शनिबार, वैशाख १५, २०८१

पेरिसमा पनि मनाइयो फागु

नेपालप्लस संवाददाता / फ्रान्स२०८० चैत ११ गते २३:२१

फ्रान्सको राजधानी पेरिसमा नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुले नेपाली पर्व फागु मनाएका छन् । उनीहरुले सामुहिक रुपमा फागुको रङ घसेर रमाईलो गरेका छन् ।

नेपाली सांस्क्रितिक गृह (मेंजो कुल्चुरेल दु नेपाल) ले आयोजना गरेको फागु खेल्ने कार्यक्रममा बिभिन्न्न् क्षेत्रका नेपाली र फ्रान्सेली जम्मा भएर सामुहिक रुपमा फागु खेलेका हुन् ।

गृहले नेपाली खानाको ब्यवस्था समेत गरेकाले धेरै फ्रान्सेलीले नेपाली परिकार चाखेर फरक स्वाद समेत लिन पाएकोमा खुशि भएका थिए ।

“खाना त्यहिँ खाइयो । नाचगान हेरियो । फागु बेस्सरि धसिदिएर रमाउन पाइयो । निकै वर्ष भएको रहेछ धेरैले यसरि फागु नमनाएको” पेरिसमा अध्ययन गर्दै गरेका नेपाली विध्यार्थी रायन न्यौपानेले भने ।

एक्कासि रङ घसिदिन लागेपछि एकाएक हलको रौनकनै बदलिएको थियो । हात हातमा अबिर लिएर दगुरा दगुर गर्न थालेका थिए नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु । वालवालिकाहरुपनि निक्कै रमाएका थिए ।

फ्रान्सेलीहरुको उपस्थिति निकै बाक्लो थियो । उनीहरुपनि के कम ? नेपाली मन चिनेका, नेपाली वस्ति डुलेघुमेका, नेपाल र नेपालीलाई मनमा साँचेका न परे, तिनले पनि अबिर मागि मागि खुब घसे । नाइ नाइ भने झैं गरेर घस्न दिए ।

पेरिसमा यस्तो कार्यक्रम राखेकोमा हाँस्ने र हँसाउनेका मनले धन्यावाद त दिएनै मुखै फोरेर धेरैले भने “यो पटक साँच्चिनै मज्जा आयो, गाउँघरमा रङ खेलेको झन सम्झना गरायो”।

नेपाली सांस्क्रितिक ग्रिहले गृहले फ्रान्समा सन् २००३ देखि फागु पूर्णिमा मनाउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया