शनिबार, असार १६, २०८१

नेपाली परिकारको प्रवर्धन गर्न बेल्जियममा ‘फुड फेस्टिबल’

निलम घिमिरे / बेल्जियम२०८१ जेठ १० गते ०:४१

यसै साता शनिवार वेल्जियमको लुभेन सहरमा नेपाली खानाको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाली खानाको पर्व (फूड फेस्टिवल) गरिने भएको छ ।

‘नेपाली व्यवसायी संघ वेल्जियम’ नामक गैरनाफामुलक संस्थाले फेस्टिवल गर्ने भएको हो ।

फेस्टिवलमा १५ भन्दा बढी नेपाली खानाका स्टल राखिने छ । नेपाली ममको आकर्षण र माग बढि भएकाले यसलाई डेमोको रुपमा बनाउन सिकाउने व्यवस्था समेत गरिने कार्यक्रमका संयोजक एवं संघका उपाध्यक्ष कासी दनैले नेपालप्लसलाई बताए ।

नेपाली परिकारको प्रवर्धन तथा प्रचार गर्ने उद्देश्यले तराइ देखि पहाड सम्मका विभिन्न १० खानाका परिकारको स्टल राखिने छन् ।

खानाको स्तर जाँचका लागि चार र प्रचारकालागि चार जना स्वयंसेवक समेत राखिने उनले बताए ।

कार्यक्रममा वेल्जिक तथा युरोपियन युनियनका पदाधिकारीहरुलाई नेपाली खानाको प्रवर्धनका लागि केन्द्रित गरिने भएकाले त्यस दिनको ब्याख्या र प्रस्तुति स्थानिय भाषामा गरिने भनाई संघका महासचिव जगदिश सापकोटाको छ ।

उनका अनुसार कार्यक्रममा वेल्जियमा कार्यरत १५ देशका राजदुत, युरोपेली युनियनका विशिष्ठ व्यक्ति, युरोपेली संसद लगायत वेल्जियम सरकारका विशिष्ठ व्यक्ति आमन्त्रित हुने छन् । स्थानिय नागरिकहरुको उपस्थितिलाईपनि विशेष आकर्षण गरिने छ ।

दश हजार बढी नेपाली वसोवास गर्ने वेल्जियममा करिब पाँच हजार मानिसको उपस्थिती रहने आसा आयोजकहरुको छ ।

यस कार्यक्रममा नेपाली र वेल्जिकबिच भाइचाराको सम्वन्ध बढाउनुका साथै नेपाली खानाको विशेष स्तरमा प्रवर्धन हुने छ । नेपालमा पर्यटकको संख्या र नेपालको चिनारी थप बढ्ने भनाई कार्यक्रमका उपसंयोजक तथा संघका सचिव वावुराम शर्माको छ ।

कार्यक्रमको मुख्य आकर्षण खानाका साथमा नेपाली भेषभुषा सहितको नाचगान रहनुका साथै एक जोडी विदेशीलाई चिठ्ठा मार्फत नेपाल जाने विमान टिकट र नेपालको होटलमा वस्ने व्यवस्था प्रदान गरिने बुधवार गरिएको पत्रकार सम्मेलनमा बताए ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) वेल्जियमको सहयोगमा नेपाली भेशभुषा सहितको नाचगान र झाँकी निकालिने समेत पत्रकार सम्मेलनमा जानकारि दिईयो ।

करिव ३० हजार युरो खर्च हुने अनुमान गरिएको यस कार्यक्रममा आर्थिक भार विभिन्न व्यवसायीहरुले लिने भएका छन् । स्थानिय नगरपालिका र नेपाली राजदुतावासले पनि कार्यक्रम सफल पार्न सहयोग गरेको छ ।

कार्यक्रम तयार पार्न व्यवसायी संका अध्यक्ष चिरण खवास, महासचिव जगदिश सापकोटा, सचिव वावुराम शर्मा, उपाध्यक्ष कासी दनै, कोषाध्यक्ष भुवन सुवेदीको समुह तीन महिना देखि खटेको थियो ।

हरेक दुई वर्षमा आयोजना गरिने यो कार्यक्रम तेस्रो हो । गत वर्ष चार हजारको उत्साहजनक सहभागिता थियो । नेपाली दालभात र अन्य परिकारको स्थानिय टेलिभिजन र पत्रपत्रिकाले खुलेर प्रशंसा गरेका थिए ।

नेपाली खानाको प्रचार गर्ने यस्ता खालका कार्यक्रमले वेल्जियममा पहिलो पुस्ताले गर्दै आएको व्यवसाय नै होटल रेस्टिुरेन्ट भएकाले हाम्रा खानाको व्यवसायलाई पनि टेवा पुग्ने भनाई ब्यवशायीहरुको छ । यसलाई अझै स्थापित गर्ने हो भने नेपाली खाध्यान्नको कच्चा पदार्थ नेपाल देखि आयात गर्न सकिने भनाईसमेत ब्यवशायीहरुको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक