बुधबार, भदौ ११, २०८२

“देश–बिदेशका नेपालीले देखाएको मायाले गौरवान्वित छु” कुलमान घिसिङ

नेपालप्लस संवाददाता / फेल्थाम, लन्डन २०८२ भदौ १० गते २२:३७

तामाङ घेदुङ यूके केन्द्रीय समितिको आयोजनामा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई बेलायतमा सम्मान गरिएको छ ।

“अन्धकारबाट प्रकाशतिर, राष्ट्रलाई शक्ति प्रदान गर्ने दूरदर्शी कुलमान घिसिङलाई सम्मान (From Darkness to Light, Honouring Kulman Ghising – A visionary who powered the nation)” शीर्षकमा आयोजित विशेष भेटघाट र सम्मान (मीट एण्ड ग्रीट) कार्यक्रम सोमबार लण्डनको फेल्थाम कम्युनिटी हलमा सम्पन्न भएको हो ।

तामाङ घेदुङ यूकेका केन्द्रीय अध्यक्ष हरिसिंङ वाइबाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङलाई थिए । घिसिङले आफ्नो मन्तव्य दिँदै तामाङ समुदायले सबै संगठनलाई एउटै संस्थामा एकीकृत गरी देखाएको उदाहरणीय एकतालाई प्रशंसा गर्दै यसलाई अझ मजबुत बनाउन सबै मिलेर सहयोग गर्नुपर्ने सुझाव दिए ।

बिभिन्न चिरामा बिभाजित तामाङ समुदायका संघसंस्थाहरुले केहि समय अघि एकता गरेर तामाङहरुको एउटै संस्था बनाएका छन । कुलामान घिसिङले त्यसैको प्रसंग उठाएर प्रशंसा गरेका हुन ।

मन्तब्यका क्रममा स्वदेश तथा बिदेशमा रहेका तमाम नागरिकले गरेको विश्वाश, कामको मूल्यांकन र दिएको मायाले आफू निकै गौरवान्दित भएको उनले भावुक हुँदै बताए ।

उनले भने— “सरकारले कार्यक्षमताका आधारमा जुनसुकै नम्बर दिए पनि, देश–बिदेशका नेपालीले देखाएको मायाले म गौरवान्वित भएको छु।”

उर्जा क्षेत्रमा पुनः फर्किने इच्छा नरहेको स्पष्ट पार्दै उनले राज्यको निर्णय प्रक्रियामा दक्षता बढाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र देशका हरेक क्षेत्रमा सुधार ल्याउन सकिने विश्वास उनले व्यक्त गरे ।

विशेष अतिथिद्वय थाउजेन्ट बुद्द (Thousand Boudda uk) बेलायतका अध्यक्ष, अवकाशप्राप्त मेजर समुद्र गुरुङ र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले पनि तामाङ घेदुङ यूकेले देखाएको एकता सम्पूर्ण समुदायका लागि अनुकरणीय भएको बताए।

कार्यक्रममा तामाङ घेदुङ यूकेका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्रीय अध्यक्ष उदय कुमार घिसिङ, आइतसिंह मम्बा, अनिश वाइबा र गोपाल तामाङले घेदुङको नेतृत्वमा भएको एकतालाई अझ मजबुत पार्दै यसले तामाङ समुदायको सर्वोपरि हित सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष तथा तामाङ घेदुङ यूकेका केन्द्रीय सल्लाहकार धन पाख्रिन र महासचिव बम ब्लेंथेनले पनि ऐक्यबद्धतासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रमको संयोजना दावा स्याङ्बोले गरेको उक्त समारोहमा, केन्द्रीय उपाध्यक्ष कुमार स्याङ्तानले स्वागत मन्तव्य दिएका थिए भने सचिव विशाल स्याङ्बो तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सांस्कृतिक प्रस्तुति गर्नेहरुमा कुमार योञ्जन, दिलीप तामाङ, कुसुम तामाङ, निशिम तामाङ, प्रभिता तामाङ, कोपिला लामा, कन्यामाया तामाङ, सिम्रन पाण्डे, फ्रीजिना तामाङ, ललिता लामा र कृष्णा राईलगायतका कलाकार थिए । तिनले नृत्य तथा गायन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि कुलमान घिसिङकै हातबाट कलाकारहरुलाई खादा र प्रशंसा पत्र प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक