखिनै केउकेनहोफ डच शाही परिवारको एक दृढ मनपर्ने वस्तु भएको छ। २ मे १९५० मा शाही परिवारले फूल प्रदर्शनको भ्रमण गरेका थिए जसको रानी जुलियाना संरक्षक थिइन्। केउकेनहोफका केही पहिलो पाहुनाहरूमा राजकुमारी मार्ग्रेट र अन्य राजकुमारीहरू पनि छन्।

केउकेनहोफ गाँठाहरु उत्पादक र निर्यातकर्ताहरूको समूहको पहल थियो जसले नेदरल्याण्डको सजावटी क्षेत्र प्रदर्शन गर्न खोजिरहेको थियो। फूल प्रदर्शनको पहिलो याममै नितान्त लोकप्रिय बनेको थियो । यसले दुई लाख ३६ हजार आगन्तुकहरूलाई आकर्षित गरेको थियो ।

मूल रूपमा डच वास्तुकार जान डेभिड जोचरद्वारा अंग्रेजी भूद्रिष्य बगैंचा शैलीमा डिजाइन गरिएको थियो । यसमा ७० लाख ट्युलिप, हाइसिंथ, डेफोडिल्स र अन्य फूलका गाँठा र विरुवा रोपिन्छन् । यो वगैंचामा छ सय उत्पादकहरूले फूलका गाँठाको ब्यवस्था गर्छन् ।

यहाँ वार्षिकोत्सव प्रदर्शन, अन्तर्राष्ट्रिय हुलाक टिकट, मेट्रोपोल ज्याज र पप अर्केस्ट्राको वार्षिकोत्सव कन्सर्ट, वृत्तचित्र र अन्य धेरै गतिविधिहरू हुन्छन् । त्यसले गर्दापनि विश्वका मानिसलाई आकर्षण गर्छ ।

तपाइँको प्रतिक्रिया