मंगलबार, असोज १४, २०८२

चितवनको रत्ननगर र स्विजरल्याण्डको लिएस्टल बिच मितेरी लगाउने सहमति

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ असोज १३ गते ६:४०

चितवनको रत्ननगर नगरपालिका र स्विजरल्याण्डको वासेल स्ताद प्रान्तको लिएस्टल नगरपालिका बिच मितेरी संवन्ध गाँस्ने सहमती भएको छ ।

रात्ननगर नगरपालिका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर नगरपालिको बकुलहर अस्पत्तालका पूर्व अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको स्विजरल्याण्ड भ्रमणका क्रममा यो सहमती बनेको हो ।

लिएस्टेल नगरपालिकाका प्रमुख डानियल स्पिन्लर, उपप्रमुख मारी तेरेस बीलेर, नगर परिषदका प्रतीनिधी, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र देवेन्द्र कुमार श्रेष्ठको संलग्नतामा यो सहमती भएको हो ।

दुई नगरपालिका प्रतीनिधिहरुले भगिनी शहर सम्बन्ध गाँस्ने सहमती गरेको रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले नेपालप्लसलाई बताए ।

यो सहमती बनाउन शान्ति मेड नेपालका संस्थापक डा । रुथ गोन्सेथ एवं बकुलहर रत्ननगर अस्पतालका पुर्ब अध्यक्ष देबेन्द्र श्रेष्ठले विशेष भूमिका खेलेका थिए ।

« हामीले यो अभियान सफल पार्न लामो समयदेखि प्रयास गरेका थियौं । ब्यवहारिक र खासगरी कोरोना भाईरस महामारीले रोकिएको थियो । अहिले स्विजरल्याण्डकै नगरप्रमुख सहितको प्रतीनिधी र नगर परिषदका प्रतीनिधि बिच यो सहमती गर्न पाउँदा हर्षित छौं’ देबेन्द्र श्रेष्ठले भने ।

नेपाल प्रेमी स्विस चिकित्सक डा. रुथले लामो समयदेखि बर्दिया, नवलपरासी लगायतका क्षेत्रमा सामाजिक काम गर्दै आएकी छन । उनले रत्ननगर नगरपालिकाको बकुलहर अस्पताललाई सौर्य उर्जा जडान्, चिकित्सकिय प्रविधिका सामागृ बितरण्, ब्यवस्थापन, चिकित्सकहरुको भ्रमण, तालिम र प्रविधी सिकाउने लगायतका  सहयोग गर्दै आएकी छन ।

चितवन विश्वकै प्रसिद्द राष्टृय निकुञ्ज रहेको, मेडिकल सिटीका रुपमापनि विकास हुँदै आएको, कृषी, पर्यटन, पशुपालन लगायतका विषयमापनि अब्बल रहेकाले स्विसहरुले यहाँबाट विभिन्न विषयमा थप अनुसन्धान र सिक्न पाउने छन । नेपालले स्विजरल्याण्ड जस्तो उच्च विकसित देशको कृषी प्रणाली, पशुपालन, पर्यटन र प्रविधिबाट सिक्ने अवशर पाउने छ’ प्रल्हाद सापकोटाले भने ।

केहि समयभित्रै लिएस्टल नगरपालिकाका प्रत निधिहरुले रत्ननगर नगरपालिकाको भ्रमण गरी भविष्यका योजनामा सहमती गर्ने भएका छन ।

भ्रमणका अवशरमा स्विजरल्याण्डको शान्ती मेड नेपालले रत्ननगर नगरपालिकालाई सम्मानसमेत गरेको थियो । रत्ननगर नगरपालिका प्रमुख प्रल्हाद सापकोटा र बकुलहर अस्पतालका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठले त्यहाँका प्रतीनिधिहरुलाई बौद्धको मूर्ति उपहार दिएका थिए ।

“हामीले नेपालको बारेमा एउटा डकुमेन्ट्री देखाएर नेपाल बारे थप ब्याख्या गर्‍यौं । नेपाल बारे नबुझेका प्रतीनिधिले पनि हाम्रो देशबारे बुझे । उनीहरु प्रभावित र आश्वस्त भए” देबेन्द्र श्रेष्ठले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक