सोमबार, भदौ ३१, २०८१

बेल्जियममा मणि राईको संझनामा श्रद्दान्जली सभा

नेपालप्लस संवाददाता / बेल्जियम२०८१ भदौ १९ गते १६:२४

२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा श्रद्धान्जली सभा गरिएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका अध्यक्ष मेख गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योङहाङ, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर र गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता साप्कोटाले दिवंगत राई प्रति दीप प्रज्वलन गर्दै श्रद्दन्जली कार्यक्रम उद्घाटन गरेका थिए ।

दिवंगत राइको सम्मानमा एक मिनेट मौनधारण गरि शुरु गरिएको कार्यक्रममा मोर्चा युरोपका अध्यक्ष वदन योङ्गहाङ्गले राईको जीवनी र उहाँले गर्नुभएका राजनैतिक र सामाजिक कामको चर्चा गर्नुभएको थियो । गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर, एभरेष्ट नेपाली समाज ब्रुजका पूर्व अध्यक्ष दुर्गा सुवेदीले दिवंगत राईको सम्झना गर्दै श्रद्धान्जली मन्तब्य दिएका थिए ।

उक्त अवसरमा राईकी श्रीमती तथा नेपाल जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राईले श्रद्धान्जली सभामा उपस्थित सवैलाई धन्यवाद दिनु भयो ।

अध्यक्षले कार्यक्रम समापन सँगै दिवंगत राईको फोटोमा उपस्थित सबैलाई माल्यार्पण गरी श्रद्दान्जली व्यक्त गर्न अनुरोध गर्नु भएको थियो ।

बेल्जियम स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमा सचिव रविन बान्तवा राईले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया