बिहीबार, जेठ ३०, २०८२

नेपालको प्रवर्धन गर्न पेरिसमा भब्य नेपाली मेला

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ जेठ २८ गते १९:०२

नेपालको पर्यटन प्रवर्धन गर्न, नचिनिएका गन्तब्य चिनाउन, नेपाली संस्कृती र सम्पदाको संरक्षण र प्रचार गर्न फ्रान्सको राजधानी पेरिसमा भब्य नेपाली मेला आयोजना गरिएको छ ।

नेपाली तोरण्, नेपाली धार्मिक स्थलका मूर्ति, कला, नेपाली खाध्य सामाग्री र मेलामा घन्किएको नेपाली गीत संगितले मेला नेपालकै कुनै गाउँमा पुगे जस्तो झल्को दिएको थियो ।

गत शनिवार र आईतवार पेरिसको द ब्वा द भाँसेन स्थित बुद्दको विशाल मूर्ती भएको ठाउँमा मेला आयोजना गरिएको थियो ।

मेलामा तामाङ सेलो, मगर नृत्य, झ्याउरे, कुमारी नृत्य गरी आधुनिक, परम्परागत र शास्तृय संगित प्रदर्शन गरिएको थियो । नेपालको प्रसिद्द सांगितिक समुह सुकर्मको सांगितिक प्रस्तुती विशेष रुचिको विषय बनेको थियो ।

शनिवार र आइतवार देखाइएको कुमारीको रथ तान्ने कार्यक्रमले आगन्तुकहरुलाई विशेष आकर्षण गरेको थियो ।

नेपाल संवन्धी प्रचार प्रसार गर्न, नेपालका विविध विषयमा गहिरो खोज तथा जानकारी राख्नेका लागि नेपाली तथा बिदेशी शोधकर्ताले करीब तीन दर्जन विषयमा विशेष प्रस्तुती गरेका थिए ।

मम, पानी रोटी, दालभात, सेलरोटी, चनाचटपटे, पकौडा, लड्डु, पानीपुरी, अचार लागयतका नेपाली परिकारमा फ्रान्सेलीहरु मख्ख परेका थिए ।

मेलामा डोको, खर्पन, डालो, ढिकि, चर्खे पिङ, नेपालको खाध्य सामग्री, हस्तकलाका विभिन्न सामाग्री प्रदर्शन गरिएको थियो । नेपालको चाउचाउ, मसला, चिउरा, अचार, दाल्, बियर, , जुस, तितौरा लगायत बिभिन्न नेपाली खाध्य सामागृको स्टलसमेत राखिएको थियो । यसले नेपालको खाध्य सामागृको प्रचारप्रसार गरेको सहभागिहरुले बताए ।

नेपालको विभिन्न विषयमा जानकारी दिन पेरिसा स्थित नेपाली दूतावासले सूचना केन्द्र जस्तै स्टल राखेको थियो ।

नेपाली मेलाको उद्घाटन पेरिस स्थित नेपाली राजदूत सुधिर भट्टराईले गरेका थिए । भट्टराईले नेपालमा १४२ जनजाती समुदाय रहेको र १२४ भाषा बोलिने भएकाले पर्यटकहरुका लागी विश्वमै एक आकर्षण थलोका रुपमा रहेको भन्दै फ्रान्सेलीहरुलाई नेपाल घुम्न निम्ता गरे ।

उनले नेपाल घुम्ने पर्यटकहरुमा फ्रान्सेलीहरु माथिल्लो तहमा रहेको र नेपाल-फ्रान्सबिचको संवन्ध निकै लामो समयदेखि सौहार्दपूर्ण रहेको भन्दै प्रशंसा गरे । नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक विविधता र नेपालीले गर्ने अतिथी सत्कार विश्वकै अब्बल र अनुपम रहेको उल्लेख गर्दै नेपाल घुम्न उनले आग्रह समेत गरे ।

नेपाली मेलामा चितवन सौराहाका पर्यटन ब्यवशायी रामचन्द्र अधिकारीले एक हजार एक युरो दान गरेका थिए । उनले आफूलाई समाजसेवाको नाममा यस्तै सामाजिक काममा विश्वाश रहेकाले आफूले यो सामाजिक संस्थालाई दान गरेको बताए । ‘

नेपाल, नेपाली संस्कृती र सम्पदालाई प्रचार प्रसार गर्न र आफ्नो संस्कृती बचाउनपनि मेला आयोजना गर्दै आएको नेपाली सांस्कृतिक गृहका अध्यक्ष नन्द कुमार थेबेले बताए । ‘यहाँ जन्मे हुर्केका वालवालिकामा पुस्तान्तरण गर्न पनि यो मेला आवश्यक छ । नेपाल र नेपालका विविध सांस्कृतिक तथा पर्यटकिय गन्तब्यहरुलाई अझै बढी चिनाउनु परेको छ । यो काम यस्तै मेलाले गर्छ भन्ने बुझेर गत दुई दशकदेखि मेला आयोजना गर्दै आएका हौं । यसमा सबैको साथ र सहयोगको खाँचो छ” गृहका अध्यक्ष नन्द कुमार थेबेले भने । शनिवार देखि चलेको मेला आइतवार सकिएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक