स्विट्जरल्याण्डवारा युद्धकालीन ८,००० बंकरहरू पुनर्जीवित गर्दै

Photo: Wikipedia.com
मध्यपूर्व, रुस र युक्रेनबिच युद्द भएपछी बढ्दो सुरक्षा चिन्ता बढेसँगै स्विजरल्याण्डले युद्दकालिन ८,००० बंकरहरु पूनर्जिवित गर्ने घोषणा गरेको छ ।
स्विस सेनाले प्राविधिक फर्महरू, अनुसन्धानकर्ताहरू र अनुप्रागहरू प्रयोग गर्दै युद्धकालीन पुराना बंकरहरूलाई पूनर्जिवित गर्ने भएको हो । नयाँ र कम लागतका समाधानहरू प्रयोग गरेर आधुनिक रक्षा केन्द्रहरूमा परिणत गर्न मद्दत गर्न स्विस सेनाले आह्वान गरेको छ।
स्विट्जरल्याण्डमा रहेका युद्धकालीन आफ्ना बंकरहरू मध्ये सन १९९० को दशकदेखि प्रयोग नगरिएका बंकरहरुलाई समेत पुनर्जीवित गर्न खोजिरहेको हो ।
यस्ता बंकरहरु ब्यक्तिका निजी आवासहरुमा समेत छन । स्विजरल्याण्डको आराउ निवासी निराजन श्रेष्ठको घरमा पनि आठ वटा यस्तै बंकरा रहेको उनले बताए ।
“हाम्रो निवासको बंकरमा आठ वटा बिस्तारा छन । ति मध्ये कम्तिमा पचास प्रतिशतलाई तयारी अवस्थामा राख्नुपर्छ । सैनिक अधिकारीहरु आएर निरिक्षण गर्छन्” आराउ निवासी निराजन श्रेष्ठले भने ।
उनका अनुसार आपतकालिन अवस्थामा सुत्ने, बस्ने, आगजनी भएमा कसरी निभाउने भन्ने प्रणाली हुन्छ । त्यसलाई चौबिसै घण्टा तम्तयार अवस्थामा राख्नुपर्छ । स्विस सैनिक अधिकरीहरुले त्यस बारे प्रशिक्षित र निगरानी गर्छन् ।
रुस र युक्रेनको युद्ध पछि बढेको सुरक्षा चिन्ताहरूबाट उत्पन्न भएकोले स्विस सेनाले देशभर छरिएका अनुमानित ८,००० बंकरहरूलाई पूनर्जिवित गर्न खोजेको मेडियाहरुले उल्लेख गरेका छन । ति मध्ये एक हजार आठ सय ८६ वटालाई कसरी पूर्ण रूपमा आधुनिकीकरण गर्ने भन्ने बारे पुनर्विचार गरिरहेका छन ।
मूल रूपमा गोथहार्ड रेलवे र अल्पाइन पास (हिमाली क्षेत्रका घाटी) जस्ता रणनीतिक स्थानहरूको सुरक्षा गर्न निर्माण गरिएको थियो । बंकरहरूको प्रणाली स्विस नेशनल रिडाउटको एक प्रमुख घटक हो । दोस्रो विश्वयुद्ध र शीतयुद्धको समयमा आक्रमणलाई रोक्न निर्माण गरिएको किल्लाहरूको लागी ति शंयन्त्रका रुपमा थिए ।
बंकरहरू मध्ये सोभियत क्षेप्यास्त्रका खतराहरूबाट बचाउन उन्नत रक्षा प्रणालीहरूसहित सुसज्जित गरिएको थियो । शीतयुद्ध पछि तिनीहरूको प्रयोग घटेपछी बजेट कटौती र रक्षा नितिमा प्राथमिकताहरू परिवर्तन गर्नाले त्यस्ता धेरै क्षेत्रहरू नागरिकहरूलाई आवास, तथ्यांक भण्डारण र अन्य ब्यापारिका प्रायोजनका लागि बेच्न थालिएको थियो ।
सन २०२३ मा, स्विस सेनाले सबै आश्रयस्थलहरूको बिक्री रोक्का गर्दै पुन: प्रयोगको मूल्याङ्कन गर्ने निर्णय गर्यो।
“हामीसँग जे छ त्यसको सदुपयोग गर्नुपर्छ,” स्विस सेना प्रमुख थोमस सुस्लीले स्विस मिडियालाई भनेका छन “अहिले सैन्य खतराहरूको प्रकृति परिवर्तन भएको छ। बंकरहरू राम्ररी राखिएको छैन । तिनीहरूमा भएका हतियारहरू अर्को दस वा बीस वर्ष मात्र टिक्नेछन् । हातीयार नभएका सुरक्षित आश्राय स्थलको स्तरोन्नती पनि गर्नुपर्ने भएको छ ।”
यसै गरी स्पेन र जर्मनीले पनि युद्दकालिन बंकरहरुलाई पूनर्जिवित गर्ने भएका छन । स्पेनको युद्दको त्रास २०० प्रतिशतले बढेको भन्दै पुराना बंकरहरु पूनर्जिवित गर्ने घोषणा गरेको छ ।
गत वर्ष, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले “२०२९ सम्ममा युद्धको लागि तयार हुनुपर्छ” भनेका थिए । सरकारले रक्षा खर्च बढाइरहेको छ, र कार निर्माताहरूले सैन्य आपूर्ति उत्पादन गर्न कारखानाहरू पुन: प्रयोग गर्ने विचार गरिरहेको जर्मन मेडियाहरुले उल्लेख गरेका छन ।
युरोपले चाँडै पूर्ण द्वन्द्वको सामना गर्न सक्ने सम्भावनाको सामना गरिरहेको भन्दै बंकर र आपतकालीन आश्रयस्थलहरूमा विशेषज्ञता हासिल गरेका इस्टेट एजेन्टले जर्मनीमा बंकरको माग नाटकीय रूपमा बढेको मेडियाहrule उल्लेख गरेका छन्।
सरकारलेनै बंकरहरु निगरानी गर्ने, तम्तयार राख्ने निर्णय गरेपछी केहि नभए पनि नागरिकहरुमा असुरक्षा र त्रास बढ्ने रैछ” निराजन श्रेष्ठले भने ।